आइतबार, १७ नोभेम्बर २०२४

राजतन्त्र फर्कने कुरा सम्भव छैन: सभापति देउवा

उनले भने, ‘अहिले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ। राजा फर्काउनुपर्यो भनेर केही व्यक्ति हिँडेका छन् तर अब राजा फर्काउने कुरा असम्भव हो। त्यसैले अहिलेको व्यवस्थालाई नै अझ बढी सुदृढ बनाएर लैजानुपर्छ। संविधानमा रहेका कमिकमजोरीलाई सुधार्ने ठाउँ छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नाउपाकै रञ्जिता पक्षका कैलाशकाे पनि मुख्यमन्त्रीमा दाबी पेस

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का कैलाश चौधरीले दाबी पेस गरेका छन्। चौधरीले नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नाउपा र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा दाबी पेस गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा नाउपा चौधरीकाे दाबी पेस

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन्। चौधरीले नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा आइतबार प्रदेश प्रमुख नजीर मियाँसमक्ष दाबी पेश गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

काँग्रेस आक्रोश र पीडामा रहेकोले ‘जे पायो त्यही’ बोलिरहेको छ: ओली

ओलीले प्रतिनिधिसभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुनु स्वभाविक भएको बताए। उनले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बीचमा कम्तिमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरुप हिउँदे अविधेशनको अन्त्य गर्नुपरेको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिममा केन्द्रलाई ‘काउन्टर’: नाउपालाई मुख्यमन्त्री दिने कांग्रेससहित तीन दलको सहमति

प्रदेश सरकार निर्माणको लागि काँग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षबीच नयाँ समझदारी बनेको हो। कांग्रेस र एकीकृत समाजवादी नाउपाका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन सहमत भएको दाबी गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

सहकारी ठगीकाे विषय छल्ने सरकारले संसद् बन्द गर्‍याे: देउवा

आइतबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले सहकारी ठगीजस्तो गम्भीर विषयको यथार्थ बाहिर ल्याउन माग गरिएकोमा सरकारले यसलाई छल्ने उद्धेश्यले संसद् बन्द गरको आरोप लगाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले संसद् अधिवेशन अन्त्य गरेर अलोकतान्त्रिक काम गर्‍याे: कांग्रेस

'प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने सत्तापक्षकाे तर्क लज्जास्पद छन्। संसद्का कुनै पनि काम कारबाही अवरोध गरेको थिएन। सरकारको तानाशाही प्रवृत्तिका कारण २ दिन अवरोध भएको हो। यसको जिम्मा सरकारले नै लिनुपर्दछ। यो निर्णयको कांग्रेस घोर भर्त्सना र निन्दा गर्दछ। अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्ध काम नगर्न सरकारलाई कडा चेतावनी पनि दिन्छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीले ताेक्याे झलनाथ खनाल र गरिमा शाहलाई निर्वाचन ‘कमाण्डर’

प्रतिनिधिसभा निर्वाचन इलाम क्षेत्र नं २ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सुदूरपश्चिम प्रदेशको बझाङ १ मा प्रदेशसभा सदस्यको निर्वाचका लागि पार्टी सचिव गरिमा शाहलाई जिम्मेवारी तोकिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ: चन्द्र भण्डारी

अहिले के देखिएको छ भने हाम्रो निर्वाचन प्रणालीले सरकारको स्थायित्व भने दिँदैन। संविधान संशोधन गरेर निर्वाचन प्रणालीमा फेरबदल गर्नुपर्ने समय आइसक्यो। मेरो विचारमा समानुपातिक प्रतिनिधित्व माथिल्लो सदनअर्थात् राष्ट्रियसभामा मात्र हुनुपर्छ। प्रतिनिधिसभालाई एक सय हाराहारीको बनाउने र प्रदेशमा १५ जना निर्वाचित गर्ने व्यवस्था राख्नुपर्ने देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

काँग्रेस संसदीय दलको बैठक बस्दै

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले सचिवालय बैठक बस्दै

बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

समाजवादी संस्कृतिको दिशाबोध गर्नुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले परिलक्षित गरेको समाजवादी राज्य निर्माणका निम्ति समाजवादी संस्कृतिको दिशाबोध अनिवार्य भएको बताएका छन्। शनिबार दिउँसो सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले काठमाडौँमा आयोजना गरेको शुभारम्भ सांस्कृतिक साँझ २०८१ मा संक्षिप्त मन्तव्य राख्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमाले बागलुङको अध्यक्षमा केसी सर्वसम्मत

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको अध्यक्षमा हीराबहादुर केसी सर्वसम्मत निर्वाचित भएका छन्। शुक्रबारदेखि बागलुङ बजारमा सुरु भएको १०औँ जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

वामपन्थी शक्तिबीच एकताको खाँचो छ: पूर्वप्रधानमन्त्री खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा अस्थिरता, दिशाहीनता र अकर्मण्यताको अन्त्य गर्न वामपन्थी शक्तिबीच एकताको खाँचो रहेको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मोदी सरकारले डामिरहेको भारतीय ‘लोकतन्त्र’

आगामी साता भारतमा आम चुनाव सुरु हुनेछ। विश्व राज्य र क्षेत्रहरूमा करिब–करिब सात चरणमा हुने यो चुनावमा लगभग एक अर्ब भारतीयले मतदान गर्नेछन्। ‘लोकसभा’का लागि हुन लागेको यही चुनावले प्रधानमन्त्रीको तय गर्नेछ।  अहिले भारतका सारा सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म चुनावी प्रक्षेपणले भरिएका छन्। सार्वजनिक ठाउँहरूमा राखिएका डिजिटल बोर्डहरू पनि चुनावी सन्देश र नेताहरूका अनुहारहरूले भरिएका छन्। र, जति पनि यस्ता चुनावी संकेतहरू छन् त्यहाँ जम्मै ‘मोदी’मात्रै छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेले बाेलायाे सचिवालय बैठक

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी

नेपाल कम्युनिस्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन्। शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

माइतीघर क्षेत्रको निषेधाज्ञा हटाइयो

माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सहकारीबारे छानबिन गर्न समिति नबनाए सरकारले नै संसद् अवरोध गर्न चाहेको पुष्टि हुन्छ: नेता निधि

‘संसदीय प्रणालीको प्रभावकारिता र सक्रियताका लागि संसद्ले महत्वपूर्ण विषयमा संसदीय छानबिन समिति बनाउनु स्वभाविक प्रक्रिया र अभ्यास हो। देशमा भइरहेको भ्रष्टाचार, अनियमितता र जनसरोकारका सवालमा संसदीय छानबिन समिति बनाउने कुरा यो प्रणालीको विशेष चरित्र पनि हो’, नेता निधिले भने।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर