मङ्गलबार, १९ नोभेम्बर २०२४

सामाजिक सुरक्षा कोषमा आबद्ध हुने तर निरन्तरता नदिने धेरै

कोषका अनुसार कोषमा योगदान गरेर वैदेशिक रोजगारीमा गएकामध्ये दुई/तीन प्रतिशतले मात्रै निरन्तरता दिएका छन्। श्रम स्वीकृति लिएर जानेको सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या १० लाख नाघेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीका मुख्यमन्त्री कँडेलले भाेलि विश्वासको मत लिने

आगामी साउन २१ गते विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री कँडेलले शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललितपुरलाई कुरूप बनाइरहेका अव्यवस्थित प्लटिङ (फोटो फिचर)

कतै मापदण्डअनुसार जग्गा नछोडि प्लटिङ गरिएको त कतै जंगल र सार्वजनिक जग्गा समेत मिचेर प्लटिङ गरिएको भएपनि सरोकार वाला निकाय मौन छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बागमती किनारमा पुरूषको शव फेला

घोप्टो परेको अवस्थामा भेटिएको शव बाढप्ले बगाएर ल्याएकाे हुनसक्ने जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीकाे अनुमान छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मर्निङवाककाे लागि नारायणी किनारमा पुगेका व्यक्तिमाथि बाघकाे आक्रमण

आइतबार बिहान पैदल हिँडेका भरतपुर– २ बेलटाँडी बस्ने ६० वर्षीय पशुपती श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

मधेसबाहेक अन्य प्रदेशका विभिन्न स्थानमा भारी वर्षाकाे सम्भावना

जल तथा माैसम विज्ञान, माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रुकुम पश्चिममा खोलाले बगाउँदा एक पुरुषको मृत्यु

खोलाले बगाउँदा रुकुमपश्चिमको मुसिकोट नगरपालिका–७ झुलखेतका ५० वर्षीय तेजबहादुर बुढाको मृत्यु भएको छ। बुढालाई सोही ठाउँको चुनखोलाले आज बगाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पश्चिम

मच्छिन्द्रनाथको रथजात्रा आइतबार भोटो देखाइएपछि सम्पन्न हुने

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथजात्रा आइतबार भोटो देखाइएपछि सम्पन्न हुनेछ। रथलाई बिहीबार जावलाखेल पुर्याइएसँगै आइतबार भोटो देखाउने जात्राको तयारी पूरा भएको गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले जानकारी गराए। ज्योतिषीहरूले निकालेको साइतअनुसार रातो मच्छिन्द्रनाथको बिहीबार जावलाखेल पुर्याइएपछि आइतबार भोटो देखाउने कार्यक्रम तय भएको छ। गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपराह्न ४ः ०० बजेपछि देखाइने छ। प्रमुख आचार्यले रथको चारैकुनामा उभिएर तीनपटक देखाउँदै ‘यो भोटो मच्छिन्द्रनाथको हो ?’ भनेर सोध्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अपराधमा दोषी ठहरिएका सात सय ७३ जना फरार

नुवाकोटमा भएका विभिन्न अपराधका घटनामा संलग्न रहेको पुष्टि भएका सात सय ७३ जना फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार विगतदेखि हालसम्म विभिन्न अपराधमा दोषी ठहर भएका ती व्यक्तिलाई फैसला कार्यान्वयनका लागि खोजतलास भइरहेको छ। नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार कार्यसम्पादन फरार अपराधीको सङ्ख्या नौ सय १३ जना रहेको थियो। हालै सम्पन्न आर्थिक वर्ष २०८०/८१ मा एक सय २७ जनालाई पक्राउ गरिएको र १३ जना आफैँ न्यायालयमा हाजिर भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - नुवाकोट

अलैंचीको मूल्य उच्च भएपछि बिरुवाको माग बढ्यो

प्रतिगोटा पाँच रुपैयाँले छ लाख ४२ हजार मूल्य बराबरको बिरुवा बिक्री गरेको केन्द्रले जनाएको छ। शभरबाट तीन लाख बिरुवाको माग आएको तर पूरा गर्न नसकिएको केन्द्र प्रमुख राजन परियारले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

भारतका चर्चित कथावाचक अनिरुद्धाचार्य पशुपति कोटिहोममा

नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा सहभागि हुन् कथावाचक अनिरुद्धाचार्य जी महाराज शनिबार बिहान त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्राधिकरणले पटक-पटक लाइन अवरुद्ध गरेकाे भन्दै पूर्व-पश्चिम राजमार्गमा चक्काजाम

प्राधिकरणले पटक-पटक लाइन काट्ने र लाइन दिएपनि कम भाेल्टेजकाे दिने गरेकाे भन्दै व्यवसायीहरुले शुक्रबार पूर्व-पश्चिम राजमार्ग एक घण्टा चक्काजाम गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

पाँच प्रदेशमा भारी वर्षाकाे सम्भावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखा देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ, साथै बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पूर्वउपरथी क्षत्रीको आत्मकथा ‘जीवन सुन्दर छ’ सार्वजनिक

नेपाल सेनाका पूर्वउपरथी डा रमीन्द्र क्षत्रीको ‘जीवन सुन्दर छ’ नामक आत्मकथा पुस्तक लोकार्पण भएको छ।  आज सुनधारास्थित आर्मी अफिसर्स क्लबमा किताब जात्रा महोत्सवमा उनको पुस्तक लोकार्पण गर्नुका साथै समीक्षासमेत गरिएको थियो। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, पुस्तकका सम्पादक रामचन्द्र फुयाल, पत्रकार टीकाराम यात्रीले पुस्तकमाथि समीक्षा गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पोखरा महानगरद्वारा रासायनिक मलको मूल्य निर्धारण

पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षका लागि रासायनिक मलको मूल्य निर्धारण गरेको छ। महानगरपालिका मल वितरण व्यवस्थापन समितिको आजको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो। मल वितरण व्यवस्थापन समितिका संयोजकसमेत रहेकी महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डिएपी र पोटासको मूल्य तोकेको महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि‍‍...

काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमानको इन्डिकेटरमा समस्याको सङ्केत देखिएपछि विमान चालकले काठमाडौँ फर्काएर सुरक्षित अवतरण गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

तीन दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर

तीन दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ। मङ्गलबार साँझदेखि परेको भारी वर्षापछि बागलुङ नगरपालिका–१० दब्ल्याङमा खसेको पहिरोको कारण  करिडोर  पूर्णरूपमा अवरुद्ध भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ