बंगलादेशकाे संसद् भंग
बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्धिनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद् भंग गरेका छन्। राष्ट्रपतिले तीनवटै सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका शीर्ष नेता, नागरिक समाजका प्रतिनिधि र आन्दोलनकारी विद्यार्थी नेतासँगको बैठकपछि १२ औं संसद् विघटन गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ