आइतबार, १७ नोभेम्बर २०२४

विपक्षी दलहरुले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

फाइल तस्बिर
• • •

विपक्षी दलहरूले आज (साेमबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्।

विपक्षी दलहरुले बाढीपहिरोपछिको राहत उद्धार र पुन: निर्माणको काम प्रभावकारी रुपमा गर्न नसकेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेका हुन्।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादीलगायतका दलहरूले ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्।

यसअघि शुक्रबार बिहान बसेको विपक्षी दलहरुको बैठकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र ज्ञापनपत्र तयार गर्न माओवादी उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल सम्मिलित कार्यदल बनाएको थियो।

विपक्षी दलहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने बताएका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?