मङ्गलबार, १९ नोभेम्बर २०२४

विद्युत बक्यौता विवाद: टुंगोमा पुगेन लेखा समिति, प्राधिकरणसँग माग्यो टिओडीको डाटा

लेखा समितिले दुवै पक्ष (उद्योगी र प्राधिकरण)सँग छलफल गर्दा पनि तथ्य नजिक पुग्न नसकिएको भन्दै टिओडी मिटरको डाटा माग गरेको हो। समिति सभापति ऋषिकेश पोखरेलले टिओडी डाटा लिएर समितिले आगामी पाँच दिनभित्र आवश्यक निर्णय लिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिनामंगलको एक गेष्ट हाउसमा पुरुष र महिला मृत फेला

शुक्रबार मध्याह्न १२ बजे खाना खान सोध्न जाँदा ढोका नखोलेपछि १ बजेतिर प्रहरीलाई खबर गरिएको र घटनास्थलमा ढोका खोलेर हेर्दा महिलाको घाँटी काटिएको अवस्थामा र पुरूष झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उक्त कोठामा एक जना पुरूष र महिला असार १५ गते मंगलबारदेखि बस्दै आएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवनियुक्त राज्यमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन- मन्त्रीलाई सघाएर परिणाम आउने गरी काम गर्नुस्

प्रधानमन्त्री ओलीले राज्यमन्त्रीकाे मुख्य काम सम्बन्धित मन्त्रीहरुलाई सहयोग गर्ने भएकाले रचनात्मक भई आफ्नो कार्यक्षेत्रको सदुपयोग गर्न सुझाव दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ चुरीमाई नजिकै पिपल चौतरास्थित सडकबाट अवैध लागूऔषध चरेश १० किलो २ सय ५० ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ऊर्जालाई समृद्धिको आधारमा बनाउन प्रधानमन्त्री ओलीलाई इप्पानको आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा

गृह मन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्बजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली नेतृत्वकाे मन्त्रिपरिषद्लले पायाे पूर्णता, तीन राज्यमन्त्री नियुक्त

राष्ट्रपति पौडेलले कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरीलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा उनीहरूलाई राज्यमन्त्री नियुक्त गरिएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ। यससँगै ओली नेतृत्वकाे मन्त्रिपरिषद् २५ सदस्यीय बनेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्याेगीकाे अर्बौं रकम उठाउन नसक्दा नागरिकले गाउँबाट खेद्न थाले: कुलमान घिसिङ

'अहिले हामी लाइन काट्न सकेका छैनाैँ। लाइन काट्न जाँदा उद्याेगीकाे वर्षाैंसम्म अर्बौं नउठाउने, गरिब नागरिककाे सय-हजारकाे काट्ने भन्दै हाम्रा कर्मचारीलाई गाउँगाउँमा लखेट्न थालिएकाे छ', उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लेखा समितिमा उद्याेगी र कुलमान आमने-सामने

शुक्रबारकाे बैठकमा डेडिकेटेड र ट्रंक लाइन विवादका विषयमा छलफल हुनेछ। जसमा उद्योगी नेपाल विद्युत प्राभिकरण आमने-सामने भएका छन्। दुवै पक्षलाई राखेर लेखा समितिले छलफल गर्न थालेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१८ घण्टा खटिएको छु, परिणाम आउनेगरी काम गर्छु: मन्त्री पाण्डे

उनले संस्कृति र प्रकृतिलाई सँगसँगै लिन सकेमा  पर्यटनको विकास हुन दाबी गरे। आफू हाल १८ घण्टा मन्त्रालयको काममा खटिएकाले परिणामुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कक्षा १२को नतिजा आज सार्वजनिक गर्ने तयारी

बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ। १० बजे बस्ने बोर्ड बैठकले ‘आजै नतिजा सार्वजनिक गर्ने’ निर्णय गरेपछि मात्रै नतिजा प्रकाशन हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

किशाेर श्रेष्ठले ‘आमा-चाकरी’ गाली गर्न नछाडेपछि मैले उचित प्रतिक्रिया दिएकाे थिएँ- कपिल सी

हिरासतबाट रिहा भएलगत्तै कपिलले प्रेस विज्ञप्ति जारी गर्दै किशाेरले सञ्चार माध्यमबाट अपवाह फैलाएर र काठमाडाैँ प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त रजौरियालाई प्रभावमा पारेर आफूलाई थुनेकाे आराेप लगाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पाँच प्रदेशमा बिहानैदेखि झरी, दिउँसाे भारी वर्षाकाे सम्भावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाढी पहिरोमा परी आजसम्म १४८ जनाको मृत्यु

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलगायतका विपदमा परी आजसम्म एक सय ४८ जनाको मृत्यु भएको छ।  केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी पहिरोलगायतका विपदमा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ४८ जनाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालगञ्जबाट ३२ दिनमा खार्पु पुगे मालबाहक ट्रक

निरन्तरको वर्षापछि अवरुद्ध भएको कर्णाली करिडोरको हुम्ला सडकखण्ड सञ्चालनमा आएको छ। सडक सञ्चालनमा आएसँगै नेपालगञ्जबाट छुटेका मालबाहक ट्रक ३२ दिनपछि खार्पु पुगेका छन्।  विभिन्न स्थानमा अवरुद्ध भएका सडक चालक र सहचालक मिलेर मर्मत गरेको जनाइएको छ। चालक खुसीराम थारुले अवरुद्ध भएका विभिन्न सडकखण्डमा आफूहरु सबै मिलेर ढुङ्गामुढा, माटो पन्छाउँदै आएको बताए। उनले सलीसल्लादेखि खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानसम्म पुग्न मात्रै ११ दिन लागेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - हुम्ला

किर्ते दस्तखत गरी रकम झिक्ने विद्यालय सहयोगी पक्राउ

काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट किर्ते दस्तखतका आधारमा चेक साटेर रु चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन्। मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साटेर उक्त रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताए। विद्यालयको बैंक खाता प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको थियो। तर, विद्यालयले बैंकबाट नियमित रकम भुक्तानी लिने र चेकबुक लिने काममा कार्यालय सहयोगी मल्लिकलाई खटाउने गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

किर्ते दस्तखत गरी रकम झिक्ने विद्यालय सहयोगी पक्राउ

काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट किर्ते दस्तखतका आधारमा चेक साटेर रु चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन्। मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साटेर उक्त रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताए। विद्यालयको बैंक खाता प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको थियो। तर, विद्यालयले बैंकबाट नियमित रकम भुक्तानी लिने र चेकबुक लिने काममा कार्यालय सहयोगी मल्लिकलाई खटाउने गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

प्रभु बैंक राखिएको पैसा गायब, छानविन हुँदै

प्रभु बैंकले बचतकर्ताको करोडौं रकम गायव पार्ने गरेको पाइएको छ। प्रभु बैंकमा रकम बचत गर्ने बिर्तामोडका मञ्जुकुमारी नेपालको करोडबढी रकम गायब भएपछि बैंकले बचतकर्ताको रकम गायब पार्ने गरेको पाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - झापा