मङ्गलबार, १९ नोभेम्बर २०२४

प्रभु बैंक राखिएको पैसा गायब, छानविन हुँदै

प्रभु बैंकले बचतकर्ताको करोडौं रकम गायव पार्ने गरेको पाइएको छ। प्रभु बैंकमा रकम बचत गर्ने बिर्तामोडका मञ्जुकुमारी नेपालको करोडबढी रकम गायब भएपछि बैंकले बचतकर्ताको रकम गायब पार्ने गरेको पाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

बाढीपहिरोमा परी हालसम्म १४८ जनाको मृत्यु

विपद्‍मा परी काठमाडौँ उपत्यकामा ३, कोशी प्रदेशमा २५, मधेश प्रदेशमा ६, बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ४२, लुम्बिनी प्रदेशमा २५, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ४८ जनाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरू दीपक प्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीलाई शपथ गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सौर्य एयरकाे जहाज दुर्घटनामा परेका पाइलट शाक्य डिस्चार्ज हुँदै

काठमाडौँमा भएको सौर्य एयरलाइन्सकाे विमान दुर्घटनामा परेर बाँच्न सफल भएका पाइलट मनिषरत्न शाक्य अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन्। गत साउन ९ गतेदेखि उनको काठमाडौँको  सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको थियो। उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

मोरङकाे विराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ मिलिग्रामसहित सुनसरीकाे इटहरी उपमहानगरपालिका-४ आइतबारे बस्ने २५ वर्षीय अमन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कसैकाे चाहनाले मुद्दा चल्दैन: गृहमन्त्री लेखक

‘फाइल खोल्ने भन्या के हो? मुद्दा चलाउने भन्या होला नि, लोकतन्त्रमा मुद्दा कानुन बेगर चल्छ?, रहरमा मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानुन बमोजिम चल्छ भन्ने मेरो आग्रह छ’, उनले भने, ‘कुनै मुद्दा चलेको छ भने छट्न पनि कानुन बमोजिम छुट्छ भन्ने मेरो आधारभुत मान्यता हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी पीडितहरू फेरि आन्दोलित (तस्बिहरहरू)

सरकारले आफूहरूसँग गरेकाे सहमति कार्यान्वयन नगरेको भन्दै पीडितहरुले बिहीबार काठमाडौँमा प्रदर्शन गरेका हुन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले नेतृत्वमा त्नपार्क क्षेत्रमा प्रदर्शन भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टीआरसीमा सहमति जुटेपछि जनार्दनले भने- नेपालकाे शान्ति प्रक्रिया विश्वव्यापी स्थापित हुनेछ

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सङ्क्रमणकालीन न्याय (टीआरसी) विधेयक टुंगिएपछि नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टीआरसी विधेयकमा तीन दलबीच जुट्याे सहमति

संक्रणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा तीन दलबीच सहमति जुटेकाे छ।  बिहीबार बिहान सिंहदरबारमा बसेको कार्यदलको बैठकमा तीन दलबीच टीआरसीमा बाँकी भएका विषयमा सहमति जुटेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिविको नीति तथा कार्यक्रम रोकेकोबारे प्रधानमन्त्रीलाई सुमनाकाे प्रश्न- विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो?

विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि हो? भन्दै प्रश्न गरेकी छिन्। पूर्वमन्त्री श्रेष्ठले यस्तो हस्तक्षेपले राजनैतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनु हुँदैन भन्ने कुरा झनै प्रष्ट पार्ने बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रामेछापमा बाढीले बगायो धानखेत

मन्थली नगरपालिका– १ को रणजोर खोला, मन्थली– २ को कठजोर खोला लगायतमा आएको बाढीले किसानले धान लगाएको खेत बगाएर क्षति पुर्याएको छ। कठजोर खोलाले किनारका सयौँ रोपनी धान लगाएको खेत कटान र पुरेर क्षति पुर्याएको वडाध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक बस्दै

संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक आज (बिहीबार) बस्दैछ। बैठक बिहान साढे सात बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बागमतीसहित पाँच प्रदेशमा भारी वर्षाकाे सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा माैसम विज्ञान माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देशभर दुई हजारभन्दा बढीमा डेंगु सङ्क्रमण

देशभर दुई हजारभन्दा बढीमा डेंगु रोगको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा सङ्क्रमण देखिएको जानकारी दिए।  मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लाखे नाच प्रतियोगितामा २० वटा समूहले प्रतिस्पर्धा गर्ने

नेवाः खलः कचा पृथ्वीचोकको आयोजनामा यही साउन २६ गते हुने लाखे नाच प्रतियोगितामा कास्कीका २० वटा समूहले प्रतिस्पर्धा गर्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १४५ जनाको मृत्यु

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसो सम्म १ सय ४५ जनाको मृत्यु भएको छ। बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २४ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ४५ जनाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कारागारको भौतिक संरचना थप्नु आवश्यक छ- गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले मुलुकभरका कारागारमा कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा बढी रहेकाले कारागारको नयाँ भवन निर्माण र भौतिक संरचना थप्नु आवश्यक रहेको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले कारागारको भौतिक संरचना थप गर्नुपर्ने, कैदीबन्दीको स्वास्थ्य उपचारदेखि सिदा रकम वृद्धिलगायत समग्र विषय व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन जरुरी रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बिजुलीको अँध्यारो: जनताको करबाट ब्यापारीलाई साढे आठ अर्ब ‘निगाह’

उद्योगी र प्राधिकरणबीचको यो विवाद समाधान गर्न सरकारले नै २ पटक समिति १ पटक आयोग गठन गरिसकेको छ। तर समिति र आयोगको प्रतिवेदन कार्यान्वयन भन्दा सरकार नै जालझेलमा देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

समिति सभापतिलाई सभामुखको निर्देशन- विधेयकलाई चाँडो पारित गरेर सदनमा लैजानुस्

उनले भने, ‘सबैले आफ्नो समितिको रिपोर्टहरु पनि सभामुखलाई बुझाएको छ र सभामुखले आफ्नो समितिलाई अझ प्रभावकारी बनाउनको लागि बैठक बस्ने व्यवस्था गर्नु र छिटोभन्दा छिटो विधेयकहरुलाई पारित गरेर सदनसम्म पुर्याउ भन्ने निर्देशन दिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं