बिएल संवाददाता
भदौ २३ को जेनजी आन्दोलनपछि देशमा एकैपटक धेरै युवाहरू राजनीतिमा प्रवेश गर्ने वातावरण बन्यो। तर, डडेल्धुरामा भने गत स्थानीय निर्वाचन मै २८ वर्षे भरत वडायर जोशीले परशुराम नगरपालिकाको मेयर जित्न सफल भए।
चीनमा भौतिक विज्ञानमा स्नातकोत्तर गरेका जोशी अस्ट्रिया उड्नुअघि परिवार भेट्न नेपाल आएका थिए।
कोरोना महामारीका कारण अस्ट्रिया फर्किन नपाएका उनी गाउँ मै बसेर सामाजिक गतिविधिमा खटिए। महामारीमा खटिँदाको पीडा अनुभवले उनलाई गाउँ मै राख्यो।
कांग्रेसको अघिल्लो महाधिवेशनमा परशुराम नगरपालिकाको नगर सभापति बनेका उनले कसैले विश्वास नगरेको नगर प्रमुख (मेयर) पदमा जित हासिल गरे।
उनै जोशीले अहिले नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट ३५ वर्षमुनिका युवा खुलातर्फबाट केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।
जोशी देशकै पहिलो, विनाधितो– सर्टिफिकेट राखेरै कर्जा लिन पाउने ‘विद्यार्थी कर्जा कार्यक्रम’का योजनाकार हुन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया