शनिबार, १६ नोभेम्बर २०२४

अमेरिका भयो ‘ट्रम्पेरिका’ : अब के होला ?

विश्वको एक मात्र महाशक्ति राष्ट्र अमेरिका फेरि एकपटक 'ट्रम्पेरिका'मा खुम्चदैछ। अबको चार वर्ष अमेरिकामा अल्पसंख्यक गैर-श्वेत आप्रवासीहरू एउटा कित्तामा र बाँकि अर्को कित्तामा विभाजित हुन्छन् । यो मानसिक कित्ताकाटले अमेरिकालाई बिस्तारित गर्ने हैन, खुम्च्याउने छ। अमेरिका ट्रम्पेरिकामा खुम्चेपछि बाँकि विश्वका शासकहरूलाई भने 'हाइसञ्चो' पनि हुन सक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

आम निर्वाचनको पूर्वसन्ध्यामा अमेरिका: के सोच्दैछन् नेपाली-अमेरिकीहरू ?

अमेरिका भोलि मंगलबार विहान ७ बजेदेखि सुरू हुने इन पर्सन मतदानको पूर्वसन्ध्यामा उभिएको छ । यो निर्वाचनमा कमला विजयी हुन्छिन् कि ट्रम्प?, यसै भन्न सकिने अवस्था छैन। तर, एउटा कुरा भने निश्चित छ कि यो निर्वाचनमा मतदान गर्न सक्ने  ६५ हजार नेपाली-अमेरिकीले चुनावी नतिजालाई प्रभावित गर्न सक्छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - फिलाडेल्फिया, अमेरिका

ओली र रवि : हिजो एकसाथ, आज धारेहात

भनाइ नै छ, राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैनन् । यो भनाइ सबैभन्दा बढी लागु हुनछ भने त्यो नेपालमै भैरहेको हुन्छ । त्यसको पछिल्लो श्रृङ्खला हो, ओली र रविको सम्बन्ध । कुनै बेला यी स्वाँगेभाइ एकसाथ थिए, अहिले सौतेनी भाइ जस्तै धारेहात लगाइरहेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

यसपालिको दशैंमा लेख्न सकिएन शुभकामना !

दशै भन्ने बित्तिकै परदेशमा बस्ने नेपालीलाई एक किसिमको ऐठन हुन्छ, त्यसमाथि पनि देशमा दुर्दशासँगै आएको दशैंले त पीडाको पारो नै बढाउँछ । यसपालिको दशै त्यस्तै छेको पारेर आएको छ । बाढी पहिरोले सयौको ज्यान लिएको छ, हजारौको उठिबास लगाएको छ । यस्तो बेला लेख्न नसकिने रहेछ शुभकामना !

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

विपत्तिको घडीमा लापत्ता ‘सिंहदरबार’

एघार दिनदेखि ‘पशुपतिनाथले चलाएको देशमा’, सोमबार दिउँसो करिब चार बजेतिर ‘विपद्ले थलिएको खण्डहर खाल्डो’मा एकाएक झुल्किए प्रधानमन्त्री केपी शर्मा ओली। त्योपनि ‘भीभीआईपी’को नाउँमा घन्टौँदेखि विमानस्थल ठप्प पारेर। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा, त्यहाँको अवस्था भद्रगोल थियो। हजारौँ यात्रुहरू उड्नुअघि अलपत्र थिए। समयमै गन्तव्य टेक्न पाइरहेका थिएनन् उनीहरूले। बाढीपहिरो र डुबानले त्रसित् नागरिकहरू राज्य–संयन्त्रप्रति आक्रोशित देखिन्थे। उडान कुरिरहेको ‘यात्रु–जमात’ ओलीको स्वागतमा होइन, ‘विपद्मा प्रधानमन्त्री हराएको’ भन्दै आलोचना गरिरहेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओलीसामु उभिएको समस्याको ‘घनघस्या’ उकालो

अमेरिकी भ्रमण सकेर नेपाल नपुग्दै ओलीसामु समस्याका चाङ लागिसकेका छन्। ‘स्वाङे-भाइ’ रविले पक्राउ गरेर देखाउन चुनौति दिइरहेकै बेला बाढीको कहरले देश आक्रान्त छ। न्युयोर्कमा दर्शन पाएर पनि मोदी दाहिना नहुनुको पीडा आफ्नो ठाउँमा छँदैछ। यही बीचमा सचेतक सुनिता बरालको रंगिला प्रकरण छोप्नै नसक्ने गरी छत्ताछुल्ल भएको छ। लाग्छ, यसपटकको दशैंमा ओलीकी भवानी दाहिना हुनेवाला छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

राहदानी खोले पुग्छ, आँखा सन्काउनै पर्दैन सहकारीतिर ?

रवि जेल नपुगुञ्जेल नेपाली राजनीतिका आगामी केही दिनहरू रवि भर्सेज ओली हुने सम्भावना बढ्दो छ । रवि जेल पुगेका दिन रास्वपा भन्ने घण्टीको रालो पनि झर्नेछ । त्यसपछि उनका भक्तहरू पनि जुम्राले लाश छोडेझै घण्टी छोडेर चमर बजाउन थाल्नेछन् । नेपालको स्वार्थकेन्द्रित राजनीतिमा त्यो पहिलो दृश्य हैन, यस्ता दृश्यहरू धेरैपटक मञ्चन भैसकेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

ओलीको अमेरिका भ्रमण : पशुपतिको जात्रा, सिद्राको व्यापार

अमेरिकी कोणबाट हेर्दा ओली अमेरिकासँग अप्रत्यक्ष रूपमा जोडिएको भुटानी शरणार्थी प्रकरणमा साइनो गाँसिएका एक संदिग्ध पात्र हुन् । उनी राष्ट्र संघको ७९औं महासभामा सहभागी हुन सेप्टेम्बर २०मा न्युयोर्क आउँदैछन् । उनको यो अमेरिका भ्रमण‘पशुपतिको जात्रा सिद्राको व्यापार’ जस्तै हो ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

अमेरिकाको नेपाली डायस्पोरियामा घटेका दुई अप्रिय घटनाका डाइनामिक्स

अमेरिकाको नेपाली डायस्पोरामा घटेका पछिल्ला दुई अप्रिय घटना मात्र प्रतिनिधि घटना हुन्। यी घटनाको सामान्यीकरण गरेर नेपालीको चरित्र चित्रण गर्नु घातक र दुर्भाग्यपूर्ण हुन्छ। यी घटनाबाट पाठ सिकेर भविष्यमा दोहोरिन नदिन जे गर्न सकिन्छ, त्यो नै नेपाल र नेपालीका लागि गर्न सकिने योगदान हो।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

‘हिंसा’को सदाबहार आलोचक रहनै सकेनन् ओली!

एमाले सांसद योगेश भट्टराईले दशवर्षे सशस्त्र द्वन्द्वलाई ‘माओवादी हिंसा’को संज्ञा दिँदै यहीं साता सदनलाई सम्बोधन गर्दा माओवादी सांसद माधव सापकोटाले ‘हिंसा’प्रति आपत्ति जनाउँदै त्यो शब्द हटाउन माग गरे। उनको जिकिर थियो– ‘हिंसा गैरसंसदीय शब्द हो। त्यो शब्द रेकर्डबाट काटियोस्। अर्थात्, माओवादी आन्दोलन हिंसात्मक थिएन, त्यो जनयुद्धै थियो।’ तर योगेश टसमस भएनन्। बरु, एमाले नेता रघुजी पन्त, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र माओवादी सचिव देवेन्द्र पौडेल पनि त्यो नोकझोंकमा थपिए। ‘हिंसा कि युद्ध’को कलहले संसदै बरालियो। एमाले–माओवादीका सांसदबीच एकछिन चर्काचर्की नै पर्‍यो। सभामुख देवराज घिमिरे र माओवादी सांसदहरूको जुहारी पनि चल्यो। सदनको उग्रंता देख्दा यस्तो लाग्थ्यो– जनप्रतिनिधिहरू उल्टोतिर बग्दैछन्। नचाहिँदो बहसमा उत्र्रिंदैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओलीको सिंहदरबार, यत्रतत्र भ्रष्टाचार

भ्रष्टाचारसँग ६३ को सम्बन्ध भएका केपी ओलीको पाँचवर्षे हदम्याद तुहिएको छ । नागरिक समाज, मिडिया र केही सचेत सांसदको मोर्चाबन्दीले यो सम्भव भएको हो । यो जीतलाई उन्माद हैन, उपलव्धीका रूपमा लिएर होसियारी र खबरदारी गरिरहनुपर्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

नेपालको पहिलो प्रधानमन्त्री महिला बन्ने आरजुको रोडम्याप

कांग्रेस सभापति शेरबहादुर देउबाकी पत्नी आरजु नेपालको पहिलो प्रधानमन्त्री महिला हुने रोडम्यापमा अगाडि बढेजस्तो देखिन्छ । यसका लागि उनलाई चाहिने तीन पक्ष हुन्, श्रीमान् देउबाको आशीर्वाद, मित्रराष्ट्र भारतको समर्थन र ओलीको स्वीकारोक्ति । श्रीमानको आशीर्वाद त डिफल्ट छँदैथियो, गत हप्ताको भारत भ्रमणबाट भारतीय समर्थन पनि जुटिसकेजस्तो देखिन्छ । यी दुबैको सुइँको पाएका वाचाल ओलीले महिला प्रधानमन्त्रीको पासा नै फ्याँकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

राजनीतिका सौम्य पदचापमा डा. शेखरको ‘हिरक’ यात्रा

पारिवारिक विरासत मात्रै नभएर 'कोइराला परिवार' राजनीतिको खुल्ला विश्वविद्यालयझैँ छ। त्यही विराटनगरको कोइराला निवास काँग्रेस कार्यकर्ता र नेताहरूका लागि सधैँ खुल्ला रहन्छ। सत्ताको शक्ति केन्द्र त्यही कोइराला निवासका पहरेदारका रुपमा डा.शेखरका राजनीतिक पदचाप अघि बढिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समयको ऐनामा ओली सरकारको एक महिना

ओली सरकारको पहिलो महिनामै नेपालमा अमेरिका, भारत र चीनका उच्च अधिकारीहरूको दोहोरीलत्ता सुरू भएको छ । उनीहरू ‘नेपाल भाँडो’मा एसपीपी र बीआरआईको खिचडी पकाउन लागिरहेजस्तो देखिन्छ। अमेरिकी एसपीपी खिचडी पहिला पाक्छ कि चिनियाँ बीआरआई खिचडी पाक्छ, त्यो भने  केही समयपछि समयको ऐनामा हेर्नसकिने छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

बंगलादेशमा राजनीतिक भूकम्प, नेपालमा पराकम्प

बंगलादेशको राजनीतिक भूकम्पको पराकम्पन नेपालसम्म पनि पुगेको छ। हो, नेपालको समग्र अवस्था ठ्याक्कै बंगलादेशको जस्तो छैन र हुँदैन पनि।तर,नेपालका ठूला दलका मूल नेतृत्वको सोच, कोण र प्रवृतिचाँहि लगभग जियाको जस्तै छ।यसले कुनै पनि बेला नेपालमा बंगलादेश अध्याय दोहोर्याउन सक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

कोसँग लिनुपर्ने हो मातृभूमीलाई माया गर्ने लाइसेन्स ?

देश छोडेर देश बनाउन सकिएन होला तर लुटिएको पनि छैन । तैपनि देश छोड्न नसकेर तड्पिएका र देशमै बसेर लुटिरहेकाहरू हामीले देश बिगारे जस्तो गरेर भनिरहेका हुन्छन् –‘तँ पलायनवादी, नेपाललाई माया गर्न पाउँदैनस् ।‘ त्यस्तालाई यति भन्नु छ, ‘मातृभूमीलाई माया गर्न कसैसँग लाइसेन्स लिइरहनु पर्दैन ।‘

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

ओली र सुशासन '३ र ६' अर्थात् ३६ !

एमाले अध्यक्ष ओली भन्नलाई त ‘ आफू पनि भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न’ भन्छन्।तर, गर्ने बेलामा उनी आफू पनि भ्रष्टाचार मात्र गर्छन् र अरूलाई पनि भ्रष्टाचार मात्रै गर्न दिन्छन्। गणतन्त्र नेपालमा भ्रष्टाचारलाई संस्थागत गर्न उनको अहम् योगदान छ। नीतिगत भ्रष्टाचारमा महारथ प्राप्त उनले एमालेको एउटा पूरै पुस्तालाई भ्रष्ट बनाए।ओली कालमा देशमा भ्रष्टाचार नहुने र सुशासन कायम हुने कुरा त ‘सम्झिने पानी छम्किने’ मात्र हो ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

शेखर कोइरालाले काँग्रेसमा जलाउन खोजेको बाती

नोना कोइरालाको देहान्त हुँदा गिरिजाप्रसाद कोइरालाले भनेका थिए 'कोइराला निवासको बत्ती निभ्यो, त्यो रिक्तता कसले पूरा गर्ने?'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सन्दर्भ अमेरिकी चुनावको : हालखबर नेपाली-अमेरिकीको

अमेरिकामा आगामी नोभेम्बर ५ मा आम निर्वाचन हुदैछ। अमेरिका नै रहने वा ट्म्पेरिका हुने भन्ने फैसला गर्ने यो निर्वाचन अमेरिकाको इतिहासमै एक महत्वपूर्ण निर्वाचन हो । यो निर्वाचनमा मतदान गर्न सक्ने नेपाली-अमेरिकीको संख्या ६५ हजारभन्दा बढी छ। उनीहरूको मत निर्णायक नभए पनि अमेरिकी नागरिकका रूपमा जिम्मेवारी निर्वाह गर्ने र उनीहरू अमेरिका वा ट्म्पेरिकामा कसको पक्षमा रहने भन्ने अर्थमा भने यसको अहम् महत्व छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

उताका ओली र यताका ट्रम्प: उस्तै उस्तै हुन् नानू !

नेपालमा एउटा चप्पलको रेडियो जिंगल लोकप्रिय थियो- हात्ती बलियो कि हात्तीछाप चप्पल बलियो? जवाफमा भनिन्थ्यो, दुबै उस्तै उस्तै हो नानू । तर, अहिले 'उताका ओली र यताका ट्रम्प पनि उस्तै उस्तै हुन् नानू 'भन्ने बेला आएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका