शनिबार, १६ नोभेम्बर २०२४

विश्वकप लिग–२ः आज नेपाल र ओमानबीच प्रतिस्पर्धा

आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा मंगलबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने भएको छ।  मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ। क्यानडा भ्रमणमा ३ खेल गुमाइसकेको नेपाललाई हारको श्रृंखला तोड्न ओमानलाई हराउनैपर्ने दबाब छ।  नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेको भए पनि खराब प्रदर्शन गरेपछि नेपालका लागि सिरिजमा जितविहीन हुने खतरा बढेको छ। पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो। दास्रो खेलमा ओमानविरुद्ध १ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा घरेलु टोलीविरुद्ध ५ विकेटको हार बेहोरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काभा महिला भलिबलको उपाधि जितेको पुलिस क्लब स्वदेश फिर्ता, विमानस्थलमा खुसीयाली

माल्दिभ्सको मालेमा भएको काभा क्लब च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लबका महिला खेलाडी सोमबार नेपाल फर्किएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

क्यानडासँग दोस्रो खेलमा पनि पराजित भयो नेपाल

आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल क्यानडासँग फेरि पराजित भएको छ।  क्यानडामा जारी एक दिवसीय सिरिजमा नेपालको यो लगातार तेस्रो हार हो। अब यो सिरिजको अन्तिम खेलमा नेपालले ओमानसँग खेल्ने छ। सोमबार विहान सकिएको खेलमा घरेलु टोली क्यनडाले नेपाललाई ५ विकेटले पराजित गरेको हो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालको सुरुआत भने विर्सन लायक रह्यो।  नेपाली टिम ४६.१ ओभरमा १८१ रन बनाएर अलआउट भयो। कुनै समय ८७ रन बनाउँदा ७ विकेट गुमाएको नेपालको पारिलाई गुलसन झा, सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले १५० माथिको स्कोरमा लगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काभा क्लब च्याम्पियनसिपकाे सर्वोत्कृष्ट खेलाडीमा उषा भन्डारी

च्याम्पियनसिपको उपाधि नेपालको विभागीय टोली नेपाल पुलिस क्लबले जित्दा विधागततर्फ पनि पुलिसकै वर्चस्व रहेको हो। बेस्ट अपोजिट हिटर उषा घोषित भइन् भने सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो चुनिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साफ यू– १७ च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा पराजित

भुटानको थिम्पुमा रहेको चाङ्लिमिथाङ रंगशालामा शनिबार भएको पहिलो खेलमा पाकिस्तानसँग नेपाल १–० गोल अन्तरले पराजित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गुलशन झाको उत्कृष्ट प्रदर्शका बाबजुद नेपाल ओमानसँग पराजित

क्यानडाको किङ्ग सिटीमा बिहीबार सम्पन्न आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले ओमानसँग १ विकेटको झिनो हार बेहोरेको छ। अलराउन्डर गुलशन झाको शानदार प्रदर्शन भए पनि नेपाललाई जित दिलाउन सकेनन्।  नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो। ४८ औं ओभरमा गुलशनले विकेट मेडन फ्याँकेर खेललाई रोमाञ्चक मोडमा पुर्याए पनि अन्तिम ओभरमा ओमानले जित हात पारे।  शकिल अहमदले चौका प्रहार गर्दै ओमानलाई जितनजिक पुर्याए भने कलिमउल्लाहले विजयी चौका हाने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इनरुवामा क्रिकेट खेलाडी सोनु मण्डललाई रोजगारी

नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय खेलाडीहरू बेरोजगार बन्दा देश छोड्ने क्रम बढ्दो छ। यसलाई निरुत्साही गर्न आफूहरूले रोजगारीको योजनालाई अगाडि सारेको नेपाल खेलकुद महासंघ, इनरुवा नगर कमिटीले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इनरुवा

विश्वकप लिग–२ क्रिकेट: आज नेपाल र ओमानबीच प्रतिस्पर्धा

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृंखलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ। क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे शुरू हुनेछ। यसअघि नेपाल आइतबार आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो। क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल पाँच खेलमा एक जीत र चार हारका साथ २ अंकसहित तालिकाको सातौँ स्थानमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्वकप लिग–२ क्रिकेट: आज नेपाल र ओमानबीच प्रतिस्पर्धा

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृंखलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ। क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे शुरू हुनेछ। यसअघि नेपाल आइतबार आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो। क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल पाँच खेलमा एक जीत र चार हारका साथ २ अंकसहित तालिकाको सातौँ स्थानमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भुटान र ताइपेइ जान लागेको नेपाली टोलीको बिदाइ

साफ अन्डर १७ च्याम्पियनसिप २०२४ का लागि भुटान जान लागेका राष्ट्रिय यू १७ टोली र एसियन कप यू २० छनोटका लागि ताइपेइ जान लागेका राष्ट्रिय यू २० टोलीको बिदाइ गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्वकप लिग–२: क्यानडासँग नेपाल १०३ रनले पराजित

आइसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको छ। एक दिवसीय क्रिकेटमा नेपाल क्यानाडासँग पहिलो पटक पराजित भएको हो। किंग सिटी मैदानमा घरेलु टोली क्यनडाले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको थियो। सुरुआत राम्रो नगरे पनि क्यानडाले मिडिल अर्डरमा सम्हालिएको प्रदर्शन गरेको थियो। क्यानडाका कप्तान निकोलश किर्तनले ४४ बलमा ७३ रनको आक्रामक पारि खेलेका थिए। नटआउट रहेका उनले ६ छक्का र ३ चौका प्रहार गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्वकप लिग- २: आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग–टु कै ओडिआइमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्व कप लिग टुः आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

घरेलु सिरिजमा ४ मध्ये ३ खेल नेपालले गुमाएको छ। नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ।  तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ।  ओडिआई सिरिज सकिएको २ दिन पछि तीनवटै टोलीले त्रिकोणात्मक टी–ट्वेन्टी आई सिरिज खेल्ने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्वविद्यालय विश्वकप फुटबल छनोट खेल्दै नेपाल

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, प्रदेश खेलकुद परिषद्का बागमती प्रदेशका सदस्य सचिव दीपक लामा र विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्राध्यापक डा. ज्ञानेन्द्र पौडेलले नेपाली टोलीलाई नेपालको झन्डा हस्तान्तरण गर्दै बिदाई गरे।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

एनपिएलका आठ मार्की खेलाडी फ्रेन्चाइजीमा छानिए, राेहित लुम्बिनीमा

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल)का आठ मार्की खेलाडीको फ्रेन्चाइजी चयनको लक्की ड्र सम्पन्न भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रोहित र एरिका वर्षका ‘उत्कृष्ट’ खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकै एरिका गुरुङ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्। वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटर रोहित र वर्ष उत्कृष्ट महिला खेलाडीमा करातेकी गुरुङले अवार्ड जितेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पारा ओलम्पिक विजेता पलेसालाई ६५ लाखसहित सरकारले गर्‍याे सम्मान

मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेसालाई ६५ लाख रूपैयाँ पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरिएको हो। यस्तै उक्त खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार रूपैयाँ सहित सम्मान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खेल क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको छ: प्रधानमन्त्री ओली

शुक्रबार ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनलाई ६५ लाख रुपैयाँ नगदसहित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पारा खेलाडी गोवर्धनले यस स्थानमा पुग्नका लागि मार्गदर्शन र आफ्ना सीपहरुको अधिकतम् प्रयोग गर्न सफल भएको भन्दै प्रसंशा गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इंग्ल्याण्डविरुद्धको पहिलो टी–२० मा अष्ट्रेलिया २८ रनले विजयी

अष्ट्रेलियाले इंग्ल्यान्ड विरुद्धको पहिलो टी–२०आई खेलमा २८ रनको जित हासिल गरेको छ।  साउथम्प्टनमा भएको खेलमा अष्ट्रेलियाले १८० रनको लक्ष्य दिएको थियो। जवाफमा इंग्ल्यान्ड १९.२ ओभरमा १५१ रनमा समेटियो। टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरको ३ बल बाँकी हुँदा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो। उसका लागि ट्राभिस हेडले ५९, म्याथ्यु सटले ४१ तथा जोस इंग्लिसले ३७ रनको पारि खेलेका थिए। यसैगरी क्यामरन ग्रीनले १३ तथा मार्कस स्टोइनिसले १० रनको योगदान दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्व च्याम्पियन अर्जेन्टिना कोलम्बियासँग पराजित

अर्जेन्टिनाले मंगलबार दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गतको खेलमा कोलम्बियासँग २–१ को हार बेहोरेको छ।  यस हारसँगै अर्जेन्टिनाले छनोटमा दोस्रो हार सामना गर्नु परेको हो। अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीको अनुपस्थितिमा खेलेको यो खेलमा कोलम्बियाले प्रभावशाली प्रदर्शन गर्दै जीत हात पार्न सफल भयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ