आइतबार, १७ नोभेम्बर २०२४

प्रधानमन्त्रीलाई भू.पू.गोर्खा सैनिकहरुको ज्ञापनपत्र- ६ महिनाभित्र समस्या समाधान नभए आन्दाेलन गर्छाैं

पहिलो र दोस्रो विश्वयुद्धलगायत विभिन्न आन्दोलनमा बेलायतको पक्षबाट युद्ध लडेका उनीहरू बेलायतले तलब, पेन्सन तथा अन्य सेवा सुविधामा विभेदकारी व्यवहार गरेकाे भन्दै लामाे समयदेखि संघर्षरत छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थारु समुदायले टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउने

थारु समुदायले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएको छ। थारु समुदायको नयाँ वर्ष भएकाले थारु भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउने निर्णय गरिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक प्रेमिलाल चौधरीले बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतकाे आदेश

जिल्ला अदालत सर्लाहीले हत्या र यौन हिंसाकाे आराेपमा पक्राउ परेका रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। बिहीबार न्यायाधीश विष्णु रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाैशाला- २६काे परिचय सार्वजनिक गर्नेहरूमाथि अनुसन्धान गर्दै साइबर व्युराे

बलात्कार मुद्दामा दाेषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्वकप्तान सन्दीप लामिछानेबाट पीडित भएकी गाैशाला-२६ काे भन्दै सामाजिक सञ्जालमा विभिन्न तस्बिरहरु सार्वजनिक गर्नेहरूमाथि नेपाल प्रहरीकाे साइबर व्युराेले अनुसन्धान सुरू गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नारायणगढ–मुग्लिन सडकखण्डको प्रगति पहिलेभन्दा राम्रो छः मन्त्री ज्वाला 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भौतिक प्रगति पहिलेभन्दा राम्रो भइरहेको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘अनलाइन क्यासिनो गेम’ खेलाउने तीन जना पक्राउ

पक्राउ पर्नेमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–१ घर भई काठमाडौँ कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, भक्तपुर सूर्यविनायक नगरपालिका–४ अनामनगर बस्ने सर्लाही बागमती नगरपालिका–७ घर भएका २१ वर्षीय निशानराज कार्की र भक्तपुर सूर्यविनायक नगरपालिका–४ अनामनगर बस्ने सर्लाही बरथहवा नगरपालिका–११ हिरापुर घर भएका २५ वर्षीय निशान गौतम रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको मत्स्य अनुसन्धानमा सहकार्य गर्न नार्क र यूएसडीएका पदाधिकारी तयार 

नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा भएको छलफलमा दुबै पक्षका बीचमा मत्स्य अनुसन्धानका विविध विषयलाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउने भन्ने बारेमा छलफल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्घटनाको निगरानी गर्न काठमाडौँ उपत्यकामा एएनपीआर क्यामेरा जडान

मुख्यगरी यसले चालकको गतिविधि नियन्त्रणमा सहयोग पुग्नेछ। सिटबेल्ट लगाएको छ कि छैन, चालकले धूमपान गरेर गाडी चलाएको छ कि? फोनमा कुरा गरेर पो गाडी चलाएको छ कि? भनेर पत्ता लगाउन उक्त क्यामेराले सहयोग गर्छ। अनि नम्बरप्लेटलाई पनि रिड गरेर पठाउँछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाटै टुङ्ग्याउनुपर्छ: कानुनमन्त्री गुरुङ

‘सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुङ्ग्याउन सहमति खोज्ने हो’, मन्त्री गुरुङले भने, ‘सहमति हुनसकेन भने प्रक्रियामा जाने सहमति भएको छ तर सहमतिमै  निष्कर्षमा पुर्याउने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाैशाला-२६काे तस्बिर सामाजिक सञ्जालमा पाेष्ट गरेका पार्टी सदस्यलाई रास्वपाले गर्‍याे कारबाही

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बलात्कृत महिलाकाे तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकाे भन्दै प्रवास नेपाली सम्पर्क विभाग जापान, च्युबू शाखा समितिका सदस्य दिवस सापकाेटालाइ कारबाही गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनुहुन्न: प्रधानमन्त्री प्रचण्ड

वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका क्रममा उहाँहरूले गुनासो गर्ने अवस्था आउनुभएन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपतिसँग आयरल्याण्डका सभाध्यक्ष जेरीको भेट

राष्ट्रपति भवनमा बिहीबार भएको भेटमा राष्ट्रपति पौडेलले वर्तमान सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको र त्यसले लोकतन्त्र, समावेशीकरण एवं सङ्घीयतालाई संस्थागत गर्न योगदान पुर्याउनेमा नेपाली जनता विश्वस्त रहेका बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रामबहादुर बम्जनविरुद्ध सर्लाही अदालतमा सुनुवाइ सुरु

हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ। जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मलङ्गवा

रवि लामिछाने र चिनियाँ राजदूत सोङ्बीच भेटवार्ता, नारायणगढ-बुटवल सडकको स्तरोन्नतिबारे छलफल

भेटघाटमा पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्रा क्रममा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने कार्यक्रमका विषयमा कुरा भएको रास्वपाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनीले थाल्याे कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल

उनले प्रदेशसभाले स्थानीय तहबीच कानुन निर्माण तथा सभा सञ्चालनसम्बन्धी अन्तक्रियामा कानुनी र संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहसँग कानुन निर्माणमा सहकार्य, समन्वय र सहजीकरण गरिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

रोङ गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’

क्रइलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बैंक खातामा दैनिक रु एक बचत अभियान सञ्चालन गरेको छ। गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’अन्तर्गत अनिवार्य बैंक खाता खोलेर बचत गर्न थालिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रोङ

पातारासीका गाउँहरू छुइगोठ मुक्त बन्दै 

पातारासी गाउँपालिका भित्रका गाउँहरू एक–एक गर्दै छुइगोठ मुक्त बन्दैछन्। यसैबीच बुधबार गाउँपालिकाको वडा नं ४ लाई छुईगोठ मुक्त घोषणा गरिएको हाे। 

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

मादी नदीमा माछा संरक्षण योजना

तनहुँको ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५को सिमानामा पर्ने सेती नदीमा आयोजनाले निर्माण गर्ने एक सय ४० मिटर अग्लो बाँधका कारण माछाको आवतजावत प्रभावित भई माछालाई क्षति पुग्ने भएकाले यसको परिपूर्तिका लागि मादी नदीमा माछा संरक्षण योजना सुरु गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

हतुवागढीमा जनस्तरबाट १९ किलोमिटर सडक निर्माण

भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयवासीलाई सम्मान गरेको छ। स्थानीयको अगुवाइमा व्यक्तिगत तथा विभिन्न सङ्घ संस्थाबाट रु ६१ लाख ७६ हजार लागत सङ्कलन गरेर सुन बालुवा–घोडेटार सडक निर्माण गरिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर