बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद ज्ञानेन्द्र शाहीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रश्न उठाएका छन्।
बिहीबार बिहानमात्रै सोही आरोपमा जेल सजाय भोगिरहेका नेता टोपबहादुर रायमाझी छुटेपछि शाहीले उक्त काण्डको अनुनसन्धानलाई लिएर प्रश्न उठाएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद र सरकारलाई लक्षित गर्दै उनले उक्त प्रकरणबारे थप अनुसन्धान नभएको र नयाँ फाइलहरू किन नबनाएको भन्दै प्रश्न सोधेका छन्।
‘भुटानी शरणार्थी काण्डका दोषीलाई हिजो सत्ता बाहिर हुँदा के–के भनिन्थ्यो, सबैलाई सम्झना होला। संसदमा डाको छोडेर भ्रष्टाचारीलाई जेल हाल्छौँ, कसैलाई छोड्दैनौँ भन्दै भाषण गर्नेहरू, फेसबुक स्टाटस लेखेर भ्रष्टाचारविरुद्ध आगो ओकल्नेहरू आज आफैँ सत्तामा छन्’ उनले भनेका छन् ‘तर विडम्बना के छ भने, नयाँ सरकार बनेको सात महिना र त्यसअघिको सरकारसहित जोड्दा तेह्र महिना बितिसक्दा पनि भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान गरी नयाँ फाइल अदालतसम्म पुर्याउन सकेको छैन।’
शाहीले दोषीमाथि थप कारबाही नभएको भन्दै सोधेका छन् ‘हिजोको सरकारले कारबाही गरेर जेल सजाय भोगिरहेका व्यक्तिहरूसमेत जेलबाट छुटिसके। तर थप अनुसन्धान र कारबाहीको प्रक्रिया कहाँ पुग्यो? नयाँ फाइल किन तयार भएन? दोषीमाथि थप कारबाही किन भएन?’
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया