आइतबार, १७ नोभेम्बर २०२४

बझाङमा दुई वडाको मतगणना सकियाे, एमालेका भण्डारी अगाडि

फिक्कल (इलाम), १६ वैशाखः बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ

उपनिर्वाचन अपडेट: बझाङमा एमालेकाे अग्रता

छविसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दमनबहादुर भण्डारीले एक सय ५७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले एक सय ३२ मत प्राप्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ

इलामा २ मा काँग्रेसको सुरुवाती अग्रता, घण्टी पुच्छारमा

इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा काँग्रेसले सुरुवाती अग्रत लिएको छ। काँग्रेसका डम्बर खड्काले ६५७ मत ल्याउँदै सुरुवाती अग्रता लिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

उपनिर्वाचन: बझाङमा मतगणना सुरू

 बझाङ प्रदेशसभा (१) मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ।  दिउँसो एक बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय निर्णय भएपनि करिब एक घण्टा ढिला गरी मतगणना सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ

उपनिर्वाचनः इलाम-२ मतगणना सुरू

आइतबार बिहान बसेको सर्वदलीय बैठकपछि पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु गरिएकाे मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इलाम उपनिर्वाचनः सर्वदलीय बैठक सकियो, ११ बजेदेखि मतगणना गरिने

सर्वदलीय बैठक बस्दा ढिला भएपछि ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी भएको जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख देवी चरण फूएँलले जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

उच्च हिमाली क्षेत्रका मतपेटिका हेलिकप्टरबाट संकलन गरिदै

बझाङ निर्वाचन क्षेत्र नं.१ स्थित अति विकट उच्च हिमाली क्षेत्रका मतपेटिकाहरू अझै सदरमुकाम चैनपुर ल्याउन सकिएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ

आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता

आम जनता पार्टीका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठबीच आज यहाँ आयोजित कार्यक्रममा पाँच बुँदे पार्टी एकतापत्रमा हस्ताक्षर भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकाेमा देउवा खुसी, दिए धन्यवाद

आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ (क) मा शान्तिपूर्णरुपमा उपनिर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद ज्ञापन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इलाम-२ उपनिर्वाचन : महिला मतदाताको सहभागिता उत्साहजनक, नेतालाई गाउँको विकास गरिदिन अनुरोध

इलामको माङसेबुङ गाउँपालिका-२ हुलाककी गङ्गादेवी राई वर्षले ७९ वर्षका भइन्। उनलाई हिडडुल गर्न लट्ठीको सहारा नभइहुँदैन। शनिबार बिहान उनी लट्ठीकै सहारामा गाउँ नजिकै रहेको जनताकल्याण आधारभूत विद्यालयमा पुगिन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एमाले र कांग्रेस मिलेर तत्कालै सरकार बन्ने अवस्था छैन

पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यासविपरित: काँग्रेस

काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ति जारी गर्दै सरकारले देश र जनतासँग प्रत्यक्ष रुपले सम्बन्धित केही महत्वपूर्ण कानूनहरुलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरी राष्ट्रपति समक्ष प्रस्तुत गरेको विषयतर्फ नेपाली काँग्रेसको ध्यान गम्भीर रुपले आकृष्ट भएको जनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका उपर छलफल हुने सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका–६ मराङमा रु ८५ लाखको लगानीमा वडा कार्यालय भवन निर्माण भएको छ। नवनिर्मित चारकोठे भवनबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

 बझाङ प्रदेशसभा निर्वाचन  (१ ) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन्। निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु

 इलाम क्षेत्र –२ मा मतदान सुरु भएको छ। सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

आज इलाम र बझाङमा उपनिर्वाचन

आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो।  दुवै निर्वाचन क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको जनाउँदै निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतादातालाई आह्वान गरेको छ। निर्वाचन कार्यक्रमअनुसार मतदान  बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उपनिर्वाचनको तयारी पूरा, कहिलेदेखि हुन्छ मतगणना?

आयोगले निष्पक्ष र भयरहीत वातावर्णमा निर्वाचन हुने भन्दै मतदातालाई ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ। निर्वाचन भयरहीत बनाउन जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कसैले घमण्ड गरे सरकार भुइँमै पछारिन्छ: माधव नेपाल

अध्यक्ष नेपालले हाल सरकारमा रहेका छ वटै पार्टीलाई समान ढंगले मिलाएर अगाडि बढ्नुपर्ने बताए। उनले कुनै एउटा पार्टी बाहिरिँदा सरकार भुइँमै पछारिने स्थिति रहेको बताउँदै उनले कसैले पनि घमण्ड गर्न नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं