बिएल संवाददाता
काठमाडौं
बागमती प्रदेशमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन्।
सोमबार नै दाबी पेस गर्ने योजना भए पनि मन्त्रालयको भागबण्डा र नेकपा एमालेभित्रको आन्तरिक समस्याका कारण स्थगित भएको थियो।
नयाँ सहमतिअनुसार काँग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाउने भएका छन्। यस सहमतिपछि आज बिहान ११ बजे लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका हुन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले बहुमतको सरकार गठनका लागि मङ्गलबारसम्मको समय दिएका थिए। सोही आह्वानअनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन्। प्रदेश प्रमुख शर्माले आजै साँझ लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको जानकारी प्राप्त भएको छ।