मुगुले पायो पहिलो पटक मन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्तिसमेत हुन्। शाहीको राजनीतिक अवस्था मन्त्री ऐनबहादुर शाही मुगुमा लोकप्रिय छन्।
बिएल संवाददाता - काठमाडाैँ
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्तिसमेत हुन्। शाहीको राजनीतिक अवस्था मन्त्री ऐनबहादुर शाही मुगुमा लोकप्रिय छन्।
बिएल संवाददाता - काठमाडाैँ
पर्सा-१ बाट निर्वाचित जनता समाजवादीका सांसद प्रदीप यादव खानेपानी तथा सरसफाइ मन्त्री, पर्सा-२ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद अजयकुमार चौरसिया कानुन न्याय तथा संसदीय मामिलामन्त्री र पर्सा-३ बाट निर्वाचित एमाले सांसद राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
एमाले-नेपाली काँग्रेसलगायत पार्टीहरुकाे समीकरणमा बनेकाे याे सरकारमा सुरुवाती चरणमा कम्तिमा दुई जना मन्त्री दलित समुदायकाे हुने भनिएतापनि अन्तिम समयमा काेही पनि समेटिएनन्। काँग्रेस र एमाले दुवै पार्टीले मन्त्रीहरुकाे नाम टुङ्याउनका लागि मापदण्ड बनाएका थिए। जसमा समावेशीताकाे विधि अपनाइने उल्लेख थियाे। तर, कार्यान्वयनमा त्याे हुन सकेन।
बिएल संवाददाता - काठमाडाैँ
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रम बहिस्कार गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित पृष्ठभूमिका दिपक खड्कालाई ऊर्जा,जलस्रोत तथा सिन्चाईमन्त्रीको जिम्मेवारी सुम्पिएका छन्। लैनचौरस्थित नेपाल स्काउटको जग्गा भाडामा लिएर सम्झौताबमोजिमको रकम नतिरेको र सम्झौतापछि पनि उक्त जग्गा कब्जामा लिएको आरोप लागेका खड्कालाई नेपाली कांग्रेसकाे सिफारिस मन्त्री बनाइएकाे हाे। त्यस्तै, डलर अर्बपति तथा विवादास्पद व्यापारी विनोद चौधरीको समेत लगानी रहेको ७.२ मेगावाटको माथिल्लो पिलुवा जलविद्युतमा खड्का मुख्य लगानीकर्ता छन्।
बिएल संवाददाता - काठमाडाैँ
मोदीले पारस्परिक लाभकारी सहयोगलाई विस्तार गर्न नजिकबाट काम गर्न तत्पर रहेको जिकिर गरेका छन्। यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि मोदीले व्यक्त गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
ओलीले दलित समुदायबाट प्रत्यक्षतर्फ निर्वाचित एकमात्र सांसद विश्वकर्मालाई मन्त्री बनाउने तयारी गरेका थिए। तर, उनी छविलालले चाहेकाे मन्त्री दिन मानेनन्। सचिवालय बैठकले बनाएकाे मापदण्डअनुसार पार्टीले विश्वकर्मालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे जिम्मेवारी दिन सिफारिस गरेकाे थियाे। यद्यपि, ओली उनलाई उक्त मन्त्रालय दिन तयार भएनन्।
बिएल संवाददाता - काठमाडौं
प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस सरकारमा जाँदैछ। उनलाई उपप्रधानसहित सहरी विकास मन्त्रालय दिइने भएको छ। त्यस्तै रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्रमन्त्री हुने निश्चित भएको छ। त्यसैगरी अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुने भएका छन् भने दिपक खड्का ऊर्जामन्त्री बन्ने भएका छन्। यस्तै ऐनबहादुर शाही वनमन्त्री निश्चित भएको छ।
बिएल संवाददाता - काठमाडौं
एमालेले अर्थसहित रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि–व्यवस्था तथा सहकारी, शिक्षा र सञ्चार मन्त्रालय पाएको छ। एमाले स्रोतकाअनुसार आइतबार साँझ शीर्ष नेताहरूले अन्तिम टुंगाे लगाएका नाममध्ये योगेश भट्टराई, छविलाल विश्वकर्मा र कृष्णगोपाल श्रेष्ठको नाम हटाइएको हो। उनीहरूको ठाउँमा देवेन्द्र दाहाल, बलराम अधिकारी र मानवीर राईलाई मन्त्री बनाउने टुंगो लागेको छ। त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा लमजुङका पृथ्वीसुब्बा गुरुङको नाम टुंगिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
नवनियुक्त प्रधानमन्त्री ओलीले खल्तीमा राखेको ‘मन्त्रीको सूची’मा धनुषा–३ बाट निर्वाचित जुलीकुमारी महतोको पनि नाम छ। यसअघि ‘प्रचण्ड नेतृत्वको सरकार’मा जुलीका पति रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए। रघु सिंहदरबारबाट बाहिरिएसँगै फेरि जुलीले प्रवेश पाएकी छिन्। पतिपत्नी आलोपालो मन्त्री बन्ने नेताहरूको सूचीमा ‘रघु–जुली’ अग्रपंक्तिमा छन्।
बिएल संवाददाता - काठमाडाैँ
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिएसँगै मन्त्रिपरिषद् गठन गर्ने सोच बनाएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ‘नयाँ सत्ता सहकार्य’ गरेका ओलीले एमालेको तर्फबाट आठ वटा मन्त्रालय पाएका छन्। अर्थसहित रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि–व्यवस्था तथा सहकारी, शिक्षा र सञ्चार मन्त्रालय पाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रपति रामचन्द्र पौडेले ओलीलाई बिहान ११ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न चपली पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै उनी पूर्वराष्ट्रपतिलाई भेट्न त्यहाँ पुगेका हुन्। स्रोतका अनुसार उनीहरूबीच कांग्रेस र एमालेको समीकरण बन्नै लागेको नयाँ सरकारबारे छलफल भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
अनुसार नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था, कृषि र वन मन्त्रालय पाउने भएको छ।
बिएल संवाददाता - काठमाडौं
‘संविधानका धारा ७६ (२) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि स्वतः ७६ (३) मा जानुपर्ने थियो। तर, राष्ट्रपतिले असवैधानिक कदम उठाएर प्रधानमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ। यसले राष्ट्रपतिको संविधानको रक्षकको भूमिका रहन सक्नुभएन’, प्रधानले भने।
बिएल संवाददाता - काठमाडौं
गगननिकट स्रोतका अनुसार नाम चयन गर्ने जिम्मा डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापालाई दिइएको छ। बैठकमा कोइराला, गुरुङ, थापासहित सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेता अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारीलगायत सहभागी थिए।
बिएल संवाददाता - काठमाडौं
उनले आफूमाथि पनि विभिन्न विषयमा प्रश्नहरु उठिरहेको भन्दै मन्त्री भएको कारणले अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट न्यायाधीशसँग गहन अध्ययन अनुसन्धान थाल्न आग्रह गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री एवम् हालका साधारणसदस्य डा. मुकुल ढकालले रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेले भारतीय राजदूतसँग नेपाललाई भारतीय राज्य बनाउन आग्रह गरेकाे दाबी गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ। आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ।
बिएल संवाददाता - काठमाडाैँ
सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका लागि मापदण्ड तय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं