बिएल संवाददाता
नेपाल प्रहरीको साइबर ब्युरोमा हाजिर भएका कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटी छुटेका छन्।
उजुरीकर्ता पत्रकार रोशन खड्कासँग सहमति गरेर उनी ब्युरोबाट निस्केका हुन्।
आइतबार दिउँसो सिवाकोटी साइबर ब्युरो पुगेका थिए। खड्कासँग सहमतिपछि साँझ उनी घर फर्किएका हुन्।
सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर खड्काले साइबर ब्युरोमा उजुरी दिएका थिए। ब्युरोले आइतबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।
छलफलपछि दुवै पक्ष एकअर्कासँग माफी माग्न र सामाजिक सञ्जालमा विवादित स्टाटस हटाउन सहमत भएका ब्युरोले जनाएको छ।
ब्युरोका अनुसार दुवै पक्ष अब आइन्दा सामाजिक सञ्जालमा अप्रमाणित कुराहरू नराख्न राजी भएका छन्। भोलिका दिनमा फेरि कुनै अप्रमाणित कुराहरू दुवै पक्षले राखेका खण्डमा जुनसुकै बेला पनि साइबर ब्युरोले बोलाउन सक्ने सहमति भएको बताइएको छ।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया