मङ्गलबार, १९ नोभेम्बर २०२४

सिमलतालमा बस दुर्घटना: अध्ययन कार्यदलकाे म्याद थप

गृह मन्त्रालयद्वारा गठित कार्यदललाई सुरूमा १० दिनको समय दिइएको थियाे। तर दुर्घटनाकाे अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिन समयावधि थप गरिएको कार्यदलका संयोजक छवि रिजालले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकी कंग्रेसका बैठकमा नेतान्याहूको सम्बोधन, गाजा युद्धको बचाउ

काँग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै नेतान्याहुले अमेरिकी सांसदहरूलाई भने, 'हाम्रा शत्रुहरू तपाईंका पनि शत्रु हुन्। जब हामी इरानसँग लड्छौँ, हामी अमेरिकाको सबैभन्दा घातक र कट्टर शत्रुसँग लडिरहेका हुन्छौँ। हाम्रो युद्ध तपाइँहरुको युद्ध हो र हाम्रो जित तपाईहरुको जित हो।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कानूनसहित ६ वटा समितिका बैठक बस्दै

बिहीबार कानून, न्याय तथा मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, महिला तथा सामाजिक मामिला, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सौर्य एयर दुर्घटना: आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने निर्णय गरेपछि आज देशभरका सरकारी कार्यालयमा रहेका झण्डा आधा झुकाइँदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चार प्रदेशमा भारी वर्षाकाे सम्भावना

जल तथा माैसम विज्ञान, माैसम पूर्वानुमानका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संयुक्त टोलीद्वारा रौतहटमा लाखौंको काठ बरामद

रौतहटको गुजरा नगरपालिका स्थित सशस्त्र प्रहरी र बन सुरक्षा टोलीले संयुक्त रूपमा लाखौँ मूल्य बराबरको अवैध सालको गोलिया काठ बरामद गरेको छ। नेपाल सुरक्षा बेश लक्ष्मिनिया र सब डिभिजन वन कार्यालय जंगलसहियाबाट गएको संयुक्त टोलीले आज गस्ती गर्ने क्रममा उक्त काठ बरामद गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

प्रधानमन्त्री ओलीले अस्पताल पुगेर उपचारत पाइलटलाई भेटे

प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिष रत्न शाक्यलाई केएमसी अस्पताल पुगेर भेट गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्छः अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपालमा उत्पादित वस्तुहरुको निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्ने बताएका छन्। निर्यात व्यवसायी महासंघ नेपालको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निर्यात प्रवर्द्धन गर्न सरकारले नीतिगत र व्यवहारिक रुपमा देखा परेका समस्याहरुलाई हटाउँदै जाने बताएका हुन्। उनले समस्याहरुलाई प्राथमिकीकरण गर्न आग्रह गर्दै त्यसकै आधारमा समाधानका उपाय खोज्ने धारणा व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जीवनसँग सम्बन्धित विषय भएकाले दानको महत्व धेरै छः प्रधामन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले दान जीवनसँग सम्बन्धित विषय भएको हुनाले यसको धेरै महत्व भएको बताएका छन्। बुधबार डा.अजयक्रान्ति शाक्यको नयाँ कृति ‘बुद्धका मौलिक दर्शन’को लोकार्पण एवं भिक्षु एवं गुरुमाहरुलाई प्रदान गरिने संघदान कार्यक्रममा उनले आफूलाई किड्नीको आवश्यकता भएको समयमा किड्नी दान दिएको कुरालाई जोड्दै दानको असाधारण महत्व भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जहाज दुर्घटनाबारे छानबिन गर्न आयोग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाउने

सरकारले साैर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ।  बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जहाज दुर्घटना: शाेकमग्न बन्याे शिक्षण अस्पताल (तस्बिरहरू)

साैर्य एयरलाइन्सको जहाज दुर्घटनाका मृतकहरूकाे शवले भरिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल यसबेला शोकमा डुबेको छ। बुधबार बिहान करिब ११ बजे १९ जना चालकदलका सदस्य लिएर काठमाडौँबाट पोखराका लागि उड्ने क्रममा ९ एन-एएमई कल साइनको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ता छन् मन्त्रिपरिषदको बैठकका निर्णयहरु

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद्को असार ३१, साउन ३ र साउन ७ गते बसेको बैठकका निर्णयहरु सार्वजनिक गरिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिन्धुलीको मुलकोट र खोटाङमा होटल पौवाको सेवा विस्तार

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रलाई आत्मसात गरेर देशभर पौवालाई विस्तार गरिएको पौवा ग्रुपले १४औँ शाखा सिन्धुलीको मुलकोटमा ४५ रोपनी क्षेत्रफलमा ५० करोडको लगानीमा पौवा बिच रिसोर्ट सञ्चालन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विमान दुर्घटना हृदयविदारक र अकल्पनीय: प्रधानमन्त्री ओली

उनले घटना ज्यादै दु:खद, हृदयविदारक र अकल्पनीय भएको बताए। प्रधानमन्त्रीले निधन भएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्दै घाइते क्याप्टेनको स्वास्थ्य लाभको कामना गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्वाचन आयुक्त नियुक्ति विवाद: मानव अधिकार आयोगको ध्यानाकर्षण

विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्त गर्न थालिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले भनेको छ, ‘लोकतन्त्रको भावना र संविधानको मर्मविपरीत हुने गरी विभिन्न विषयमा विवादमा आएका व्यक्तिहरुलाई सार्वजनिक निकायमा नियुक्ति नगर्न/नगराउन आयोग नेपाल सरकारलगायत सम्बन्धित निकायलाई निर्देशन गर्दछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जहाज दुर्घटनामा एकै परिवारका ३ जनाकाे मृत्यु, अधुरै रह्याे पाेखरा घुम्ने सपना

मनुराजले परिवारलाई पाेखरा घुमाउने याेजना बनाएका थिए। साेही याेजना अनुसार उनलै श्रीमती र छाेरालाई संगै लिएर जहाज चढेका थिए। उनीहरू चढेकाे जहाज उडेकाे केही सकेन्डमै दुर्घटनामा पर्याे। उनीहरूकाे पाेखरा घुम्ने सपना अधुरै रह्याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रस्तावित निर्वाचन आयुक्तको संसदीय सुनुवाइका क्रममा पत्रकारलाई बाहिर निकालियो

प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइका क्रममा पत्रकारलाई बाहिर निकालिएको छ। बुधबार संसदीय सुनुवाइ समितिमा भएकाे सुनुवाइका क्रममा पत्रकारलाई बाहिर निकालिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीका मुख्यमन्त्री लामासहित ९ मन्त्रीले लिए शपथ

जसमा एमालेबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छीमन्त्री, किशोर सिलवाल वन तथा वातावरणमन्त्री, किरण थापा स्वास्थ्यमन्त्री, अमन मास्के भौतिक योजना तथा पूर्वाधारमन्त्री, शुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायातमन्त्री रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन विमानस्थल सुचारु

साैर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ। बुधबार बिहान करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो। उद्दारकाे काम सकिएपछि पुन: सुचारू भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे छ दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज र घटनास्थल (तस्बिरहरू)

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साैर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाकाे मृत्यु भएकाे छ। बुधबार बिहान करिब ११ बजे १९ जना चालकदलका सदस्य लिएर काठमाडौँबाट पोखराका लागि उड्ने क्रममा ९ एन-एएमई कल साइनको जहाज दुर्घटना भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं