बिएल संवाददाता
काठमाडौं
काठमाडौँको सिनामंगलस्थित एक गेष्ट हाउसमा पुरूष र महिला मृत फेला परेका छन्।
सिनामंगलकाे झर्ना गेष्ट हाउसको कोठा नम्बर ४०२ मा एक पुरूष र महिला मृत भेटिएकाे प्रहरीले जानकारी दिएको छ।
शुक्रबार मध्याह्न १२ बजे खाना खान सोध्न जाँदा ढोका नखोलेपछि १ बजेतिर प्रहरीलाई खबर गरिएको र घटनास्थलमा ढोका खोलेर हेर्दा महिलाको घाँटी काटिएको अवस्थामा र पुरूष झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उक्त कोठामा एक जना पुरूष र महिला असार १५ गते मंगलबारदेखि बस्दै आएका थिए।
मृतक पुरूष बाजुरा त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की र १९ वर्षीया करिस्मा सार्की छन्।