मङ्गलबार, १९ नोभेम्बर २०२४

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहने छ। देशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माछा मार्ने क्रममा पानीमा डुबेर एक पुरुषको मृत्यु

झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको शिवसताक्षी–४ बोलोचोकका ४० वर्षीय चन्द्रे मुर्मू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दमक

भेडेटारमा स्काइ टावर

भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ। बन्डर्स अम्युजमेन्ट पार्क्स एण्ड अल्ट्राक्सन्स प्रालिले निर्माण गरेको उक्त टावर आजदेखि सञ्चालनमा ल्याइएको हो।  टावरको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ र साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनकुटा

सर्लाहीका दुईजना नक्कली नोटसहित पक्राउ

रौतहटमा नेपाली हजारको नक्कली नोटसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा सर्लाहीको गोडैता नगरपालिका–८ का ३२ वर्षीय नजरे आलम र सोही ठाउँका २४ वर्षीय इमामुल हक दर्जी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

आइतबार उपत्यकाका पालिकामा शोक बिदा

आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा शोक बिदा दिने निर्णय गरिएको छ।  बुधबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ।  नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए। विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विमान दुर्घटनामा मृत्यु भएका पाँच जनाको शव जिम्मा

त्रिवि शिक्षण अस्पतालले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव आफन्तहरुलाई जिम्मा लगाएको छ।  शुक्रबार अस्पतालले, आफन्तहरुको असन्तुष्टिकै बीच शव जिम्मा लगाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

योजना आयोगका उपाध्यक्षसहित सदस्यहरूले लिए शपथ

बिहीबार बसेको मन्त्रिपरिषद्ले सदस्यहरुमा आरती मिसार (महोत्तरी), रमेश प्रसाद सिंह (धनुषा), प्रकाशकुमार सिंह (अर्घाखाँची), गीताकुमारी पौडेल अधिकारी (झापा), डा. जय बहादुर टन्डन (अर्घाखाँची) र गंगादत्त अवस्थी (दार्चुला) लाई नियुक्त गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको ब्रिफिङ- भ्रष्टाचारविरुद्ध पहलकदमी लिँदा लिँदै सरकारबाट बाहिरिनु पर्‍याे

अध्यक्ष दाहाले उनले सरकारमा रहँद जे जति भ्रष्टाचारका विरुद्धमा सुशासनका पक्षमा, जनतालाई सेवा प्रवाह गर्ने कुरामा निकै राम्रो पहलकदमी लिँदालिँदै सरकारबाट बाहिरिनु परेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सौर्य एयरलायन्सले भन्याे- जहाज दुर्घटना अकल्पनीय, मृतकलाई परिवारलाई सक्दो सहयोग गर्छाैँ

सौर्यका अध्यक्ष दिपक कमार पोखरेलद्वारा जारी विज्ञप्तिमा सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि उनीहरुले निष्ठापूर्वक पुर्याएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै पीडित परिवारलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सदभाव सधैँ रहने उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमानले भने- डेडिकेटेड र ट्रंक लाइनकाे बक्यौता रकम असुली गर्छाैँ

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नभएको बिल जेनेरेट गर्यो भन्ने गलत आरोप लागेको भन्दै रेकर्डेट इनर्जीमा थप प्रिमियम लगाएर मात्रै बिलिङ गरिएको स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी सरकारबाट बाहिरियाे माओवादी, समर्थन भने फिर्ता नलिने

नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएकाे छ। शुक्रबार माओवादीका चार मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएकाे हाे। उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सौर्य एयर दुर्घटना: माग पूरा नभएसम्म मृतकका आफन्तले शव नबुझ्ने

उनीहरूले क्षतिपूर्ति, बीमा रकम, परिवारका सदस्यलाई रोजगारी, मृतकका सन्तानका लागि उच्च शिक्षालगायतकाे माग सुनिश्चित नभएसम्म शव नबुझ्ने अडान लिएका हुन्। त्रिवि शिक्षण अस्पतालकाे फरेन्सिक विभागले दुर्घटनामा मृत्यु भएकाहरुको शव ष्टमाटम गरिसकेको छ। तर उनीहरूले शव बुझ्न मानेका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार

रोजगारीको प्रलोभनमा पारेर बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत

बुद्धजन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत भएको छ। भारतको नयाँदिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (यूनेस्को वल्र्ड हेरिटेज कमिटि) को ४६औँ सेसनअन्तर्गत बिहीबार भएको मस्यौदा उपर छलफल गरी लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

नेपालमा हवाई दुर्घटनाको दर्दनाक इतिहास: सुझाव कार्यान्वयन कमजोर

बुधबार यो दुर्घटनासम्म आइपुग्दा नेपाली आकाशमा ३६ आन्तरिक विमानसहित ६१ हवाई दुर्घटना भएका छन्। यी दुर्घटनामा परी अहिलेसम्म नौ सय १५ जनाले ज्यान गुमाएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, सन् १९५५ यता यात्रुको ज्यान जाने गरी ३६ आन्तरिक र आठ अन्तर्राष्ट्रिय विमान तथा १७ हेलिकप्टर दुर्घटना भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टीआरसी विधेयकमा सहमति जुटाउन कार्यदलको बैठक सिंहदरबारमा

सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषयलाई टुंग्याउने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गेष्टहाउसमा अचेत अवस्थामा भेटिएकी युवतीकाे मृत्यु, युवककाे पनि स्वास्थ्यमा समस्या

शुक्रबार बिहान ग्वार्काेस्थित सनलाइट गेष्टहाउसमा अचेत अवस्थामा फेला परेकी उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे ललितपुर प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

कीर्तिपुर नगरपालिकाका मेयरको निधन

उनको वीर अस्पतालमा उपचारको क्रममा बिहीबार राति निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रामेछापमा पहिरोमा पुरिएर तीन किशोरीको मृत्यु

स्थानीय बिमा तामाङको घर माथिबाट आएको पहिरोले पुरेर घरभित्र आगो ताप्दै गरेका उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप