शनिबार, १६ नोभेम्बर २०२४

भारतको महाराष्ट्रमा ‘सुखोई लडाकु विमान’ दुर्घटना

पश्चिम भारतको महाराष्ट्र राज्यमा मङ्गलबार एउटा सुखोई लडाकु विमान दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्। पाइलट र को–पाइलट दुवै सकुशल बाहिर निस्किएका छन्। तर उनीहरूलाई सामान्य चोट लागेको छ। महाराष्ट्रको राजधानी मुम्बईबाट एक सय ९४ किलोमिटर उत्तरपूर्वमा रहेको नासिक जिल्लाको शिरसगाउँ गाउँमा उड्ने क्रममा विमान दुर्घटना भएको हो। “पाइलटहरूले एक प्राविधिक समस्या रिपोर्ट गरेका थिए। विस्तृत अनुसन्धानपछि मात्र सही कारण थाहा हुनेछ”, भारतको सरकारी स्वामित्वको एयरोस्पेस र रक्षा कम्पनी एचएएलले विज्ञप्तिमा भनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

अफगानिस्तानका ३०० शरणार्थी परिवार स्वदेश फिर्ता

विगत दुई दिनमा पाकिस्तान र इरानबाट तीन सयभन्दा बढी अफगान शरणार्थी परिवार स्वदेश फर्किएका छन्। दुई छिमेकी मुलुकमा वर्षौंदेखि शरणार्थीका रूपमा बसेका जम्मा तीन सय तीन परिवार केही दिनअघि स्वदेश फर्किएको राज्य नियन्त्रित सञ्चारमाध्यमले आफ्नो प्रतिवेदनमा फिर्ता हुनेको यकिन सङ्ख्या सार्वजनिक नगरी जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काबुल

फोहरले भरिएका बेलुन प्रक्षेपणपछि उत्तर कोरियासँगको शान्ति सम्झौता रद्द गर्ने दक्षिण कोरियाको घोषणा

दक्षिण कोरियाले सोमबार उत्तर कोरियासँगको मेलमिलाप सम्झौता निलम्बन गर्ने घोषणा गरेको छ। उत्तर कोरियाले फोहरले भरिएका बेलुनहरू दक्षिणतिर पठाएपछि उसलाई दण्डित गर्न मेलमिलाप सम्झौता निलम्बन गर्ने योजना बनाएको दक्षिण कोरियाले बताएको हो। यद्यपि उत्तर कोरियाले आफ्नो बेलुन अभियान रोक्ने बताएको छ। उत्तर कोरियाले दक्षिण कोरियाली नागरिक अभियानविरुद्ध आक्रोशित प्रतिक्रिया व्यक्त गर्दै धेरै दिनसम्म दक्षिणतिर फोहर र मलले भरिएका सयौँ बेलुन उडाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - सोल

जेलेन्स्कीको आरोपबारे चीनले भन्याे- अन्य देशलाई दबाब दिएको कुनै उदाहरण छैन

‘शान्ति वार्तामा चीनको अडान स्पष्ट र न्यायसम्म छ। यसले कुनै पनि तेस्रो देशलाई लक्षित गर्दैन र पक्कै पनि स्विट्जरल्याण्डले आयोजना गरेको युक्रेनी शान्तिका लागि शिखर सम्मेलन पनि चीनको निशाना हुने छैन,’ प्रवक्ता माओ निङले नियमित पत्रकार भेटमा भने।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ

श्रीलङ्कामा ७१ उच्च जोखिमयुक्त डेङ्गु क्षेत्र घोषणा

श्रीलङ्काको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडिसियु) ले आइतबार राजधानी कोलम्बोलगायत १५ जिल्लाका ७१ वटा डिभिजनलाई डेङ्गु ज्वरोको उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कोलम्बो

केजरीवालले गरे दिल्लीको तिहाड जेलमा आत्मसमर्पण

२१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आइतबार दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतमा अन्तिम निर्वाचनको दिन गर्मीका कारण ३३ जना मतदानकर्मीको मृत्यु

सातौँ तथा अन्तिम चरणको मतदान शनिबार समाप्त भएको उत्तर प्रदेशका प्रमुख निर्वाचन अधिकारी नवदीप रिन्वाले गर्मीका कारण ३३ जना मतदानकर्मीको मृत्यु भएको बताए। तथ्याङ्कमा सुरक्षा गार्ड र सरसफाइ कर्मचारीहरू समावेश रहेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - लखनऊ

उत्तर कोरियाले फोहोर भरिएका थप ६०० बेलुन दक्षिणतर्फ पठायो

‘उत्तर कोरियाले शनिबार साँझ ८ बजे देखि दक्षिण कोरियातर्फ पुनः फोहोरका बेलुनहरू पठाउन सुरु गरेको हो’, सियोलको ज्वाइन्ट चिफ्स अफ स्टाफ(जेसिएफ) ले एक विज्ञप्तिमा बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सियोल

Demo

aaa

बिएल संवाददाता

बिएल संवाददाता -

भारतको लोकसभाको अन्तिम चरणको मतदान आज

भारतको लोकसभा चुनावको सातौं तथा अन्तिम चरणको मतदान आज (शनिबार) हुँदैछ। आज ७ राज्य र १ केन्द्र शासित प्रदेशका ५७ लोकसभा सिटका लागि मतदान हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतमा तापक्रम बढेकाे बढ्यै, मानव अस्तित्वका लागि खतराको प्रमाण भएकाे चेतावनी

‘सहरीकरण र जलवायु परिवर्तनको प्रभावबाट सहरहरू बढी जोखिममा छन्,’ अनुसन्धान संस्थान क्लाइमेट ट्रेन्ड्सकी निर्देशक आरती खोसलाले भनिन्, ‘बढ्दो जनसङ्ख्याका कारण मौसमको ढाँचा परिवर्तन हुँदै जाँदा अत्यधिक गर्मी, खडेरी र कम वर्षाका दिनहरूको सामना गर्नुपरेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

अत्यधिक गर्मीपछि भारतमा ‘रेड अलर्ट’ जारी, बालबालिका र वृद्धवृद्धाकाे स्वास्थ्यमा समस्या

भारतीय मौसम विज्ञान विभाग (आइएमडी)काअनुसार नयाँ दिल्लीकाे मुङ्गेशपुरमा बुधबार ५२.३ डिग्री सेल्सियस तापक्रम मापन गरिएकाे थियाे। जुन भारतीय भूमिमा अहिलेसम्मकै उच्च तापक्रम हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उत्तर कोरियाबाट फोहोरले भरिएका बेलुन दक्षिणतर्फ पठाइएको दक्षिण कोरियाको दावी

उत्तर कोरियाले यस सप्ताहन्तमा सियोलसँग बदला लिन सीमावर्ती क्षेत्रहरूमा फोहोरको वर्षा गर्ने चेतावनी दिएपछि फोहोरले भरिएको र संदिग्ध मलमूत्रले भरिएका सेतो बेलुनको व्यापक तस्बिरहरू दक्षिण कोरियाली सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - सियोल

दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम, पानीको अभाव हुन सक्ने चेतावनी

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले मङ्गलबार नरेला र मुङ्गेशपुरस्थित दिल्लीका दुई उपनगरीय क्षेत्रमा उच्च तापक्रम मापन गरेको हो। मौसम विभागका अनुसार यहाँको तापक्रम अपेक्षाभन्दा नौ डिग्री बढी रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भोजपुरी गायक पवन सिंह भाजपाबाट निष्काशित

लोकसभा चुनावको उम्मेदवारको पहिलो सूचीमा भाजपाले पश्चिम बंगालको आसनसोल सिटबाट पवन सिंहलाई टिकट दिएको थियो। यद्यपि, उनी आफ्ना गीतहरूमा बंगाली महिलाहरूको आपत्तिजनक चित्रणले घेरिएका थिए र त्यसपछि पवन सिंहले चुनाव नलड्ने घोषणा गरे।

बिएल संवाददाता

बिएल संवाददाता - भारत

इरानमा जुन २८ मा राष्ट्रपति निर्वाचन हुने

हेलिकप्टर दुर्घटनामा परेर राष्ट्रपति इब्राहिम रायसीको निधन भएपछि इरानमा तत्कालै राष्ट्रपतिको निर्वाचन हुने भएको छ। जुन २८ मा मुलुकमा तत्कालै राष्ट्रपतिको निर्वाचन हुने घोषणा गरिएको छ। तेहरानस्थित राष्ट्रपति कार्यालयमा भएको बैठकमा उक्त मिति तय गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतको लोकसभाको पाँचौं चरणको मतदान जारी

आज बिहान ७ बजेबाट सुरु भएको भारतीय निर्वाचन आयोगले जानकारी दिएको हो। यस चरणमा ६ राज्य र दुई केन्द्र शासित प्रदेशका ४९ लोकसभा सीटमा मतदान भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इरानका राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटना भएको ठाउँ भेटियो

इरानका राष्ट्रपति इब्राहिम रइसी र उनका एकजना मन्त्रीसहित अरु कैयौँ उच्च अधिकारीहरू सवार हेलिकोप्टर दुर्घटनाग्रस्त भएको स्थल पत्ता लागेको छ। आइतबार इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतका अधिकारीहरू सवार हेलिकोप्टर अचानक हराएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इरानका राष्ट्रपति चढेको हेलिकप्टर ‘हार्ड ल्यान्डिङ’मा

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै जेरुसेलम पोस्टले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं