बिएल संवाददाता
काठमाडाैं
नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा काँग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो।