मङ्गलबार, १९ नोभेम्बर २०२४

चट्याङ पर्दा जुम्लामा एक सय भेडा मरे

जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन्। पालिका वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर आज तिला–७ का पोख्रीका ९ जना किसानका एक सय भेडा मरेको तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए।ब

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

खोला बस्तीमा पस्दा ३० घर डुबानमा

सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन्। गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको रु ३० लाखभन्दा बढी क्षति भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

धरहरा कसको, बालेन कि केपी ओलीकाे?

धरहरा बनिसकेकै छैन। जमिनमुनिको तलालाई पनि जोड्ने हो भने यो जम्मा २५ तलाको हुन्छ। तर मुख्य प्रयोग भने तेस्रो तलादेखि २२ औं तलासम्म हुन्छ। भूमिगत भनिएका दुई तलाहरू पार्किङका लागि हो। जमिनमा एक तला छ। त्यसपछि धरहराका मुख्य तलाहरू सुरु हुन्छ। त्यसको व्यवस्थापन र कार्यविधि नबन्दै त्यसमा काठमाडौँ महानगरले आफूखुसी पार्किङ खुल्ला गरिदियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारीका बचतकर्ताहरुले लापरबाही र लोभमा परेर पुँजी जोखिममा राखे: सभापति थापा

उनले भने, ‘सहकारी क्षेत्रको समग्र अवस्था हेर्दा भएका कानुन कार्यान्वयनमा कमी भएको छ। कानुन आवश्यकताअनुसारको संयन्त्र निर्माण गर्ने गरी बनेका छैनन्। र बचतकर्ताहरुले पनि कुन सहकारी को सञ्चालक भन्ने कुरा नबुझी पैसा जम्मा गर्ने काम लापरबाही र लोभका कारणले गरेको जस्तो देखिन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ठूला दुई दलको सहकार्यले टीआरसी विधेयक टुङग्याउने विश्वास छ: संयोजक खड्का

उनले भनिन्, ‘कानुन पास गर्ने कुरा रोकिनु भएन छिटो प्रक्रियामा गएर पास हुनुपर्यो। कानुनको कार्यान्वयन गर्ने प्रक्रियामा जानुपर्यो। हामीलाई विश्वास छ र सकारात्मक आशावादी पनि छौं। अहिलेको हाम्रो लोकतन्त्रको इतिहासमा ठूला दुई वटा दलको सहकार्यले यो टुङग्याउँछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनताले धरहरा चढ्न पाएनन्, छिटो सञ्चालनमा ल्याउनू: प्रधानमन्त्री

उनले धरहरा बनिसके पनि पार्किङको व्यवस्थापन नहुँदा सञ्चालनमा नआएको बताए। पार्किङको शुल्क लिएर भए पनि धरहरा सञ्चालन गर्नुपर्ने प्रधानमन्त्री ओलीले भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सचिवहरूलाई प्रधानमन्त्रीकाे २६ बुँदै निर्देशन- रेल र पानीजहाज चलाउने योजना छ (सूचीसहित)

‘हवाइ र सवारी दुर्घटनाका घटनाहरु भइरहेका छन्। हामीले राजमार्गका सडकमा लामो जरा भएका बिरुवाहरु लगाउने र नयाँ निर्माण गर्दा सुरक्षित हुने गरी डिजाइन गर्ने गर्नुपर्छ। रेल र पानीजहाज चलाउने हाम्रो योजना छ। रेलका लागि जनतको माग छ। हाम्रो प्राथमिकता यसमा रहनेछ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वमन्त्री खानको पहलमा कुवेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार

एजेन्टले कुवेतमा ल्याएर ३/४ महिनादेखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्धार गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आम उद्योग वाणिज्य संघको केन्द्रीय कमिटी गठन, अध्यक्षमा जयसवाल सर्वसम्मत

काठमाडौँको अनामनगरमा सम्पन्न राष्ट्रिय भेलाबाट उपाध्यक्षमा धीरजकुमार साह, सोना सिलवाल, मन्नु राजन, अमितकुमार साह, महासचिवमा पवनकुमार पटेल, सचिवमा अमित सर्राफ, सहसचिवमा रामनारायण साह र कोषाध्यक्षमा संजीव जयसवाल सर्वसम्मत निर्वाचित भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तरकारी बजारको व्यवस्थापनमा नियमितता र कडाई गर्न आवश्यक छ: मन्त्री अधिकारी

मंगलबार कृषि समितिले कालीमाटी फलफूल तथा तरकारी विकास समितिले गरेका कामका सन्दर्भमा आयोजना गरेको कार्यक्रममा उनले कालीमाटी तरकारी बजारमा स्थापनाकालदेखि नै प्याकेजिङ व्यापारको तरिका एउटै रहेको भन्दै त्यसलाई परिवर्तन गर्न आवश्यक रहेको पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्व राज्यमन्त्री यादवको हत्यामा संलग्न दुई जना पक्राउ

पक्राउ पर्नेहरूमा कबिलासी नगरपालिका-३ घर भई चन्द्रपुर गाउँपालिका-१ रतनपुर बस्ने २५ वर्षीय राम उजैन राय र ४६ वर्षीय बिरेन्द्र राय रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

काठमाडौँमा जुवा खेलिरहेका ९ जना १० लाख रुपैयाँसहित पक्राउ

काठमाडौँ महानगरपालिका-४ चुनदेवीस्थित यमकुमारी आलेको घरमा ओखर (जुवा) खेलाइरहेको भन्रे गोप्य सुचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद भवन निर्माणको कामलाई तीव्रता दिन मन्त्री सिंहकाे निर्देशन

मन्त्री सिंहले संसद भवन निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन्। उनले आगामी  हिउँदे अधिवेशन यही भवनबाट सञ्चालन गर्न मिल्ने गरी कामलाई तीव्रता दिनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मानव बेचबिखनका केसहरु लुकाउने प्रवृत्ति बढिरहेको छ: गौतम मिश्र (अन्तर्वार्ता)

अहिले वैदेशिक रोजगारीको नाममा विभिन्न ठगहरु देखा परे। ठग र तस्करीको सञ्जाल बनाउने भए। यिनिहरुको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सञ्जाल बनाइसकेपछि फ्रि भिजा फ्रि टिकट भनेर हाम्रा चेलीहरुलाई विशेषगरी खाडी मुलुकमा लगेर घरेलु कामदारका रुपमा मानव बेचबिखन गर्ने गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो

ताप्लेजुङ जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ।  गत वर्ष आर्थिक वर्ष २०८०–८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६  याक मारिदिएको थियो।  कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका अनुसार फक्ताङलुङ गाउँपालिका–७ याङ्माका आङ्मु शेर्पा, गोम्बो शेर्पा, नाम्ग्या शेर्पा, छिरिङ शेर्पा, झम्जुक शेर्पा, छिमिदोर्जे  शेर्पा, छेतेन टासी शेर्पा, भोमो शेर्पा र तेन्जिङ शेर्पाले पालेको याक हिउँचितुवाले आक्रमण गरी क्षति पुर्याएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - फुङ्लिङ

सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल

नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०–८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको  खानेपानी महसुलको बक्यौता रकम रु १२ करोड ३३ लाख ५७ हजार चार सय १८ पुगेको छ। सरकारी कार्यालय तथा निजी घरमा संस्थानको खानेपानी लाइन जोडे पनि नियमित रूपमा खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बर्सेनि वृद्धि हुँदै आइरहेको छ। बक्यौता रकममध्ये सरकारी निकायले तिर्नुपर्ने बक्यौता रकम रु तीन करोड ९८ लाख ९७ हजार सात सय ४८ रहेको छभने निजी घरमा खानेपानी प्रयोग गरेवापतको तिर्नुपर्ने बक्यौता रकम रु आठ करोड ३४ लाख ५९ हजार छ सय ७० रकम बक्यौता कायमै छ।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

आज साउन १५, खिर खाएर मनाइँदै

साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ।  साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ। दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजकाे माैसमः यी स्थानमा धेरै भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा   हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जानकी आँखा अस्पतालमा सेवा सुरु

विवादका कारण केही दिनदेखि बन्द रहेको जनकपुरधामस्थित  जानकी आँखा अस्पतालमा सेवा सुरु गरिएको छ।  मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह तथा राज्यमन्त्री केशव रायको समन्वयमा व्यवस्थापन पक्ष तथा आन्दोलनरत कर्मचारीसहित केही दिनदेखि भएको छलफल तथा बैठकपछि सेवा सञ्चालनमा आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रमोद यादवले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ