मङ्गलबार, १९ नोभेम्बर २०२४

रविमाथि विनोद चौधरीको टिप्पणी- छानविनको घेरामा रहेको व्यक्तिले संसदमा स्टन्ट गरे

‘जसकाप्रति मेरो घोर आपत्ति छ। विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानविनको घेरामा रहेको व्यक्तिले जसरी संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही होइन’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबिचको सम्बन्ध अत्यन्त सुमधुर’

प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठुलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबिचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताएका छन्। उनले भने,'हालका दिनमा यो सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै गएको छ।' चिनियाँ जनमुक्ति सेनाको ९७औँ स्थापना दिवसका अवसरमा यहाँस्थित चिनियाँ दूतावासले आइतबार साँझ आयोजना गरेको स्वागत समारोहमा प्रधानसेनापति शर्माले नेपाललाई चिनियाँ जनमुक्ति सेनाले सैनिक सहायता उपलब्ध गराउँदै आएकामा आभार व्यक्त गरे। पञ्चशीलका सिद्धान्तमा आधारित पारस्परिक सम्बन्ध पछिल्ला दिनमा अझ सुदृढ बन्दै गएको जनाउँदै प्रधानसेनापतिले नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताए। उनले चीनको सुरक्षा चासोप्रति नेपाल संवेदनशील रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ।अज्ञात समूहले गएराती धारिलो हतियार प्रयोग गरी रायको हत्या गरेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीले चन्द्रनगर गाउँपालिका १ रतनपुरमा रायको हत्या भएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौँका नदीको जलसतह बढ्दो, सतर्क रहन आग्रह

देशभर मनसुनी वायुको प्रभावसँगै काठमाडौँ उपत्यकामा सोमबार वर्षा भइरहेको छ। वर्षासँगै यहाँ बग्ने नदीहरूको जलसतह बढ्दो क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहान जारी गरेको सूचना अनुसार काठमाडौंका कपन, सुन्दरीजल र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ। यो वर्षाका कारण बाग्मती, धोबीखोला र विष्णुमती नदीमा बहाव बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अवरुद्ध बेनी–दरबाङ सडक १० दिनपछि खुल्यो

अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुलेको छ। बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। चौबीस किलोमिटर सो सडक पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिन्छ। सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्‍याउन समस्या भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

यस्तो छ आजको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

देशभर एक हजार ५ सय ५७ जनामा डेंगु सङ्क्रमण

पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेंगु सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार छ सय ५७ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएकाले मनसुनको समयमा लामखुट्टेको प्रजनन अवस्था अनुकूल बन्नसक्ने र डेंगुको सङ्क्रमण पनि बढ्नसक्ने आँकलन गरिएको उनले बताए । उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको जानकारी दिए ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

गत असार ३० गते संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले संविधानको धारा ७६ को उपधारा ४ मा व्यवस्था भएअनुसार विश्वासको मत लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दोलखा भीमेश्वरलाई पसिना आएपछि राष्ट्रपतिलाई बुझाइयाे महाप्रसाद

दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई सो महाप्रसाद प्रदान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बंगलादेशबाट फर्केका नेपाली विद्यार्थी भन्छन्- स्थिति असहज छ, प्रधानमन्त्री नै भागिसके

आइतबार नेपाल आइपुगेका नेपाली विद्यार्थीहरुले ढाकामा सञ्चार विच्छेद गर्ने क्रम सुरु भएको र प्रधानमन्त्रीसमेत भागेर स्पेन पुगिसकेको आफूहरुले थाहा पाएको सुनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा पूर्वमन्त्री महतोले भने- मैले हिजो ५ हजार घुस दिएर आएको छु, पत्याउनुहुन्छ?

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का सांसद वीरेन्द्रकुमार महतोले समयमा काम नबन्दा आफूले घुस दिनुपरेको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै पूर्वमन्त्रीसमेत रहेका महतोले यस्ताे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान

बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माधव नेपालले ओलीलाई सम्झाए संसद विघटन

उनले प्रधानमन्त्री ओलीलाई आफ्नो पुनर्मूल्यांकन गर्न आग्रह गरेका छन्। विगतमा करिब दुई तिहाईको सरकार किन ढलेको भन्ने प्रश्न गर्दै नेपालले कांग्रेसका केही नेताहरुएमालेसँग मिलेकोमा खुशी भएपनि दोस्रो तेस्रो तहका नेता र साधारण कार्यकर्ता खुशी नभएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले भनेको जस्तो देशमा निराशाको अवस्था छैन: पूर्वअर्थमन्त्री पुन

उनले भने, ‘प्रधानमन्त्रीजीले ऋणको अवस्था, नेपालको अर्थतन्त्रको बारे र जनताहरुमा निराशाको बारे बताउनुभयो। पछिल्लो दुई/तीन वर्षमा काँग्रेस माओवादी, एमालेकोबीचमा गठबन्धन बन्यो। त्यसबीचका कुराहरुलाई उहाँले निराशाको रुपमा व्यक्त गर्नुभएको छ। त्यसलाई मैले तथ्याङ्कबाट हेर्दा प्रधानमन्त्रीले भनेको जस्तो निराशा छैन। बीचमा केही परिघट्नाले आर्थिक शिथिलता भएपनि अहिले विस्तारै उकालो लागेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीमा ओली नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

आइतबार सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको इजलासले उक्त रिट सुनुवाइका लागि संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो। न्यायाधीश ढकालको इजलासले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र त्यसविरुद्ध परेको रिटमा गम्भीर संवैधानिक व्याख्याको अवस्था रहेको भनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका छन्। आइतबार विश्वासको मतका लागि बसेकाे प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले राजीनामाको घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन्। आइतबार बसेकाे प्रदेशसभा बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीले भने– भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचारी कसैलाई छोड्दैनौँ

‘एउटा कुरा खुलस्त पार्न चाहन्छु दुनियाँका अगाडि सुन्ने गरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचारीलाई छोड्दैनौँ। भ्रष्टाचार र अख्तियार दुरूपयोगसँग जोडिएका विषयको  छानविन तथा अनुसन्धान गर्छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगलाई कारवाही गर्छौं, सुशासनका लागि स्टन्ट गर्दैनौँ: प्रधानमन्त्री ओली

उनले अहिलेसम्म जारी रहेका योजनाहरुको काम सम्पन्न गर्ने र अहिलेको विकास मोडललाई नै परिवर्तन गर्ने बताए। उनले नीतिगत सुधार, खर्च बढाएर तथा स्वदेशी उत्पादनको बढी प्रयोग गरेर अगाडि बढ्ने नीति बनाउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं