आइतबार, १७ नोभेम्बर २०२४

काँग्रेससँग सरकारका मन्त्रीहरूको राजीनामा माग्ने नैतिक आधार छैन: ओली

News Image
• • •

नेकपा (एमाले)ले सहकारी ठगीलगायत विषयलाई लिएर मन्त्रीहरूको राजीनामामा माग्ने नैतिक आधार काँग्रेस नरहेको बताएको छ।

ललितपुर गोदावरीमा आज (शनिबार)देखि सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस्तो बताएका हुन्।

नयाँ सत्ता समीकरण निर्माणपछि आक्रोशित रहेको आवेगमा काँग्रेसले व्यक्ति विशेषको राजीनामा मागेको उल्लेख गर्दै त्यो गर्ने नैतिकता काँग्रेससँग नरहेको ओलीको भनाइ छ।

अध्यक्ष ओलीले काँग्रेसमा आफ्नो पार्टी सरकारमा हुँदा जस्तोसुकै भ्रष्टाचार पनि नदेख्ने सत्ताबाट बाहिरिएपछि आधारहीन विषयमा पनि निहुँ खोज्ने प्रवृत्ति देखिएको बताए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?