मङ्गलबार, १९ नोभेम्बर २०२४

प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै (लाइभ)

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ। गत असार ३० गते संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज विश्वासको मत लिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पुन: सञ्चालनमा आयाे १०६ वर्ष पुरानो दमकल

ललितपुरमा रहेकाे १०६ वर्ष पुरानो दमकल पुन: सञ्चालनमा आएको छ। ललितपुर महानगरपालिकाले दमकलकाे मर्मत संहार गरेर आइतबारदेखि सञ्चालनमा ल्याइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीमा नियुक्तिविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा

रिटमा संविधानको धारा ७६ को उपधारा २ को गलत प्रयोग गरी प्रधानमन्त्रीको नियुक्ति गरिएको र सो नियुक्ति बदर गरी संविधानको धारा ७६ उपधारा ३ को प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेशसहितको परमादेश माग गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिशुलीमा बेपत्ता बस र यात्रुकाे खोजीमा जुट्याे भारतीय टोली

शनिबार नेपाल आएका भारतीय टोलीले आइतबार बिहानदेखि त्रिशुली नदीमा बसको खोजी सुरु गरेका हुन्। भारत सरकारको सहयोगमा त्यहाँस्थित नेसनल डिजास्टर रेस्पोन्स फोर्सको १२ सदस्यीय टोली शनिबार नेपाल आइपुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

हिंसा चर्किएपछि बंगलादेशबाट फर्किए ८ सय विद्यार्थी, १७ जनालाई आज काठमाडाैँ ल्याइँदै

प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इन्दिरा रानालाई ‘मानव तस्करी’जस्तो आरोप लगाउनु निन्दनीय छ- रास्वपा

रास्वपाले आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै उपसभामुख रानाले सञ्चारमाध्यममा आएकाे जस्ताे कसैकाे लागि भिसा अनुराेध नगरेकाे र कसैसँग आर्थिक लेनदेन पनि नगरेकाे उल्लेख गराउँदै उनीमाथि मानव तस्करी जस्ताे आराेप लगाउन निन्दनीय भएकाे टिप्पणी गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ७६को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पाँच प्रदेशमा वर्षाकाे सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

महाशाखाका अनुसार अहिले देशभर साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दार्चुलाबाट लक्ष्यभन्दा कम यार्सागुम्बा निकासी

गत आर्थिक वर्षमा दार्चुलाबाट छ सय ७४ किलोग्राम यार्सागुम्बा निकासी भएको छ। अपिनाम्पा संरक्षण क्षेत्र दार्चुलाका सूचना अधिकारी इन्द्र सिंह नगारीले यार्सागुम्बा सङ्कलन तथा ओसारपसार निर्देशिकाअनुसार कार्यालयल गत वर्ष आठ क्विन्टल ५० किलोग्राम यार्सागुम्बा निकासी अनुमति दिएकामा व्यापारीले छोडपुर्जी बनाएर छ सय ७४ किलोग्राम यार्सा काठमाडौँ निकासी गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - खलङ्गा

धनुषा प्रहरीमा ‘साइबर क्राइम’ सम्बन्धी तीन सय २० उजुरी

जिल्ला प्रहरी कार्यालय धनुषामा गत आर्थिक वर्ष २०८०/८१ मा ‘साइबर क्राइम’ सम्बन्धी तीन सय २० वटा उजुरी दर्ता भएका छन्। जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले कार्यालयमा दर्ता भएका मध्ये दुई सय ७८ उजुरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको तथा त्यसमध्ये ४० वटा उजुरी फछ्र्यौट भएको जानकारी दिए। बाँकी उजुरीमा आवश्यक कारबाही तथा फर्छ्यौट प्रक्रिया अगाडि बढाइएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको पशुपतिमा अन्त्येष्टि

द्वारिकाज होटलकी संस्थापक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिएको छ। स्व. श्रेष्ठको आज यहाँ रहेको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको हो। लामो सयमदेखि आन्द्रामा देखिएको सङ्क्रमणको उपचार गराई रहेकी ९२ वर्षीया श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार निधन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सिमलताल पहिरो: भारतको खोज तथा उद्धार टोली घटनास्थलमा

भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। भारतीय टोली सुनौली नाका हुँदै नेपाल आएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उपसभामुख रानामगरविरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी

उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पाँचजना एसपीको काज सरुवा

जिल्ला प्रहरी कार्यालय उदयपुरमा हरिहरनाथ योगी र तनहुँमा वीरेन्द्रबहादुर शाहीलाई पठाइएको प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दिउँसाे मध्यम, राति भारी वर्षाकाे सम्भावना

हाल बागमती र गण्डकी प्रदेशका पहाडी भू-भाग लगायत कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ

प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक समितिका सचिव सिद्धार्थ तातेडलाई पक्राउ गरेको छ।  राजविराज नगरपालिका–३ का वडा सदस्य तथा राजविराज जेसिजका पूर्वअध्यक्ष रहेका तातेडलाई घरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - राजविराज

मुस्ताङमा ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु

मुस्ताङको घरपझोङ गाउँपालिका–५ ढुम्बामा ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु भएको छ। ढुम्बाको कुछपतेरङ्गा गुुम्बाको नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा उनीहरुको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मुस्ताङ

अर्थतन्त्रलाई सुदृढ बनाउनु नै सरकारको प्रमुख ध्येय छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु नै सरकारको प्रमुख ध्येय भएको बताएका छन्। नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि आफ्नो नेतृत्वमा नयाँ सरकार गठन भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मोहना नदीमा अलपत्र परेकाहरुको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

वर्षासँगै कैलालीको मोहना नदीमा आएको बाढिमा फसेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१८ नोक्लिपुरबाट नदी पार गरी घाँस काट्न गएका उनीहरु सो नदिमा पानीको बहाव बढेपछि अलपत्र परेका थिए। उनीहरु नदिपारी अलपत्र परेको भन्ने जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फुलबारीबाट खटिएको सुरक्षा फौजले र्याफ्ट बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी