सोमबार, १८ नोभेम्बर २०२४

काेभिड-१९काे अनुसन्धानले विश्वभर चिनिँदैछ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमणको अनुसन्धानले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको छ। कोरोना महामारी फैलिरहेको परिषद्ले कोभिड– १९ सँग सम्बन्धित विभिन्न अध्ययन अनुसन्धान गरेको छ।

परिषद्ले कोभिड– १९ का मात्र दुई हजार पाँच सयभन्दा बढी जेनेटिक (अनुवांशिक) अध्ययन नमूनाको परीक्षण गरिसकेको छ।

परिषद्का कार्यकारी प्रमुख डा.प्रदीप ज्ञवालीले कोभिड– १९को औषधिसँग सम्बन्धित ट्रायल, नेपालमा नै पहिलोपटक कोभिड– १९ को आणुवांशिक अध्ययन (जेनेटिक अध्ययन), खोपको तेस्रो तहको अध्ययनजस्ता कामले परिषद्लाई अन्तरराष्ट्रियस्तरमा चिनाउन सफल भएको बताए।

उनकाअनुसार परिषद्ले कोभिड– १९ महामारीका समयमा आइसोलेसन, क्वारेन्टिन, प्रयोगशाला र कोभिड– १९ को उपचार गर्न अस्पतालका अवस्था, कोरोना भाइरसको कुन तहमा फैलिएको, फेसमास्क प्रयोगको अध्ययनलगायतका ४० भन्दा बढी अध्ययन गरेको छ। परिषद्का कार्यकारी प्रमुख डा. ज्ञवालीले परिषदमा दरबन्दी ७० रहेकामा कार्यरत २२ जना रहेका छन् र तीमध्ये दुई जनामात्र अनुसन्धान अधिकृत रहेका र स्थायी कर्मचारी भर्ना प्रक्रिया अगाडि बढेको बताए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?