बिएल संवाददाता
काठमाडौं
सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो विधेयकहरुलाई पारित गरेर सदनमा लैजान निर्देशन दिएका छन्।
बुधबार सिंहदरबारमा भएको सभामुख र समिति सभापतिबीचको छलफलमा सभामुखले समितिलाई प्रभावकारी बनाउन र छिटोभन्दा छिटो विधेयकहरु पारित गर्न निर्देशन दिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिएका हुन्।
उनले भने, ‘सबैले आफ्नो समितिको रिपोर्टहरु पनि सभामुखलाई बुझाएको छ र सभामुखले आफ्नो समितिलाई अझ प्रभावकारी बनाउनको लागि बैठक बस्ने व्यवस्था गर्नु र छिटोभन्दा छिटो विधेयकहरुलाई पारित गरेर सदनसम्म पुर्याउ भन्ने निर्देशन दिएको छ।’
यस्तै, उनले छलफलमा आर्थिक समस्याको कुरा पनि उठेको भन्दै सभामुखले पहिलो वर्षभन्दा यसपालि रकम बढेको हुनाले त्यस्तो समस्या नआउने जानकारी दिएको बताए ।
छलफलमा लगातार संसदको बैठक बसेपछि समितिको बैठक बस्न गारो हुने हुदाँ एकदिन सदनको बैठक र अर्को दिन समिति राख्ने भन्ने सुझाव पनि आएको उनको भनाई छ।