मङ्गलबार, १९ नोभेम्बर २०२४

पाँच प्रदेशमा बिहानैदेखि झरी, दिउँसाे भारी वर्षाकाे सम्भावना

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरु साथै बागमती र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक-दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?