आइतबार, १७ नोभेम्बर २०२४

आजपा प्रवेश गरे सामाजिक अभियन्ता दिनेश र हेमा

आजपाको काठमाडौँस्थित केन्द्रीय पार्टी कार्यालयमा साेमबार कार्यक्रमका बीच उनीहरु आजपामा प्रवेश गरेका हुन्। दुबै जनालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पार्टीमा स्वागत गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कम्युनिष्ट पार्टी जन्मिएपछि देशमा लाभैलाभ भएकाे छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा कम्युनिष्ट पार्टीको उदयपछि लाभैलाभ भएका बताएका छन्। कम्युनिष्ट पार्टी स्थापनाकाे हीरक जयन्तीका अवसरमा पार्टीले ललितपुरको गाेदावरीमा आयाेजना गरेकाे कार्यक्रममा उनले यस्ताे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हीरक जयन्तीमा काँग्रेसलाई गाली गरेकाेप्रति देउवाले दुखाए चित्त

५७ औँ हीरक जयन्तीका अवसरमा एमालेले तयार पारेकाे एक डकुमेन्ट्रीमा व्यवस्था परिवर्तनकाे विभिन्न कालखण्डमा काँग्रेसले दमन गरेकाेलगायतका विषय समावेश थियाे। साे डकुमेन्ट्री हेरेका देउवाले कार्यक्रममा बाेल्दै गर्दा सुरूमै देउवाले काँग्रेसलाई गाली गरेर केही नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हामी हाैसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनाैँ: प्रचण्ड 

‘हामी अहिले नै हतारमा हाैसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनाैँ’, उनले भने। प्रचण्डले हाल सहकार्य भएकाले कुनै दिन कम्युनिष्ट एकता पनि हुँदै जाने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेकपा स्थापनाको हीरक महोत्सव (तस्बिरहरू)

साेमबार ललितपुरको गोदावरीमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतका राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्। समारोहलाई प्रधानमन्त्री पुष्पकमल प्रचण्डलगायत अन्य पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

परिस्थिति जटिल छ, यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: माधव नेपाल

उनले भने, ‘परिस्थिति जटिल छ। छोटो समयभित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ। यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुङ्गो छैन। त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुहुनेछ। मैले दिन सक्दिनँ। तर पनि अलिअलि भन्न सक्छु। परिस्थिति सहज छैन। हामी सहज मानिरहेका छैनौँ। सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अघिल्लो एकता बचाउन सकिएन, तर एकपटक पछाडि हट्नु हुँदैन: प्रचण्ड

उनले भने, ‘अघिल्लो एकता बचाउन सकिएन, तर एकपटकको प्रयोग असफल भयो भन्दैमा हामी त्यसबाट पछाडि हट्नु हुँदैन। समाजवाद चाहने जति कुनै न कुनै रूपको सहकार्य र एकताको पक्षमा उभिनुपर्छ। स्वाधीनताका निम्ति, वामपन्थी सहकार्यका निम्ति, आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

नेकपा स्थापनाको आज हीरक महोत्वस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ। नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपाको स्थापना भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमालेकाे हिरक जयन्ती: पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरिने, प्रचण्ड र देउवापछि माधवलाई पनि निम्ताे

शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सकिएको भोलिपल्ट एमालेले हिरक जयन्ती मनाउन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रदेशसभा उपनिर्वाचन : उम्मेदवारलाई घरदैलो गर्न भ्याइ–नभ्याई

यही वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि उम्मेदवारहरू घरदैलोमा दौडधुप गरिरहेका छन्। आफ्ना पक्षमा मत पार्नका लागि विभिन्न कार्यसूची (एजेन्डा) सहित उम्मेदवारहरू ५०  वडामा पुग्ने तयारी गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चैनपुर

सुदूरपश्चिमकाे मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च पुगे नाउपाका लक्ष्मणकिशोर

नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नाउपाकाे रेशम चाैधरी पक्षका लक्ष्मणकिशोर चौधरीले आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वर्तमान सत्ता समीकरण पूरा अवधि जान्छ: प्रधानमन्त्री प्रचण्ड

‘राजनीतिक रुपमा बाहिर बजारमा चर्चा गरिएजस्तो समीकरणमा कुनै पनि समस्या छैन’, प्रधानमन्त्रीले भने। उनले वर्तमान सत्तासमीकरण वामपन्थीको मात्र नभएको स्पष्ट पारे। उनले भने, ‘वर्तमान सत्ता समीकरण वामपन्थीको मात्रै भनेर गरिएको होइन, राजनीतिक सत्ता समीकरणका रुपमा बुझ्नुपर्छ, अहिले वाम एकता भन्नु सही हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - सुदूरपश्चिम

एमाले महाधिवेशन प्रतिनिधि परिषद्: आज समूहगत छलफल हुँदै

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमा समूहगत छलफल हुँदैछ। लतिलपुरको गोदावारीमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विचार मिल्नेहरू एकै ठाउँ हुनुपर्छ तर अहिले सम्भव छैन: एमाले

नेपाल (एमाले)ले विचार मिल्नेहरु एक दिन एकै ठाउँ हुनुपर्ने बताएको छ। ललितपुरको गोदावरीमा आज (शनिबार)देखि सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काँग्रेससँग सरकारका मन्त्रीहरूको राजीनामा माग्ने नैतिक आधार छैन: ओली

ललितपुर गोदावरीमा आज (शनिबार)देखि सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एमाले नेताहरू गोदावरीमा (फोटो फिचर)

नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको छ। शनिबारदेखि सुरु भएको बैठक तीन दिन यही १० गतेसम्म चल्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एमालेले पार्टी पाठ्यक्रम बनाउने, फेल भए सार्वजनिक पदका लागि उम्मेदवार बन्न नपाउने

नेकपा एमालेले पार्टी पाठ्यक्रम (कोर्स) निर्माण गर्ने भएको छ।शनिबारदेखि गोदावरीमा सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा राजनीति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी पाठ्यक्रम निर्माण गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर 

सार्वजनिक जग्गा फिर्ता गर्न फेरि गृहमन्त्री लामिछानेको निर्देशन

मुलुकी अपराध संहिता २०७४ को दफा १४७ र १४८ को व्यवस्था र स्थानीय प्रशासन ऐन २०२८ को दफा १० (क) को प्रबन्ध स्मरण गराउँदै सबै स्थानीय प्रशासनलाई हालसम्म भएका कामको विवरण मन्त्रालयमा पठाउन र अबदेखि दैनिक प्रगति प्रतिवेदन मन्त्रालयलसमक्ष प्रस्तुत गर्न उनले निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुँदै

नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु हुँदैछ। वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतको लोकसभा निर्वाचन: विपक्षीको ‘आशा’ र भाजपाको ‘विरासत’ जोगाउने चुनौती 

भारतीय चुनाव आयोगका अनुसार पहिलो चरणमा १६ सय बढी उम्मेदवार प्रतिस्पर्धामा छन्। करिव ३६ लाख मतदाता पहिलोपटक मतदाता भएका हुन्। चुनाव आयोगको तथ्यांकले ८.४ करोड पुरुष र ८.२३ करोड महिला मतदाता रहेको देखाउँछ। जहाँ २०-२९ वर्ष उमेरका मतदाता ३.५१ करोड छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं