आइतबार, १७ नोभेम्बर २०२४

सरकारले गर्‍याे दुई जना सचिवको सरुवा

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाएर उक्त आयोगमा कार्यरत सचिव रामकृष्ण सुवेदीलाई सञ्चार मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभामा अवरोध भएको अवस्थामा राष्ट्रियसभा रोकिनु हुँदैन: सांसद विश्वकर्मा

संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका रूपमा परिकल्पना गरेको छ। सीमान्तकृत, लोपोन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराइ समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासका लागि राष्ट्रियसभा अपरिहार्य छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रामबहादुर बम्जनकाे घरबाट ३ करोडभन्दा बढी रकम बरामद

अनुयायी बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनकाे घरबाट ३ करोड ३४ लाख रुपैयाँ बरामद भएकाे छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुढानीलकण्ठकाे हात्तिगौंडास्थित बम्जन बसेको घरबाट उक्त रकम बरामद गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिसो बढेपछि महोत्तरीका विद्यालय बन्द

जिल्ला शिक्षा तथा समन्वय एकाइ महोत्तरीका प्रमुख राजदेव यादवले चिसोबाट जनजीवन  प्रभावित हुन थालेपछि  विद्यालयमा पठनपाठन बन्द गरेकोे बताए। उनका अनुसार बर्खे बिदाबाट कट्टा हुनेगरी चारदेखि आठ दिनसम्मका लागि विद्यालय बन्द भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

बाली बीमामा सूर्योदय नगरपालिकाद्वारा ५० प्रतिशत अनुदान

अनुदान कार्यक्रमको कार्यान्वयनका लागि सूर्योदयले प्रत्येक टोल विकास संस्थाका पदाधिकारीलाई बीमासम्बन्धी तालिम दिन थालेको छ। 'नगरले पशुपक्षी र बाली बीमाबारे किसानलाई जानकारी दिन टोलटोलमा तालिम र अन्तक्र्रिया गरिरहेका छौँ', उनले भने, 'सबै वडा र टोलमा कार्यक्रम सकेपछि यथेष्ट तथ्यका आधारमा बीमाबापतको अनुदान दिनेछौँ।'

बिएल संवाददाता

बिएल संवाददाता - फिक्कल

राप्रपाको कविता प्रतियोगिताः रुकुमपश्चिमका उमेशले जिते एक लाख

रुकुमपश्चिमका उमेश पुनमगरको ‘देशभित्र देखेको देश’ कविता प्रथम भएको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख श्रेष्ठले बताए। यसैगरी कपिलवस्तुका सुभाष खनालको ‘पृथ्वीनारायण’ दोस्रो, सङखुवासभाका सिजन श्रेष्ठको ‘पृथ्वीको यात्रामा पृथ्वी’ तृतीय भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमक्यापको म्याद पाँच वर्ष थपियो

उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रको संरक्षणको जिम्मेवारी पाएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाको म्याद थप भएको छ। आगामी पाँच वर्षसम्मका लागि कार्यालयको म्याद थप भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - गाेरखा

बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई सजाय ताेकिँदै

ढकालकाे इजलासले सन्दीपले बलात्कार गरेकाे ठहर गरेता पनि त्यसदिन सजाय भने ताेकेकाे थिएन। इजलासले सजाय ताेक्न पुस २५ गते अर्थात् आजका लागि पेशी राख्न आदेश दिएकाे थियाे। साेहीअनुसार आज काठमाडाैँ जिल्ला अदालतले आज सन्दीपलाई सजाय ताेक्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाघको सङ्ख्यामा वृद्धि : सोमेश्वर जैविक मार्गमा १४ पाटेबाघ भेटिए

चितवन राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

कस्ताे रहनेछ आजकाे माैसम?

माैसम पूर्वाअनुमान महाशाकाअनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इराकमा नेपाली शान्ति सैनिक अदलीबदली

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि इराकमा तैनाथ सहायता मिसन गार्ड एकाइलाई बदली गर्न २१ जना शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बलात्कार गरेको आरोपमा तपस्वी राम बहादुर बम्जन पक्राउ

बलात्कार आरोपमा तपस्वी राम बहादुर बम्जन पक्राउ परेका छन्। मंगलबार  केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले काठमाडौँबाट उनलाई पक्राउ गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा 

नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुको सरुवा भएको छ। आज (मंगलबार)को गृह मन्त्रालयको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फका १६ जना नायव महानिरीक्षकहरुकाे सरुवा गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

३४ वर्षका अटल फ्रान्सका प्रधानमन्त्री 

आगामी जुनमा हुने युरोपेली संसदको निर्वाचन गराउने महत्वपूर्ण जिम्मेवारीसहित अब फ्रान्सका गाब्रिअल अटलले आफ्नो कार्यभार सम्हाल्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

न्याय सेवाका दुई सयभन्दा बढी कर्मचारीको एकैपटक सरुवा

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको मंगलबारको बैठकले अदालतका दुई सयभन्दा बढी कर्मचारीको सरुवा गरी जिम्मेवारी हेरफेर गरेको हो। सात उपसचिवसहित दुई सय १२ शाखा अधिकृतस्तरका कर्मचारी सरुवा गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने चार जना पक्राउ

प्रहरीले घलेलाई महाबौद्धबाट सोमबार दिउँसो र लामालाई सिनामङ्गलबाट आइतबार दिउँसो पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्योगीहरुमा काटिएको विद्युत लाइन जाेड्न प्राधिकरणलाई सरकारकाे निर्देशन

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बक्यौता महसुल नतिरेपछि प्राधिकरणले काटेकाे उद्योगीहरुको लाइन हाललाई जाेड्न निर्देशन दिएकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधानका लागि सरकारले बनायाे आयोग

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा ३ सदस्यीय छानबिन आयोग बनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपिन जोशीको रिहाइमा सरकार निरन्तर लागिपरेको छ: परराष्ट्रमन्त्री साउद

मन्त्री साउदले रुस–युक्रेन युद्धमा दशजना नेपालीले ज्यान गुमाएका बताउँदै उनले रुसमा हराइरहेका एक सय १५ जनाको उद्धारका निम्ति आवेदन परेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर