आइतबार, १७ नोभेम्बर २०२४

चाडपर्वले नेपालीबिच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबिच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्नेमा विश्वास व्यक्त गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार रातभर जाग्राम बस्ने भक्तजनले देवघाटको नदी तटीय क्षेत्र भरिएको थियो। अहिले पनि भक्तजन आउने क्रम जारी छ। स्नान गरेर फर्किन पनि सुरु गरेका छन्। नदीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

मुगुमा १४ वर्षीया बालिका बलात्कार, दुई सरकारी कर्मचारी पक्राउ

मुगुमा १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ। बलात्कारमा संलग्न भएको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

‘भूकम्पप्रभावित क्षेत्रको पुनःनिर्माणमा समस्या’

नीतिगत र संरचनागत सुधार गरेर पश्चिम नेपालको भूकम्पप्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण र पुनःनिर्माणको कामलाई अघि बढाइने प्राधिकरणले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ट्राफिक प्रहरी एक्लैले चाहेर दुर्घटनाहरू रोकिन्नन्

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को प्रस्तावनामै दुर्घटना रोकथाम गर्ने, दुर्घटनाबाट पीडित पक्षलाई क्षतिपूर्ति दिलाउने, बिमा व्यवस्था गर्नेलगायतका उद्देश्यहरू पूरा गर्न ऐन जारी गरिएको उल्लेख छ। तर यी उद्देश्य पूरा गर्न ऐन, नियमावली तथा दर्जनौँ कार्यविधि र निर्देशिकाहरूमा गरिएको व्यवस्थाको कार्यान्वयन भने कमजोर देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लाेक सेवाविरुद्ध सर्वाेच्चमा यौनिक तथा लैंगिक अल्पसङ्ख्यकको रिट

नेपालको संविधानको धारा ४२ मा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा प्रतिनिधित्वको हक हुने व्यवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

निजी विद्यालयलाई सार्वजनिक गुठीमा रूपान्तरण गर्न माग

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिको आजको बैठकमा सुझाव दिन आमन्त्रित विद्यार्थी सङ्गठनका प्रतिनिधिले निजी विद्यालयलाई निश्चित अवधि तोकेर सार्वजनिक शैक्षिक गुठीमा अनिवार्य रुपान्तरण गराउनुपर्ने माग गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हरेक चालकले बसभरिका यात्रुलाई आफ्नै परिवार सम्झिनुपर्छ

‘एउटा बसमा बसेका मान्छेमात्रै होइन, त्यहाँ त कैयौँ जिन्दगी र कतिका भविष्य पनि सँगसँगै हुन्छन्’, उनी भन्छन्, ‘चालकको एउटा सानो लापरवाही वा सानो गल्तीले मात्रै पनि कैयौँ जिन्दगी सकिन्छन्। त्यसैले हामीले आफू र आफ्नो परिवारजस्तै यात्रुहरूलाई सम्झेर गाडी चलाउने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - घोराही

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्ड ‘नाम’ शिखर सम्मेलनमा भाग लिन युगान्डा जाँदै

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव सेवा लम्साल तथा नेपाल सरकारका वरिष्ठ अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

औषधि लिमिटेडलाई प्रधानमन्त्रीको निर्देशन- २० प्रकारका औषधि उत्पादन तत्काल थाल्नुस्

प्रधानमन्त्रीले भने, ‘विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको थियो, बीचमा चाहिँ तलमाथि भएको मैले बुझेँ। औषधि उत्पादनको कामलाई नयाँ ढङ्गले गति दिनुपर्छ भनेर नै मैले यो बैठक बोलाएको हुँ। तपाईंंहरू काम सुरू गर्नुस् सरकारको तर्फबाट जे–जस्तो सहयोग गर्नुपर्छ, त्यसका निम्ति म तयार छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काेभिड-१९काे अनुसन्धानले विश्वभर चिनिँदैछ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्

विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमणको अनुसन्धानले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको छ। कोरोना महामारी फैलिरहेको परिषद्ले कोभिड– १९ सँग सम्बन्धित विभिन्न अध्ययन अनुसन्धान गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बिग्रेका उपकरण मर्मत गरी सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालयले नीति अनुसार नै नयाँ उपकरण किन्नुभन्दा पनि बिग्रिएका तथा पुराना उपकरणको मर्मत गरी सञ्चालन गर्न थालेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नारायणगढ–मुग्लिन सडक आज र भोलि दिउँसो खुला रहने

देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी तथा इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

न्यायाधीश भुवन गिरीकी पत्नी आरतीले गरिन् सर्वोच्चमै आत्मदाहको प्रयास

न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन्। आइतबार दिउँसो सर्वोच्च पुगेकी आरतीले आफ्नाे शरीरमा मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा सदस्यका उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

राष्ट्रियसभा सदस्यका उम्मेदवारहरूले निर्वाचन खर्चबापत साढे तीन लाखसम्म खर्च गर्न पाउने भएका छन्। निर्वाचन ऐन तथा निर्वाचन नियमावलीअनुसार उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने व्यवस्था रहेकाे निर्वाचन आयोगले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल–भारत अन्तर–सरकारी समितिको बैठक सम्पन्न

पुस २७ र २८ गते दुई दिनसम्म चलेको बैठकमा विभिन्न मन्त्रालय र विभागका प्रमुख प्रतिनिधि सम्मिलित नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आलमविरुद्धको मुद्दाकाे अन्तिम सुनुवाइ स्थगित

इँटा भट्टामा राखेर मजदूरलाई जिउँदै जलाएको अभियोग लागेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमविरुद्धकाे मुद्दाको सुनुवाइ आज नहुने भएको छ। जिल्ला अदालत रौतहटमा आलमविरुद्ध मुद्दाको अन्तिम सुनुवाइका लागि आज पेसी तोकिए पनि न्यायाधीश अभावका कारण स्थगित सूचीमा परेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागलुङ जिप दुर्घटना: प्याङ्खोलामा अस्तायो सञ्जिताको बेलायत जाने सपना

दुर्भाग्य सञ्जिताले श्रीमान्को जन्मथलो त टेकिन्। तर त्यो बाटो अब कहिल्यै फर्किने छैनन्। शनिबार बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा भएको जीप दुर्घटनामा चन्द्रागिरि नगरपालिका–५ काठमाडौँकी २८ वर्षीया सञ्जिताले ज्यान गुमाइन्। दुर्घटनामा उनको परिवारका सबै सदस्य घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

८ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी, पाँच जना पक्राउ

प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार गत वैशाख ७ गते थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा पालिकाको योजनाअन्तर्गत सडक निर्माण गरेर पार्किङ गरिराखेको बा३क ४४ नम्बरको स्काभेटरमा राति आगजनी भएको थियो। आगजनीबाट रु ४० लाख बराबरको क्षति भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - सोलुखुम्बु