विश्वकप लिग–२:

नेदरल्यान्ड्सले नेपाललाई दियाे १३८ रनकाे लक्ष्य, भुर्तेलले लिए ४ विकेट

त्रिवि क्रीकेट मैदानमा भएको आइसीसी लिग–२ अन्त्रगत नेपाल र नेदरल्यान्ड्सबीचकाे खेलमा नेदरल्यान्ड्सले नेपाललाई १३८ रनकाे सामान्य लक्ष्य दिएकाे छ।

शनिबार बिहान टस हारेर ब्याटिङकाे निम्तो पाएकाे नेदरल्यान्ड्सले ३८.५ओभरमा  सबै विकेट गुमाएर १३७  रन बनायाे।

नेदरल्यान्ड्सले पहिलाे ओभरकाे तेस्रो बलमा विकेट गुमाएकाे थियाे। नेपालका लागि साेमपाल कामीले पहिलाे सफलता दिलाए। नेदरल्यान्ड्सका माइकल लेभिटल शून्य रनमा बउट भए। उनलाई नेपालका साेमपालले आउट गरे।

नेदरल्यान्ड्सका म्याक्स ओ’डाउड रन आउट भएका थिए। म्याक्सलाई नेपालका भिम सार्कीले रन आउट गरे। उनी २१ बलमा १० रन बनाएर आउट भएका थिए। नेदरल्यान्ड्सका साइब्रान्ड एंगलब्रेक्ट २३, बास डे लिड २७ तथा नोआह क्रोसलाई नेपालका कुशल मल्लले रन आउट गरेका थिए।

नोआह २४ बलमा १२ रन बनाउदै नट आउट रहे। त्यस्तै वेस्ली बरेसि शन्यू रन, शारिज अहमद १, आर्यन दत्त १० रनमा आउट भए। त्यस्तै कप्तान स्कट एडवार्डसलाई नेपालका कुशल भुर्तेलले एलबीडब्लू आउट गरे। 

कप्तान स्कट ४९ बलमा ३३ रन बनाएर आउट भए। भिभिएन किंग्मा २ रनमा आउट हुँदा काइल क्लेन ११ रनमा नटआउट रहे।

यता, नेपालकाे लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए।  ललित राजवंशिले २ विकेट लिँदा साेमपाल कामी, कुशल मल्ल, कप्तान राेहित पौडेल समान १-१ विकेट लिए।

प्रकाशित मिति: : 2024-02-17 12:12:00

प्रतिकृया दिनुहोस्