छोरा नजन्माएको भन्दै श्रीमतीको घाँटी रेटेर हत्या

Breaknlinks
Breaknlinks

धनुषाको सबैला नगरपालिकामा एक श्रीमानले छोरा नजन्माएको भन्दै श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। सबैला नगरपालिका-३ का ३५ वर्षीय लालबाबु साफीले ३० वर्षीया श्रीमती अजमेरी खातुनको घाँटी थिचेर हत्या गरेको पीडित परिवारले आरोप लगाएको छ।

१३ वर्षअघि प्रेम विवाह गरेकी अजमेरीलाई लामो समयदेखि छोरा नजन्माएको र दाइजोको विषयलाई लिएर साफी र उनका बहिनी नुरजहा खातुन, दाइ मन्जुर साफीले मानसिक तनाव दिँदै आएको मृतक खातुनको बुबा मोहम्मत आलमले बताए।



वनै भरी पासो, तस्करको बिगबिगी

दाङमा १२ वर्षपछि कर्तब्य ज्यान मुद्दामा फरार एक जना पक्राउ



८ कात्तिकमा राति रक्सी खाएर साफीले घरमा सुतिरहेको छोरीलाई घाँटी थिचेर हत्या गरेको उनले आरोप लगाए। मृतकको घाँटीसहित शरिरभरि निलडाम देखिएको उनले बताए। किटानी जाहेरी दिए पनि प्रहरीले दोषी पक्राउमा चासो नदेखाएको मृतककी आमा गुलशन खातुनले आरोप लगाइन्।



तनहुँमा २९ जुवाडे पक्राउ,को–को थिए जुवा खालमा ? 

निर्मला कुर्मी प्रकरण : ६ जना पक्राउ



ईलका प्रहरी कार्यालय सबैलाका प्रहरी उपरीक्षक राजेश सिग्देलले घटनामा भएलगतै मृतकका श्रीमान लालबाबु साफीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए । घटनाका थप आरोपीको खोजी कार्य भइरहेको बताउँदै निरीक्षक सिग्देलले भने,‘ चाडपर्वको कारण घटनाको अनुसन्धान केही प्रभावित हुन पुगेको छ। अब तदारूकताका साथ अनुसन्धानलाई अगाडि बढाउँछौ।’ 

प्रकाशित मिति: : 2021-11-09 14:13:00

प्रतिकृया दिनुहोस्