आइतबार, १७ नोभेम्बर २०२४

गृहमन्त्रीलाई संसदमा बोल्न नदिएर कांग्रेसले असंसदीय काम गर्‍याे: स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्ले गृहमन्त्रीलाई संसदमा बोल्न नदिएर असंसदीय काम गरिएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद वाग्ले संसदमा बोल्न नदिएर कस्तो संसदीय अभ्यास गर्न खोजे

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाले सरकार बनाउने खेलमा नलाग्ने भनेकाले विश्वासको मत लिनआवश्यक ठानिनँ: मुख्यमन्त्री पाण्डे

उनले भने, ‘गण्डकी प्रदेशको संसदको बनोटअनुसार राप्रपाले समर्थन गर्नुको धेरै महत्व राख्दछ। राप्रपा आन्दोलनमा रहेका बेला सरकार बनाउने खेलमा नलाग्ने भनेकाले मैले सदनमा गएर विश्वासको मत लिनतर्फ आवश्यक ठानिनँ। संविधानअनुसार मैले कि विश्वासको मत लिनुपर्ने थियो कि राजीनामा दिनुपर्ने थियो। राजीनामापछि नयाँ सरकार बन्ने प्रक्रिया सुरु भयो।’

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

पाण्डेले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्। केन्द्रकाे समीकरण फेरिएसँगै फागुन २३ गते नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले राजीनामा दिएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचन: इलाम- २ मा मुख्य निर्वाचन अधिकृत तोकियो

आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ। निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भवित कार्यसूची छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काँग्रेसले रवि लामिछानेलाई संसदमा बोल्न नदिने

मंगलबार बसेको काँग्रेसको संसदीय बोर्डको बैठकले संसद बैठकमा गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको काँग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बागमती प्रदेशमा एमालेका ४ मन्त्रीले लिए शपथ

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकलाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठले जिम्मेवारी पाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जोखिम मोलेर नै मैले वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने जमर्को गरेको हो: प्रचण्ड

‘जोखिम मोलेर नै आफूले देशभक्त र वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने जमर्को गरेको हो’, उनले भने, ‘जनताले नै सडकबाट समाजवाद जन्माउने हो। अन्ततः सडकबाटै समाजवाद जन्माउन केन्द्रित हुनैपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित

गणनामा श्रेष्ठ तीन सय ६३ सहित निर्वाचि भएको निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाले जानकारी दिए। श्रेष्ठका प्रत्यासी कमल नेपालले तीन सय ४९ मत प्राप्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाल्चोक

रञ्जिता श्रेष्ठले पार्टीबाट निकालिन् नाउपाका गण्डकी र बागमती अध्यक्ष

अध्यक्ष श्रेष्ठले पार्टीको गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाट निष्कासन गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेकपा एसकाे महाधिवेशनमा सहभागी हुन चैत मसान्तभित्र सदस्यता नवीकरण गर्नुपर्ने

आगामी जेठमा हुने महाधिवेशनमा प्रतिनिधि चयन गर्न पार्टी मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीमा रहेका नेताले समयमै आफ्नो सदस्यता नवीकरण गर्न पार्टीले आह्वान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उम्मेदवार टुङ्गो लगाउन कांग्रेस संसदीय बोर्ड बैठक बस्दै

आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (१)मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेस संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रतिनिधि सभा बैठक बस्दै

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रेशम चौधरी अस्पताल भर्ना

पार्टीभित्रको आन्तरिक विवाद छताछुल्ल भएपछि उनी प्रेसर थेग्न नसकेर अस्पतालमा शैय्यमा पुगेका बताएका छन्। बिएल नेपाली सेवाले सम्पर्क गर्दा संरक्षक चौधरीले भने, ‘मलाई मेरै श्रीमतीले साथीभाइहरूले तनाब दिए! अहिले म अस्पतालमा भर्ना  भएको छु। मेरो प्रेसर ह्वात्तै बढ्यो। केहि दिनदेखि भोकै छु। मलाई तनाब छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कुटपिटपछि रमेश विश्वकर्मा भन्छन्– हिजो रेशम चौधरीलाई बचाउन लाग्यौँ, आज तानाशाही बनेर हामीलाई मार्ने भन्दै छन् (भिडियो)

रेशमले सुदुरपश्चिम सरकारमा सहभागी हुने र रञ्जिताले नहुने भन्ने विषयमा विवाद हुँदा पार्टीभित्र कुटाकुटसमेत भएको छ। सोमबार सरकारमा सहभागी हुने र नहुने विषयमा छलफल हुँदै गर्दा पार्टीका संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्मामाथि पार्टी कार्यालयमै कुटपिट भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एमालेको निर्देशन- बैठकमा अनिवार्य उपस्थिति भएर विश्वासको मतकाे पक्षमा मतदान गर्नू

आज १ बजे बस्ने भनिएको बैठक अहिले केहीबेरमा बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ। नेता थपलियाले बैठकमा अनिवार्य उपस्थिति भएर मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न निर्देशन दिइएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

देशको अहिलेको राजनीतिक अवस्था निरंकुश पञ्चायती कालरात्रि जस्तो छ

देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रह्यो। युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भइरहेछन्। बाबुरामहरूजस्ता केही ‘मूर्ख’हरू नयाँ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गराैँ र नयाँ आर्थिक क्रान्ति गरौं भनेर हारगुहार गरिरहेछन्। तर, त्यो अरण्यरोदन बनिरहेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं