इरानी राष्ट्रपति चढेको हेलिकप्टर सम्पर्कविहीन
अजरबैजानको भ्रमण गर्ने क्रममा राष्ट्रपति रायसी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
अजरबैजानको भ्रमण गर्ने क्रममा राष्ट्रपति रायसी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
ताइवानमा नयाँ राष्ट्रपतिलाई चिङ टेको शपथ ग्रहण गर्नुभन्दा दुई दिनअघि शुक्रबार देशको संसदमा सांसदहरूबीच भीषण झडप भएको छ। सो क्रममा लात र मुक्का प्रहारसमेत भएको थियाे।
बिएल संवाददाता - काठमाडाैं
गत महिना वृद्धवृद्धाको रोजगारीमा तीव्र वृद्धिका कारण दक्षिण कोरियाको रोजगारी बढ्दै गएको तथ्याङ्क कार्यालयको आधिकारिक तथ्याङ्कले शुक्रबार देखाएको छ।
बिएल संवाददाता - सोल
आँधीबेहरी र वर्षाका कारण ठूलो विज्ञापन बोर्ड खस्दा उक्त घटना घटेको नागरिक एजेन्सीका अधिकारीले फोनमा पुष्टि गरेका छन्। उक्त घटना देशको आर्थिक राजधानी मुम्बईको घाटकोपर क्षेत्रमा भएको हो।
बिएल संवाददाता - नयाँदिल्ली
सप्ताहन्तमा पश्चिमी इन्डोनेसियामा ज्वालामुखीबाट आएको आकस्मिक बाढी र चिसो लाभा प्रवाहबाट प्रभावित भई मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ। घटनामा परी थप १७ जना बेपत्ता भएको स्थानीय विपद् एजेन्सीका अधिकारीले सोमबार एएफपीलाई बताएका छन् घन्टौँसम्म परेको भारी वर्षाका कारण शनिबार साँझ इन्डोनेसियाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्येको एक सुमात्रा टापुको दुई जिल्लामा ठूलो ज्वालामुखी खस्दा चट्टान खस्दा सडक, घर र मस्जिदहरू जलमग्न भएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
आफ्नी श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा कजाकिस्तानको एक अदालतले एक पूर्वमन्त्रीलाई सोमबार २४ वर्षको कारागार सजाय सुनाएको छ।
बिएल संवाददाता - अस्ताना
अफगानिस्तानका धेरै प्रान्तमा आएको आकस्मिक बाढीमा मृत्यु हुनेकाे संख्या तीन सय नाघेकाे विश्वखाद्य कार्यक्रम (डब्ल्युफएपी)ले जनाएकाे छ। अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गरी घाइतेहरूलाई बचाउन प्रयास गरिरहेका छन्।
बिएल संवाददाता - अफगानिस्तान
ओटावा -क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा जङ्गलमा लागेको नियन्त्रणबाहिरको डढेलोका कारण दुई समुदायका लागि शुक्रबार राति निकासीको चेतावनी जारी गरिएको छ। उक्त दुई समुदाय ‘फोर्ट म्याकमुरे’ र ‘सप्रे क्रिक एस्टेट’ का थिए। आगो हाल फोर्ट म्याकमुरेको २५ किलोमिटर दक्षिणपश्चिममा रहेको र धुवाँले फोर्ट म्याकमुरेको दक्षिणी राजमार्ग ६३ मा दृश्यतालाई असर गर्न सक्छ।
बिएल संवाददाता - ओटावा
आपत्कालीन प्रतिक्रियाकर्ताको सहयोगमा मानिसहरूको द्रुत उद्धारले व्यक्तिहरूलाई कुनै हानि नभएको जनाइएको छ। यद्यपि अध्यागमन काउन्टरको छतबाट लागेको आगोले त्यस क्षेत्र धुवाँले भरिँदा यात्रुहरूलाई बाहिर निकाल्न आवश्यक थियो।
बिएल संवाददाता - पाकिस्तान
रुसको बेलगोरोड सीमा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा छ जनाको मृत्यु र ३० भन्दा धेरै घाइते भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार पश्चिमी ‘धम्कीहरू’ को सामना गर्दै नयाँ आणविक हतियार अभ्यासको आदेश दिएका छन्।
बिएल संवाददाता - पेरिस
मन्त्रालयका प्रवक्ता जनान साइकका अनुसार १४ प्रान्तमा वर्षाका कारण एक सय ४० आवासीय घरहरू क्षतिग्रस्त भएका छन् भने दुई हजारभन्दा बढी गाईवस्तुको मृत्यु भएको छ।
बिएल संवाददाता - काबुल
भारतमा अफगानिस्तानका शीर्ष कूटनीतिज्ञले कथितरूपमा मुलुकमा करिब २० लाख डलर मूल्यको सुन तस्करी गर्दा विमानस्थलका अधिकारीहरूले पक्राउ गरेको केही दिनपछि राजीनामा दिएकी छन्।
बिएल संवाददाता - नयाँ दिल्ली
उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई जना कामदारको मृत्यु भएको छ। प्रहरीका अनुसार पञ्जाबको लुधियाना जिल्लाको जस्पल बाङ्गर गाउँको औद्योगिक क्षेत्रमा रहेको कारखानाभित्र बुधबार राति विस्फोट भएको हो।
बिएल संवाददाता - नयाँदिल्ली
खाली घरहरूमध्ये ४४ लाख ३० हजार भाडामा लगाइएका छन् भने तीन लाख ३० हजार बिक्रीका लागि छन्। त्यसैगरी तीन लाख ८० हजार खाली घरहरू छुट्टीका समय प्रयोग गरिने गर्छ। खाली रहेका तीन लाख ८५ हजार घर बेवारिसे अवस्थामा रहेका छन्।
बिएल संवाददाता - टोकियो
नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।
बिएल संवाददाता - अबुजा
रुसले देशको ऊर्जा क्षेत्रमा थोपरिएको कुनै पनि सम्भावित ‘अवैध अवरोध’ र ‘अनुचित प्रतिस्पर्धा’लाई पार गर्ने उपायको खोजी गर्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शनिबार बताएका छन्।
बिएल संवाददाता - मस्को
कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले त्यहाँको पश्चिम क्षेत्रस्थित एक सैन्य शिविरमा भएको गोलाबारुद विस्फोटमा परी २० कम्बोडियाली सैनिकको मृत्यु भएको शनिबार बताएका छन्। प्रधानमन्त्री हुन मानेटले फेसबुकमार्फत जारी गरेको शोक सन्देशमा विस्फोटमा परी सैनिकको मृत्यु भएको उल्लेख छ।
बिएल संवाददाता - कम्बोडिया
ताइवानमा भूकम्प गएकाे छ। ताइवानको पूर्वी काउन्टी हुआलियन नजिक केन्द्रबिन्दु भएर ६.१ रिक्टर स्केलकाे भूकम्प गएकाे उक्त टापु देशको मौसम विभागले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
सडकमन्त्री नितिन गडकरी बुधबार पश्चिमी राज्य महाराष्ट्रको एउटा सानो सहरमा सम्बोधनका क्रममा बेहोस भएका थिए। त्यहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको पुनः निर्वाचनका लागि प्रचार गरिरहेका थिए।
बिएल संवाददाता - नयाँ दिल्ली
गर्मीसम्बन्धी ३४ वटा घटना मध्य फिलिपिन्सको केन्द्रीय भिसायास क्षेत्र, उत्तरी फिलिपिन्सको इलोकोस क्षेत्र र दक्षिणी फिलिपिन्सको सोक्सस्कार्गेन क्षेत्रबाट रिपोर्ट गरिएको थियो।
बिएल संवाददाता - मनिला