आइतबार, १७ नोभेम्बर २०२४

पुरानो गठबन्धन ताडेर प्रधानमन्त्रीले जनतासँग गरेको बाचा भुले: विश्वप्रकाश शर्मा

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे सम्बोधन गर्दै गर्दै उनले निर्वाचनका बेला जनतासँग गरेको बाचा बिर्सिएर प्रधानमन्त्रीले आज केका लागि विश्वासको मत मागेको भन्दै उनले प्रश्न गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेमकिपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

पार्टी केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छे रोहितको अध्यक्षतामा बुधबार बसेको पार्टी सचिवालको वैठकले बुधबार संसदमा हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि हुने विश्वासको मतमा विश्वासको मत नदिने निर्णय भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

कांग्रेसकाे विचार समूहको द्वन्द्वले आजित भएको थिएँ, तर नयाँ समीकरणले युद्धविराम भयो: प्रचण्ड

बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले आफूले राजनीतिक समीकरण बदलेपछि कांग्रेसभित्र आन्तरिक एकता देखापरेकाले खुसी लागेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केपी ओलीले भने- आलोपालो प्रधानमन्त्रीको सहमति भएको छैन

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई  प्रधानमन्त्री बनाउने गरी सम्झौता भएको भन्ने चर्चाका बीच अध्यक्ष ओलीले गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सम्झौता नभएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यो समीकरण बदल्ने प्रचण्ड र म दुईभाइ हौँ: ओली 

‘हामीले सँगसँगै मिलेर ठूलठुला काम गरेका छौँ तर राम्राजति नेपाली काँग्रेसले आफैँ गरेको भन्छ। जसमात्रै आफैँले लिन्छ। यो परिवर्तन राजनीतिक परिवर्तनको जस त हामीलाई दिए पनि हुन्छ नि’, उनले भने, ‘कुन देश आयो रे, कुन देशले गर्‍यो रे! छरछिमेकका मित्रहरूलाई पनि। प्रचण्डजी मुख्य हो साथ दिने म पनि हो, यो राजनीतिक परिवर्तनका पछि। अलिअलि जस त हामी दुईभाइलाई दिए नि हुन्छ नि!’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसका केही साथीले ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो: प्रधानमन्त्री

‘सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,’ प्रधानमन्त्री दाहालले भने, ‘म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद् उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले भने- थरीथरीका विचलन रोक्न मलाई विश्वासको मत दिनुहोस्

विश्वासको मत लिनुअघि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सृजना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन सरकारले विश्वासको मत पाउन जरुरी रहेको स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई मन्त्री बनाएको भन्दै कांग्रेसको आपत्ति

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमा बोल्दै रवि लामिछानेप्रति इंकित गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगीमा विवादास्पद छवि भएका व्यक्तिलाई कारबाही गर्नुको साटो मन्त्री नियुक्त गरेर पुरस्कृत गरेको आरोप लगाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद विककाे प्रश्न- शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन नसक्दा जनतालाई ढाँटेको भएन र?

सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरोधीले यही व्यवस्थाभित्र रहेर आफ्ना कुरा खुलस्त राख्न पाएका छन्। धेरै ठूलो बलिदानीबाट राष्ट्र आज यो ठाउँमा आइपुगेको हो। यही व्यवस्थाका कारण निर्धक्कसँग अभिव्यक्ति राख्न पाइएको छ। शान्ति सम्झौता भएका दुई दशक पुग्न लागिसक्यो, तर अझै शान्ति प्रक्रिया टुङ्गोमा पुग्न सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समृद्धिको लक्ष्य साकार गर्न सरकार क्रियाशील छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य साकार पार्न क्रियाशील रहेको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमाले बैतडी अध्यक्षमा विक

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैतडीको जिल्ला कमिटीको अध्यक्षमा नरेशकुमार विक चयन भएका छन्। जिल्लाको पाटनमा आज सम्पन्न नवौँ अधिवेशनबाट उहाँ अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

श्रीमानलाई रञ्जिताको टक्करः प्रचण्डलाई विश्वासको मत दिन जारी गरिन् ह्वीप

नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रन्जिता श्रेष्ठले श्रीमानसमेत रहेको पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीलाई टक्कर दिएकी छन्। बहुमत केन्द्रीय सदस्यबाट निर्णय गराउँदै रेशमले केन्द्र सरकारमा सहभागी नहुने निर्णय गरेको भए पनि अध्यक्ष रञ्जिताले भने सरकारलाई विश्वासको मत दिन ह्वीप नै जारी गरिदिएकी छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

लोकतन्त्रको विशेषतालाई अगाडि बढाउनुपर्छ: नेता डा. कोइराला

मुलुकमा प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेको गुराँस पुस्तकालय बरगाछी विराटनगरले आफ्नो ५४औँ स्थापाना दिवसको उपलक्ष्यमा सामाजिक तथा राजनीतिक क्षेत्रका दुई जना व्यक्तित्वलाई आज यहाँ सम्मान गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विपिनको खोजी तथा रिहाइको प्रयास गरिदिन आग्रहःपरराष्ट्र मन्त्री नारायणकाजी

नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि इजरायली राजदूत हनान गोडेरले शिष्टाचार भेटवार्ता गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नाउपामा अध्यक्ष रञ्जितालाई धक्का: संघमा प्रतिपक्षमा बस्ने र प्रदेशमा सहकार्य गर्ने निर्णय

नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा अध्यक्ष रञ्जिता श्रेष्ठको इच्छाविपरीत बहुमत केन्द्रीय सदस्यले संघ सरकारमा नजाने निर्णय गरेका छन्।मंगलबार बसेको बहुमत केन्द्रीय सदस्यले संघ सरकारमा प्रतिपक्षमा बस्ने र प्रदेशमा भने सहकारर्य र समन्वय गर्ने निर्णय गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रोल्पा पुगेर प्रदिप ज्ञवालीले भने- द्वन्द्वले रोल्पालाई सुनै-सुनको घर दियो

उनले क्रान्तिको सपना देखाएर जनतालाई ढाँटिएको भन्दै रोल्पाली जनता भ्रममा पर्न नहुने बताए। सुन तस्करीको प्रसङ्ग कोट्याउँदै उपमहासचिव ज्ञवालीले द्वन्द्वबाट स्थापित भएका नेता र उनका छोराहरू सुन तस्करीमा जोडिनु यहाँका जनताका सपनामाथि कुठाराघात भएको टिप्पणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - रोल्पा

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरुलाई ओलीको निर्देशन

नेकपा (एमाले)का अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्माले ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नवनिर्वाचित अध्यक्ष दाहालले भने- राष्ट्रियसभाको गरिमा र महत्व बढाउन पहल गर्छु

‘राष्ट्रियसभाले गर्नुपर्ने सबै दायित्व र भूमिकालाई पूरा गराउन म सबै दलसँग आवद्ध सदस्यलाई एकतावद्ध बनाएर लैजान प्रतिवद्ध छु। त्यसमा सफल हुन्छु भन्नेमा मलाई आत्मविश्वास पनि छ’, अध्यक्ष दाहालले भने, ‘म त्यहीअनुसार अगाडि बढ्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्न आजपाकाे पदाधिकारी बैठक बस्दै  

प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको छ। आजपाले विश्वासको मत दिने कि नदिने भन्नेबारेमा पदाधिकारी बैठकबाट निर्णय गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचन: जनमत पार्टीले इलाम र बझाङमा उम्मेदवारी दिने

जनमत पार्टीले इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तथा बझाङको प्रदेशसभा क्षेत्र नं १ (१) मा हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं