आइतबार, ०८ नोभेम्बर २०२६

रवि लामिछाने छठ मनाउन जनकपुर जाने

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले छठ मनाउन जनकपुर जाने भएका छन्।

तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना दिँदै लामिछानेले आफूहरू एकताको सन्देशसहित छठ मनाउने जनपुर जान लागेको बताए।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै लामिछानेले उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन्।

विविधताबीचको राष्ट्रिय एकतालाई अझ बलियो बनाउन पर्वहरूको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै लामिछानेले यस वर्षको छठ पर्व राष्ट्रिय एकताको सन्देशसहित मनाउन आफूहरू जनकपुरधामस्थित गंगासागरमा उपस्थित हुने बताएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!