आइतबार, १७ नोभेम्बर २०२४

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङले गरउम्मेदवारी दर्ता

इलाम-२ मा नेकपा एमालेका उम्मेदवार बनेका सुहाङ नेम्वाङले मनोनयन दर्ता गरेका छन्। नेता कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालय पुगेर सुहाङले आफ्नो मनोनयन दर्ता गरेका हुन्। उनलाई माओवादी केन्द्रले समेत समर्थन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बैशाख ८ गतेदेखि, २ हजार बढी प्रतिनिधि सहभागी हुँदै

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ।आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले राससलाई जानकारी दिए। उनका अनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

वर्तमान सत्ता समीकरणलाई कमजोर हुन दिँदैनौँ: केपी ओली

‘यसअघि भएको गठबन्धन धेरैबेर टिक्दैन भनेको थिएँ, भयो पनि त्यस्तै’, उनले भने, ‘उक्त गठबन्धन खरानीको डल्लोजस्तो थियो, जुन पानी परे पनि फुट्थ्यो, सुके पनि फुट्थ्यो, अहिलेको गठबन्धन कमजोर नभई बलियो छ।’

बिएल संवाददाता

बिएल संवाददाता - स्याङ्जा

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका हुन्। उनले दलहरूलाई वैशाख २ गतेसम्मको समय दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

पूर्वप्रमुखलाई वरिष्ठ नेता बनाएर अध्यक्षको छेउमै राख्ने परिपाटी गलत: केपी ओली

पार्टीका पूर्वप्रमुखलाई वरिष्ठ नेता बनाएर अध्यक्षको छेउमै राख्ने परिपाटी गलत भएको उनले टिप्पणी गरे। स्वतः वरिष्ठ नेताका रुपमा रही दोस्रो वरियताको नेता बन्ने र झन्झट दिने काम गलत भएको उल्लेख गर्दै अध्यक्ष ओलीले आगामी दिनमा एमालेमा त्यस्तो नहुने बताए। आफूले सकुन्जेल काम गर्ने र अध्यक्ष छोडेपछि त्यस्तो झन्झट नदिने उनले स्पष्ट पारे। 

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त भएका छन्।  शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनीको मुख्यमन्त्री नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनीका मुख्यमन्त्री चौधरीको राजीनामा स्वीकृत

‘नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम तपाईंले मिति २०८० चैत २२ मा दिनुभएको राजीनामा स्वीकृत गरेको छु,’ प्रदेश प्रमुख शेरचनले पठाएको पत्रमा भनिएको छ, ‘यहाँले मुख्यमन्त्रीको रूपमा हालसम्म पुर्याउनुभएको योगदानका लागि धन्यबाद ज्ञापन गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

‘संसदीय निर्वाचनपछि बनेको संसद् धेरै विषयमा अलमलमा पर्‍याे’

प्रधानमन्त्रीको चयन, सरकार गठन, संसदीय समितिको निर्माण, संसद्मा उठेका प्रश्नमा सरकारबाट सम्बोधनका लागि ढिलाइ, सदन अवरुद्धजस्ता यावत कुराले कानुन निर्माणको कामले जुन तीव्रता पाउनुपर्ने हो त्यो हुन सकेन। तर अहिले सदनमा धेरैवटा विधेयक दर्ता भएका छन्। ती विधेयक कतिपय अघि बढ्ने सन्दर्भमा पाइपलाइनमा छन् भने कतिपय छलफलका क्रममा रहेका छन्। केही पारित पनि भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस र एमालेको सरकार निर्माण हुनु जरुरी छ : नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थिरताका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको गठबन्धनमा सरकार बनाउनु जरुरी रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। प्रदेश सभामा बिहिवार विश्वासको मत लिने तयारीमा रहेका शाहले प्रदेश प्रमुख नजिर मियाँलाई केहीबेर अघि राजीनामा बुझाएका हुन्।  मुख्यमन्त्री शाहले बिहिवार दिउसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो। तर, विश्वासको मत पाउने वातावरण बनाउन प्रदेश सभा बैठक ५ बजेसम्म सारिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

सरकार गठनका लागि लुम्बिनीका सत्तारूढ दलबीच ५ बुँदे सहमति

सहमति पत्रमा एमाले संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतकाे हस्ताक्षर रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

एमालेले विमला घिमिरेलाई राष्ट्रियसभा उपाध्यक्षकाे उम्मेदवार बनाउने

सत्ता गठबन्धनमा उपाध्यक्ष आफ्नाे पार्टीले पाउने सहमति भएकाे र साेहीअनुसार घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेकाे राष्ट्रियसभाकाे एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचन: इलाम र बझाङको अन्तिम मतदाता नामावली प्रकाशित

इलाम-२ मा एक लाख १५ हजार ८८९ मतदाता कायम भएको आयोगले उल्लेख गरेकाे छ। आयोगका अनुसार २०७९ मङ्सिर ४ मा भएको आमनिर्वाचनमा भन्दा अहिले ४२२ मतदाता थपिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजीनामा दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री चौधरी

केन्द्रीय सत्ता समीकरण परिवर्तनसँगै माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले विश्वाशको मत पाउने सम्भावना नदेखेपछि राजीनामा गर्ने तयारी गरेका हुन्। प्रदेश राजधानी दाङको राप्तीमा दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले सम्बोधन गर्दै राजीनामा दिने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

जसपाकाे समानुपातिक सांसदमा हसिनाकाे नाम सिफारिस

जनता समाजवादी पार्टी (जसपा) नेपालले बाँकेकी हसिना खानलाई प्रतिनिधिसभाकाे समानुपातिक सांसद बनाउने भएको छ। बिहीबार बसेकाे केन्द्रीय कार्यकारिणी समितिको बैठकले समानुपातिक सांसदका लागि खानकाे नाम सिफारिस गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इलाम-२ मा माओवादीले उम्मेदवार नउठाउने, एमालेलाई समर्थन गर्ने

सत्ता गठबन्धनको सहमतिअनुसार नेकपा एमालेलाई समर्थन गर्ने र माओवादीले आफ्नो उम्मेदवारी नदिने भएकाे हाे। माओवादीबाट उम्मेदवारका लागि सिफारिस भएका धिरेन्द्र शर्मालाई पछि हटाएर एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई सहयोग गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेस गर्दै यामलाल कँडेल

प्रदेश प्रमुखको आह्वानअनुसार आज नेता कँडेलले सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समर्थन लिएर मुख्यमन्त्री पदका लागि दाबी पेस गर्ने एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईंले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - कर्णाली

एकीकृत समाजवादीको ४१ सदस्यीय प्रदेश कमिटी गठन

पार्टी मातहतका सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराएर नेतृत्वलाई थप जिम्मेवार बनाउन सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको कमिटी निर्माणलाई तीव्रता दिइएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ। यसअघि उम्मेदवार तय गर्न बसेको नेपाली काँग्रेसको संसदीय बोर्डको बैठक मंगलबार र बुधबार अनिर्णित बनेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काँग्रेसले आज पनि टुंगाे लगाउन सकेन उपनिर्वाचनका उम्मेदवार

उपनिर्वाचनमा उम्मेदवार तय गर्न बसेको नेपाली काँग्रेसको संसदीय बोर्डको बैठक आज पनि अनिर्णित बनेको छ। संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं