बिएल संवाददाता
जुम्लामा पहिलोपटक हाई अल्टिच्युड ओपन टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
कर्णाली प्रिमियर लिग (केपीएल) नाम दिइएको प्रतियोगिता युथ फर कर्णाली क्लबले आयोजना गर्न लागेको हो।
समुद्री सतहदेखि करिब २ हजार ८ सय मिटर उचाइमा रहेको हाकुँ क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन गरिने युथ फर कर्णालीका अध्यक्ष मनाेज भारतीले जानकारी दिए ।
जुम्ला तथा समग्र कर्णालीमा क्रिकेट खेलको विकास, स्थानीय प्रतिभाको पहिचान तथा प्रवर्द्धन गर्दै मुलुकभरका खेलाडीलाई उच्च उचाइको मैदानमा प्रतिस्पर्धाको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हाे।
हाई अल्टिच्युड ओपन टी–२० प्रतियोगितालाई खेलकुदसँगै जुम्लाको पहिचान र पर्यटन प्रवर्द्धनसँग पनि जोडिएको उनकाे भनाइ छ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। विजेता र उपविजेता टोलीका खेलाडीलाई पदक प्रदान गरिनेछ भने उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि थप पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
क्रिकेट खेलाडी महेश हमालले जुम्लामा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताको अवधारणा अघि बढ्नु स्थानीय खेलाडीका लागि महत्वपूर्ण अवसर भएको बताए।
आयोजकका अनुसार प्रतियोगिताका खेलहरू नेपाल लाइभ मार्फत प्रत्यक्ष प्रसारण गर्ने तयारीसमेत गरिएको छ।
आयोजकले प्रतियोगितालाई जुम्लाको खेल पर्यटन र क्रिकेट विकासको नयाँ आधारका रूपमा अघि बढाउने जनाएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया