बिएल संवाददाता
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन्।
कीर्तिपुर मैदानमा दिउँसो १२बजे हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।
काठमाडौं र सुदूरपश्चिम समान ८ अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यी दुई टोलीबीचको विजेताले शीर्ष ४ मा स्थान पक्का गर्नेछ।
जनकपुर र चितवनलाई पनि प्लेअफ दौडमा रहिरहन आजको खेल जित्नैपर्ने दबाब छ। २ खेल बाँकी रहेको चितवनलाई अबका खेलमा जितको विकल्प छैन भने अन्तिम खेल खेल्न लागेको जनकपुरलाई जितसँगै अन्य टोलीको नतिजामा समेत निर्भर हुनुपर्ने अवस्था छ।
चितवनको ५ खेलबाट ५ अंक छ।
५ खेलबाट ४ अंकमात्र जोडेको जनकपुरलाई अबको जितले ६ अंकमा पुर्याउने छ। प्लेअफका लागि भने अन्य टोलीको भर पर्नुपर्नेछ।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया