मङ्गलबार, १९ नोभेम्बर २०२४

जानकी आँखा अस्पतालमा सेवा सुरु

विवादका कारण केही दिनदेखि बन्द रहेको जनकपुरधामस्थित  जानकी आँखा अस्पतालमा सेवा सुरु गरिएको छ।  मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह तथा राज्यमन्त्री केशव रायको समन्वयमा व्यवस्थापन पक्ष तथा आन्दोलनरत कर्मचारीसहित केही दिनदेखि भएको छलफल तथा बैठकपछि सेवा सञ्चालनमा आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रमोद यादवले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विपद‍्मा १४३ जनाको मृत्यु, ४७ जना बेपत्ता

गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद‍्मा परी एक सय ४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन्। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ देखि आजसम्म बाढीपहिरोलगायत विपद‍्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो

मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ। चराविद् सञ्जय था श्रेष्ठ र शङ्कर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पारेका नेपाल पन्छीविद् सङ्घले जनाएको छ।  नेपाल बर्ड रेकर्ड कमिटि (चरा अभिलेख तथा प्रमाणीकरण गर्ने समिति) का अध्यक्ष डा.तुल्सी सुवेदीले श्रेष्ठ र तिवारीले उक्त तिनधर्से अर्जुनक जातको चरा नेपालमा पहिलो पटक भेटिएको विज्ञप्तिमार्फत जानकारी र्दिए। स्पोटेड फ्लाइक्याचर (Spotted Flycatcher) अंग्रेजी नाम भएको उक्त चराको वैज्ञानिक नाम मुसिकापा स्ट्रिएटा (Muscicapa Striata)रहेको कमिटिका अध्यक्ष सुवेदीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

मोरङको लोहन्द्रा खोलामा भेटियो अर्को नयाँ प्रजाति माछा

मोरङको लोहन्द्रा खोलामा अर्को नयाँ प्रजातिको माछा फेला परेको छ। बुदुना जातको ‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको सो माछा एसियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएका छन्। अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल र रामचन्द्र अधिकारीले उक्त प्रजाति नेपालका लागि नयाँ भएको भन्दै भारतबाट प्रकाशित हुने प्रसिद्ध जर्नल ‘थ्रिटेन्ड टेक्सा’ को सन् २०२४ को जुन अङ्कमा लेख लेखेका छन्। लिम्बूलगायतको टोलीले दुई महिनाअघि पनि लोहन्द्रा खोलामै दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम रहेको नयाँ प्रजातिको माछा फेला पारेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

गोरखाको पहिरोमा बेपत्ता ४ जनाको शव भेटियो

सोमबार नेपाली सेनासहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा भएको खोजी कार्यमा चार जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

व्यक्ति बेपत्ता मुद्दामा बम्जनसँग ३ लाख धरौटी माग

लिटिल बुद्ध भनेर आफूलाई चिनाउने तपस्बी रामबहादुर बम्जनलाई व्यक्ति बेपत्ता मुद्धामा ३ लाख रुपैया धरौटी माग गरिएको छ।  सिन्धुपाल्चोक जिल्ला अदालतकी न्यायाधीश भगवती शर्माको इजलासले उनलाई थुनछेक आदेश दिँदै ३ लाख धरौटी माग गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

निर्वाचन आयुक्तमा सिफारिस प्रधानको नाम अस्वीकृत

संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगर ‘सोल्जरिङ अन अवार्ड २०२४’काे फाइनलमा, भाेटिङ खुला

बेलायती सैनिक समुदायभित्र १२वटा विभिन्न विधामा उत्कृष्टता हासिल गरेका ३६ व्यक्तिहरुको फाइनलिस्टको नाम सार्वाजानिक गरिएकाे हाे। जसमा ‘इन्सपिरेशनल अवार्ड’ अर्थात् प्रेरणादायी पुरस्कार विधामा बुढामगरसहित अन्य दुई जनाकाे नाम समावेश छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विश्व बैंकको १३ अर्ब ३३ करोड ऋण स्वीकार, १५ जिल्लाका गरिब परिवारको अन्तिम सूची स्वीकृत

उनले भने, ‘विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने ७४.६ मिलियन अर्थात एक हजार मिलियन अमेरिकी डलर १३ अर्ब ३३ करोड नेपाली बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अपुग शिक्षक दरबन्दी पूर्ति नभए विद्यालय बन्द गर्ने मौलापुरको चेतावनी

तहगत र विषयगत अपुग शिक्षक तत्काल आपूर्ति नगरिए भदौ महिनादेखि मौलापुर नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयको पठनपाठन बाध्य भएर बन्द गर्नुपर्ने चेतावनीसमेत मेयर साहले शिक्षा मन्त्री भट्टराईलाई दिएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वर्णिम वाग्लेको अभिव्यक्ति देशविरोधी छ, संसदले अध्ययन गर्नुपर्छ: सांसद पन्त

प्रतिनिधिसभाको बैठकमा उनले सांसद वाग्लेको भनाईले स्पष्ट रुपमा देशविरोधी सार तत्वलाई बोकेको भन्दै यो नेपालले दिँदै आएको परराष्ट्र नीति, नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको विपरीत रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले भ्रष्टाचारका फाइलहरु खोल्न नपाउँदै बन्द गर्ने प्रयास गर्‍याे: रवि लामिछाने (भिडियाे)

‘मैले भन्दै आएको दुई ठूलो दलको यो मिलन खतराको घण्टी हो। हिजो कुरा चल्यो फाइल तिमीहरुले होइन, हामीले खोलेका हौँ भनेर। अझ काण्ड पनि हामीहरुले नै गरेका हौँ भनिदिएको भए पनि राम्रो हुने थियो। फाइल तपाईंहरुले नै खोल्नुभएको तर बन्द नहुँदै जिउँदै फाइल गाड्ने प्रयास गर्नुभयो, जुन फाइलमा प्राण थियो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यी हुन् सहकारी ठगेर विदेश भागेका जीबी राईसहित १८ व्यक्ति (सूचीसहित)

समितिको सोमबार सिंहदरबारमा बसेको २३औँ बैठकले सहकारीकाे बचत रकम दुरुपयोग गर्ने जीबी राईसहित १८ जनालाई तत्काल स्वदेश ल्याउन निर्देशन दिएको हो। साथै बैठकले सोधपुछ गरिने सूचिका व्यक्तिहरूसँग समितिको समन्वय र सम्पर्कको प्रबन्ध मिलाउन गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिने निर्णय गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुसुमदेवी थापाले दिइन् कृषि समितिकाे सभापतिकाे उम्मेदवारी

साेमबार संघीय संसद सचिवालयमा कांग्रेस र नेकपा एमालेका सांसदहरूसहितकाे उपस्थितमा उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रंगिन पशुपति (फोटो फिचर)

हरियो, पहेँलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो देखिन्थ्यो। साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ। यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदीय छानबिन समिति सरकारका लागि मार्गनिर्देशक बन्छ: गृहमन्त्री

उनले भने, ‘सहकारीको समस्या समधानको विषय सरकारले प्राथमिकतामा राखेको छ। सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्ग निर्देशक भन्ने विश्वास लिएको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदीय सुनुवाइ समितिको बैठक सर्‍याे

बिहान साढे ११ बजेकाे लागि तय भएकाे बैठक साँझ ५ बजेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ। बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने छ। यसअघि समितिमा बुधबार सुनुवाइ गरिएको थियो

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी प्रकरण: संसदीय छानबिन समितिले गृहमन्त्री र आइजीपीसँग छलफल

जेठ १५ गते प्रतिनिधिसभाले गठन गरेको समितिले सहकारी क्षेत्रमा भएकाे रकम हिनामिनाको अध्ययन गर्दै सरोकारवालाहरुसँग छलफल गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरामा स्कुल बस दुर्घटना अपडेटः आमाछोराको मृत्यु, २८ जना घाइते

सोमबार बिहान साढे ८ बजेतिर पोखरा महानगरपालिका–२१ मा ग १ क ६२१९ नं. को स्कुल बस दुर्घटना हुँदा घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टीआरसी विधेयक: कार्यदलको बैठक बिहीबार फेरि बस्ने

उनले भने, 'मुल ऐन, विधेयक र उपसमितिकाे प्रतिवेदन हेर्ने कुरा भएको छ। त्यसलाई एकीकृत गरेर उठेका प्रश्नहरुलाई पनि एकीकृत गर्ने कुरा भएको छ। सबै तयारी गरेर आगामी बिहीबार ८ बजे गृह मन्त्रालयमै बैठक बस्छौँ,' उनले भने। अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि आगामी दिनमा छलफल केन्द्रित गर्ने उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं