आइतबार, १७ नोभेम्बर २०२४

नेसपा विभाजित, बाबुराम भट्टराईकाे छाडेर महेन्द्रराय माओवादीमा समाहित

बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरूङ तथा नेसपाका अध्यक्ष महेन्द्रराय यादव, सह-अध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव सहभागी भएको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘माओवादीलाई कमजोर हुने छुट छैन’

अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले तल्लो वर्गको अधिकारका लागि लडेकाे शक्ति माओवादीलाई कमजोर हुने छुट नभएको बताएका छन्। शुक्रबार ललितपुरमा एक कलेजको कार्यक्रममा उपाध्यक्ष मैनालीले भएका कमजोरी सच्चाउने र जनताको पक्षमा उभिन सक्ने शक्तिशाली संगठन बनाउने विकल्प मात्र माओवादीसँग रहेको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

‘न्याय’ थमौतीको बाटोमा रवि 

वर्ष दिनका बिचमा दोस्रोपटक गृहमन्त्रालय सम्हालेका रवि लामिछानेले पाँचौ दिनमा सहमतिसँगै आधिरातमा चकलेट बाँडेर मिटरब्याज पीडितहरूलाई घर फर्काए। शुक्रबार उनले अर्को त्यस्तै सहमति गरेर लघुवित्त पीडित र त्यसअघि अरु पनि पीडितहरूलाई सहमतिपत्र थमाएर घर फिर्ता गरेका छन्।   

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विवेकशील साझा पार्टीकी अध्यक्ष समिक्षा वास्कोटा पक्राउ

विवेकशी साजा पार्टीकी अध्यक्ष समिक्षा वास्कोटा पनि पक्राउ परेका छन्। देशमा सुन प्रकरणको विषय उत्कर्षमा पुगेको समयमा वास्कोटासहित पार्टीका दर्जन नेता कार्यक्रतालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

माओवादीले दियाे विधानलाई पूर्णता

बैठकमा विधानलाई समृद्ध बनाउने सम्बन्धमा छलफल भएको थियो। माओवादीले विधान निर्माण गर्न गत फागुन १ गतेदेखि राजधानीमा प्रथम विधान सम्मेलन आयोजना गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद्मा, सुशासन समितिमा रहँदा सुशासनको, भ्रष्टाचारको कुरा उठाइरहेको हुन्छु: सांसद मोदी

संसद्मा सबैभन्दा धेरै जनताका समस्या उठाउने सांसदमध्ये म पनि पर्छुजस्तो लाग्छ। म संसद्मा, सुशासन समितिमा रहँदा सुशासनको, भ्रष्टाचारको कुरा उठाइरहेको हुन्छु। संविधान निर्माणका क्रममा जनताका विषयवस्तु कसरी सुनिश्चित गर्न सकिन्छ भनेर मैले सकारात्मक भूमिका निर्वाह गरेको थिएँ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण हिजाेका लागि तय गरिएको बैठक स्थगित भएपछि शुक्रबारका लागि बाेलाइएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमालेलाई नटेर्नेहरू सिद्धिन्छन्: केपी ओली

उनले कांग्रेसप्रति लक्षित गर्दै एमालेलाई नटेर्ने शक्ति सिद्धिने प्रष्ट पारे। ‘एमाले एउटा यस्तो शक्ति हो, जसलाई पुरै आँखा चिम्लेर नकार्छु, टेर्दिनँ भन्नेहरू सिद्धिन्छन्,’ अध्यक्ष ओलीले भने। एमालेलाई हेप्नेहरूले गम्भीर धोका खानेसमेत ओलीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्छ: केपी ओली

‘सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ’, उनले भने–‘विकास निर्माणका काम अगाडि बढाउन देशमा सबैले शान्ति उपभोग गर्न सबै मिल्न जरुरी छ।’ 

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

प्रचण्डलाई पूर्णरुपमा साथ दिनुपर्छ- सूर्य थापा

विगतका गल्ती कमजोरीबाट वामपन्थी पार्टीहरुले पाठ सिकेर नयाँ शिराका साथ सहकार्य गर्ने भन्ने कुरा आएकाले हामी आशावादी हुनुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रचण्डकाे व्यस्तताका कारण भोलिका लागि सर्‍यो माओवादी स्थायी समिति बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बैठक भोलिका लागि सारिएको हो। अब सो बैठक भोलि पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले राेल्पाकाे अध्यक्षमा पूर्वपत्रकार आचार्यले दिए उम्मेदवारी

निर्वाचन समितिका अनुसार रोल्पा नगर कमिटीका पूर्वअध्यक्ष आचार्यसहित अध्यक्ष पदमै जिल्ला सचिव अमृतबहादुर बुढाले पनि उम्मेदवारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्रोह गरेर जन्मिएको पार्टीलाई थाहै नदिई गठबन्धन भत्काइयाे: एकीकृत समाजवादी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले संविधान र राजनीतिक व्यवस्थाको रक्षाका लागि विद्रोह गरेर जन्मिएको आफ्नो पार्टीलाई थाहै नदिई गठबन्धन भत्काइकामा असन्तुष्टि प्रकट गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीतिक स्थायित्व र सुशासनका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छाैँ: रञ्जिता श्रेष्ठ

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय छलफलमा भाग लिँदै उनले राजनीतिक स्थायित्व र सुशासनका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिन्नः राप्रपा

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उनले सरकार बनाउने र ढाल्ने काममा मात्र केन्द्रित भएको भन्दै सरकारलाई विश्वासको मत नदिने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

च्याप्प समाएर प्रधानमन्त्री बनाइदेलान् भनेर भागीभागी हिँड्नुपरेकाे छ: स्वर्णिम वाग्ले

‘गृहमन्त्री बन्दा खोजिने नैतिकता मलाई लाग्छ प्रधानमन्त्री अफर गर्दा पनि खोजिनुपर्ने हो। यहाँ डर छ, भागीभागी हिँडियाछ। च्याप्प समाएर प्रधानमन्त्री, समाएर उपप्रधानमन्त्री बनाइदेलान् भनेर भागीभागी हिँड्नुपरेकाे छ’, वाग्लेले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी–एमाले गठबन्धनको गोत्र मिलेको छ: महिन्द्रराय यादव

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले  कांग्रेस र माओवादीको गठबन्धन गोत्रै नमिल्ने गठबन्धन बनेको भन्दै अहिलेको नयाँ गठबन्धनको गोत्र मिलेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले भन्याे- प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिँदैन

निर्वाचनका बेला पाँच वर्ष कांग्रेससहितको गठबन्धनले सरकार बनाएर देश र जनताका लागि काम गर्ने बताइए पनि प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन तोडेर कांग्रेसबाहेक र एमालेसहितको गठबन्धन बनाएर सत्ता समीकरण परिवर्तन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं