बिएल संवाददाता
अमेरिकी अध्यागमनले गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेका तीन नेपाली नागरिकलाई देशनिकाला गरेको छ।
देशनिकाला हुनेहरूमा लोकबहादुर ओली, लीलाबहादुर केसी र दीपक केसी छन्। उनीहरू गत साता नै एयर इन्डियाको फ्लाइटबाट काठमाडौं फर्किएका थिए।
नेपालको अध्यागमन स्रोतका अनुसार लोकबहादुर ओली तल्लो बाटो हुँदै अमेरिका प्रवेश गरेका थिए। अन्य दुई जना गैरकानुनी रुपमा बसोबास गर्दै आएका थिए। उनीहरूलाई कुन कानुनअनुसार फिर्ता पठाइएको हो भन्ने स्पष्ट खुलाइएको छैन।
अमेरिकामा यसअघि पनि गैरकानुनी रुपमा बस्दै आएका नेपालीहरू देशनिकाला भइरहेका छन्। यद्यपि हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाले लगत्तै जारी गरेको आप्रवासनसम्बन्धी नयाँ कार्यादेशले संसारभर तरंग ल्याएको छ।
यसबाट गैरकानुनी रुपमा अमेरिकामा बस्दै आएका करिब ३ हजार नेपालीहरू प्रभावित हुने अनुमान गरिएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया