बिएल संवाददाता
अमेरिकी अध्यागमनले गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेका तीन नेपाली नागरिकलाई देशनिकाला गरेको छ।
देशनिकाला हुनेहरूमा लोकबहादुर ओली, लीलाबहादुर केसी र दीपक केसी छन्। उनीहरू गत साता नै एयर इन्डियाको फ्लाइटबाट काठमाडौं फर्किएका थिए।
नेपालको अध्यागमन स्रोतका अनुसार लोकबहादुर ओली तल्लो बाटो हुँदै अमेरिका प्रवेश गरेका थिए। अन्य दुई जना गैरकानुनी रुपमा बसोबास गर्दै आएका थिए। उनीहरूलाई कुन कानुनअनुसार फिर्ता पठाइएको हो भन्ने स्पष्ट खुलाइएको छैन।
अमेरिकामा यसअघि पनि गैरकानुनी रुपमा बस्दै आएका नेपालीहरू देशनिकाला भइरहेका छन्। यद्यपि हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाले लगत्तै जारी गरेको आप्रवासनसम्बन्धी नयाँ कार्यादेशले संसारभर तरंग ल्याएको छ।
यसबाट गैरकानुनी रुपमा अमेरिकामा बस्दै आएका करिब ३ हजार नेपालीहरू प्रभावित हुने अनुमान गरिएको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया