मङ्गलबार, १९ नोभेम्बर २०२४

बागमतीकाे मुख्यमन्त्रीमा लामाले दाबी पेस गर्दै

बागमती प्रदेशमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन्। सोमबार नै दाबी पेस गर्ने योजना भए पनि मन्त्रालयको भागबण्डा र नेकपा एमालेभित्रको आन्तरिक समस्याका कारण स्थगित भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समिति तथा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एक वर्षअगाडि उपसभामुख सचिवालयले अमेरिका पठाइदिने भन्दै पीडितसँग पैसा लिएकाे थियाे

अमेरिकाकाे भिसा नलागेपछि कहिले बेलायत त कहिले अर्को कुनै देश पठाइदिने भन्दै उपसभामुखकाे सचिवालयले अलमलाएका कारण आफ्नो पैसा फिर्ता गराइदिन भन्दै पीडित पार्टीको सम्पर्कमा आएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुदूरपश्चिममा बिहानैदेखि झरी, दिउँसाे तीन प्रदेशमा भारी वर्षाकाे सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सर्वाेच्चकी कर्मचारी कुट्ने वकिल प्रहरी थुनामा (भिडियाेसहित)

सोमबार दिउँसो सवा २ बजेतिर प्रहरीमाथि हातपात गर्ने काठमाडौं महानगरपालिका वडा नम्बर ११ माइतीघर मण्डलास्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ढलमा पोलियो भाइरस देखिएपछि काठमाडौँ महानगरले विशेष खोप अभियान सुरु गर्दै

काठमाडौँ महानगरपालिकाले महानगरका सबै घरमा पुगेर पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान सुरु गर्ने भएको छ। हालै ढलमा पोलियो भाइरस भेटिएपछि महानगरपालिकाले यही साउन ९ गतेबाट विशेष पोलियो खोप अभियान सुरु गर्ने भएको हो। यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि यो खोप अनिवार्य उपलब्ध गराउन महानगरले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ढलमा पोलियो भाइरस देखिएपछि काठमाडौँ महानगरले विशेष खोप अभियान सुरु गर्दै

काठमाडौँ महानगरपालिकाले महानगरका सबै घरमा पुगेर पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान सुरु गर्ने भएको छ। हालै ढलमा पोलियो भाइरस भेटिएपछि महानगरपालिकाले यही साउन ९ गतेबाट विशेष पोलियो खोप अभियान सुरु गर्ने भएको हो। यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि यो खोप अनिवार्य उपलब्ध गराउन महानगरले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

देशभरका नौ सडकखण्ड अवरुद्ध, एक सय ५९ एकतर्फी सञ्चालनमा

बाढीपहिरो तथा अन्य कारणबाट मुलुकभरका नौवटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध र एक सय ५९ सडकखण्ड एकतर्पी रूपमा सञ्चालनमा आएका छन्। सडक विभागले जारी गरेको तथ्याङ्कअनुसार गएको २४ घण्टामा नौवटा सडकखण्ड पूर्ण रूपमा र एक सय ५९ सडकखण्ड हाल एकतर्फी सञ्चालनमा आइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विपद‍्मा परी हालसम्म १३१ को मृत्यु

बाढी, पहिरोलगायतका विपद‍्मा परी सोमबार दिउँसोसम्म मुलुकभर एक सय ३१ जनाको मृत्यु भएको छ। विपद‍्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशीमा २२, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढीपहिरोमा परी हालसम्म १३१ जनाको मृत्यु

बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १ सय ३१ जनाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

न्यूरोड फुटपाथ विस्तारबारे महानगर र स्थानीयबीच सहमति, अध्ययन गर्न कार्यदल बनाइने

काठमाडौँ महानगरपालिका र स्थानीयबीच न्यूरोडसहितका अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ विस्तार तथा निर्माणसम्बन्धी कुनै काम नगर्ने सहमति भएको छ। सहमतिअनुसार अध्ययन गर्न कार्यदल बनाइने र कार्यदलले अध्ययन गरेपछि मात्र फुटपाथ विस्तार गर्ने नगर्ने निर्णय गरिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रङ्क लाइन विवादबारे सांसद दाहाल- ओलीले विचौलिया र कमिसनको प्रभावमा परेर आदेश दिए

नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले ट्रङ्क लाइनसम्बन्धी विवादमा २२ अर्ब रूपैयाँ उद्योगीलाई छुट दिने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले विचौलियाहरुको र कमिसनको प्रभावमा परेर आदेश दिएको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

परराष्ट्रमन्त्री राणासँग जापानी राजदूत युताकाको भेटवार्ता

उनीहरूबीच सोमबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ता भएकाे हाे। भेटमा नेपाल र जापानको सम्बन्ध विस्तारको विषयमा छलफल भएको परराष्ट्रले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा प्रधानमन्त्री ओली र वर्षामान पुनबीच भनाभन !

सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले आफूले आइतबार संसदमा बोलेका कुरालाई संसदमा झुटो रुपमा प्रस्तुत गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि माओवादी नेता पुनले प्रधानमन्त्री ओली विषय केन्द्रित भएर नबोलेको भन्दै नियमापत्ति गरेका थिए। उनले प्रधानमन्त्री विषय केन्द्रित नभएर गालीगलौजमा उत्रिएको आरोप लगाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा बोल्दा तथ्यपूर्ण बोलौँ, झुटको सहारा नलिनू: प्रधानमन्त्री ओली

उनले आइतबार संसदमा आफूले उद्योगीको विद्युत लाइन काटेको विषयमा बोलेको विषयलाई संसदमा गलत रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएका छन्। आफूले कुनै किसिमको लपन-छपन नगर्ने बताउँदै प्रधानमन्त्री ओलीले उद्योगीले प्रयोग नगरेको महसुल तिर्न नपर्ने र प्रयोग गरेको तिर्नु पर्नेमा आफूले स्पष्ट रुपमा राखेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साउनको पहिलो सोमबार पशुपतिमा जे देखियाे (तस्बिरहरू)

साउनकाे सोमबार भगवान शिवजीको बार भएकाले शिवप्रति श्रद्धा अर्पण गर्न पशुपतिनाथमा श्रद्धालु घुइँचो लागेकाे हाे। साउनको सोमबार शिवभक्तहरु व्रत बस्ने गर्दछन्। सोमबार शुद्ध हृदयले व्रत बसेर भगवानको पूजा आराधना गरेमा अन्य दिनको तुलनामा कयौँ गुणा फल प्राप्त हुने शिवपुराणमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णाली सरकारबाट बाहिरियाे माओवादी, ४ मन्त्रीले बुझाए राजीनामा

साेमबार माओवादीका ४ मन्त्रीले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा पत्र बुझाएर सरकारबाट बाहिरिएका हुन्। माओवादीबाट अर्थमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगामा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविमाथि विनोद चौधरीको टिप्पणी- छानविनको घेरामा रहेको व्यक्तिले संसदमा स्टन्ट गरे

‘जसकाप्रति मेरो घोर आपत्ति छ। विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानविनको घेरामा रहेको व्यक्तिले जसरी संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही होइन’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबिचको सम्बन्ध अत्यन्त सुमधुर’

प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठुलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबिचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताएका छन्। उनले भने,'हालका दिनमा यो सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै गएको छ।' चिनियाँ जनमुक्ति सेनाको ९७औँ स्थापना दिवसका अवसरमा यहाँस्थित चिनियाँ दूतावासले आइतबार साँझ आयोजना गरेको स्वागत समारोहमा प्रधानसेनापति शर्माले नेपाललाई चिनियाँ जनमुक्ति सेनाले सैनिक सहायता उपलब्ध गराउँदै आएकामा आभार व्यक्त गरे। पञ्चशीलका सिद्धान्तमा आधारित पारस्परिक सम्बन्ध पछिल्ला दिनमा अझ सुदृढ बन्दै गएको जनाउँदै प्रधानसेनापतिले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताए। उनले चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ