केजरीवाललाई जमानतमा छोड्न अदालतको आदेश
दिल्लीको रक्सी नीति घोटालाको मनी लान्ड्रिङ मुद्दामा अदालतले जमानत दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। अदालतको यो आदेशपछि उनी शुक्रबार जेलबाट बाहिर आउन सक्ने बताइएको छ।
बिएल संवाददाता - काठमाडाैं
दिल्लीको रक्सी नीति घोटालाको मनी लान्ड्रिङ मुद्दामा अदालतले जमानत दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। अदालतको यो आदेशपछि उनी शुक्रबार जेलबाट बाहिर आउन सक्ने बताइएको छ।
बिएल संवाददाता - काठमाडाैं
उत्तर भारतमा प्रचण्ड गर्मीका कारण विद्युत्को माग रेकर्ड उचाइमा पुगेको सरकारले मङ्गलबार बताएको छ। साथै राजधानी नयाँदिल्लीका बासिन्दाले पानीको अभावसँग सङ्घर्ष गरिरहेका छन्। उत्तरी भारतका अधिकांश भाग महिनाभर चल्ने लामो लूले ग्रसित छ। यहाँ नियमितरूपमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि गइरहेको छ। “उत्तरी भारतले मे १७ देखि प्रचलित गर्मीको लहरका कारण उच्च मागको अवस्था अनुभव गरिरहेको छ”, विद्युत् मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ। मन्त्रालयले छिमेकी क्षेत्रहरूबाट उत्तरी भारतलाई २५ देखि ३० प्रतिशत थप विद्युत् आयात गर्न बाध्य बनाएको बताएको छ।
बिएल संवाददाता - भारत
उनी सुलिभञ्जनस्थित दत्त मन्दिर नजिकैको पहाडमा डाइभिङ सिकिरहेकी थिइन्। उनका २५ वर्षीय साथी सुरज सञ्जाउ मुलेले मोबाइल फोनमार्फत् भिडियो ‘रिल’ बनाइरहेका थिए।
बिएल संवाददाता - मुम्बई
एक मालबाहक रेलका चालकले सङ्केतलाई गलतरूपमा बुझ्दा ‘एक्सप्रेस रेल’ को पछाडिको भागमा ठोक्किएको तथा आठ जनाको मृत्यु भएको प्रहरी र रेलवे अधिकारीले बताएका छन्।
बिएल संवाददाता - कलकत्ता
गुआङ्सीका २२ नदीमा कूल ३० जलविद्युत् स्टेशनहरूले चेतावनी स्तरभन्दा शून्य दशमलव शून्य तीन मिटर र दुई दशमलव ६३ मिटरको बीचमा पानीको स्तर रहेको केन्द्रले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको बद्रीनाथ राजमार्गमा शनिबार टेम्पो ट्र्याभलर गहिरो खाडलमा खस्दा १० जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राज्य विपद् प्रतिक्रिया बल (एसडिआरएफ) र प्रहरी अधिकारीहरू तुरुन्तै उद्धार कार्यका लागि घटनास्थलमा पुगेका थिए। घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र उपचार भइरहेको अधिकारीहरुले बताएका छन्।
बिएल संवाददाता - रुद्रप्रयाग
दिल्ली उच्च अदालतले शनिबार सुनिता केजरीवाल (दिल्ली मुख्यमन्त्रीकी पत्नी), धेरै व्यक्ति, फेसबुक, युट्युब र अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूलाई कथित उल्लङ्घनका लागि कारबाही माग गरेको निवेदनमा नोटिस जारी गरेको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ मा पुलिस हिरासतमा दिल्ली राउज एभिन्यू अदालतमा पेश गर्दा अदालतको भिडियो कन्फरेन्सिङ नियम कथित उल्लङ्घनको आरोपमा कारवाही माग गरिएको थियो।
बिएल संवाददाता - नयाँदिल्ली
इटालीमा जी- ७ शिखर सम्मेलनको अन्तिम दिन शुक्रबार सारा विश्वको नजर इटालीको फासानो सहरमा केन्द्रित भएको थियो। त्यहाँ भेला भएका विश्व नेताहरूले विश्वमा भएका दुई युद्धदेखि एआई र जलवायु परिवर्तनसम्मका महत्वपूर्ण विषयमा छलफल गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं
केही गाजावासीले इजराइलसँगको युद्ध समाप्त गर्न असफल भएकामा हमासको आलोचना गरेका छन्। घेराबन्दी र सङ्घर्षरत प्यालेस्टिनी क्षेत्रमा शासन गर्ने हमासले गाजावासीको जीवन बर्बाद गरेको उनीहरूको आरोप छ।
बिएल संवाददाता - गाजापट्टी
‘दूतावासले यस दुर्भाग्यपूर्ण घटनामा घाइते भएका भारतीय नागरिकहरूलाई सबै सम्भव सहयोग प्रदान गर्न स्थानीय अधिकारीहरूसँग समन्वय जारी राखेको छ’, दूतावासले कुवेतका अधिकारीहरूबाट पूर्ण सहयोग प्राप्त गरिरहेको उल्लेख गर्दै विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बिएल संवाददाता - नयाँदिल्ली
उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक रूसी सैन्य जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ।
बिएल संवाददाता - रुस
नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिएका हुन्। मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनियताको शपथ गराएकी हुन्।
बिएल संवाददाता - काठमाडाैं
लोकसभाको निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर पनि बहुमत पुर्याउन नसकेको भारतीय जनता पार्टीले नै फेरि मोदीको प्रधानमन्त्रित्वमा सरकार बनाउँदैछ।
बिएल संवाददाता - काठमाडाैं
मध्य गाजा पट्टीको नुसिरात शिविर र केही अन्य क्षेत्रमा शनिबार इजरायली हवाई आक्रमणमा कम्तीमा ५५ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्ति घाइते भएका छन्।
बिएल संवाददाता - गाजा
भारतमा हिन्दुहरूले नै दलितहरूलाई ‘दोस्रो दर्जाको नागरिक’का रुपमा व्यवहार गर्ने गरेको आरोप छ। त्यसमाथि भाजपा र मोदी शासनमा उनीहरूमाथि भएको थिचोमिचोको जवाफ यो निर्वाचनले दिएको सामाजिक अभियान्ताहरूको विश्लेषण छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई शनिबार संसद्मा भारतको विपक्षीको नेतृत्व गर्न मनोनयन गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
चुनावभन्दा करिब एक वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पाटी (भाजपा) माथि भ्रष्टाचारको आरोप लगाएपछि विपक्षी नेता राहुल गान्धीविरुद्ध मुद्दा दायर भएको थियो। त्यही आरोपमा राहुलको सांसद पनि केही दिनका लागि निलम्बन गरिएको थियो।
बिएल संवाददाता - काठमाडाैं
उत्तराखण्डको सहस्त्रताल आरोहणमा गएका कर्णाटकका २२ जनाको टोलीमध्ये नौ पदयात्रीको प्रतिकूल मौसमका कारण मृत्यु भएको छ।
बिएल संवाददाता - उत्तरकाशी
उत्तराखण्डको सहस्त्रताल आरोहणमा गएका कर्णाटकका २२ जनाको टोलीमध्ये नौ पदयात्रीको प्रतिकूल मौसमका कारण मृत्यु भएको छ।
बिएल संवाददाता - उत्तरकाशी
नयाँ सरकार बनाउने दाबी भाजपा नेतृत्वका मोदीको पोल्टामा छ। त्यसका लागि सन्तुलनको राजनीति गर्न गठबन्धनको दबाब निरन्तर मोदीमाथि रहनेछ। विपक्षी दलहरू पनि भाजपा नेतृत्वको गठबन्ध तोड्ने प्रयासमा रहनेछन्।
बिएल संवाददाता - काठमाडाैं