बिएल संवाददाता
यूएईका महान्यायाधिवक्ताले फ्लाईदुबईको उडान एफजेड १०७३ का को–पाइलटले उडानका क्रममा ‘आतंकवादी’ हमला गर्ने प्रयास गरेको बताएको सरकारी समाचार संस्था डब्लूएएमले जनाएको छ।
को–पाइलटको पहिचान ओमानी नागरिक हम्माम अल–हमामीका रूपमा भएको छ तर, यूएईका अधिकारीहरूले भने उनको पहिचान गोप्य राखेका छन्। इजरायली अधिकारीहरूले यसअघि नै उनी ओमानी नागरिक भएको बताएका थिए। तर, ओमानले भने घटनाबारे कुनै टिप्पणी गरेको छैन।
डब्लूएएमले यूएईका महान्यायाधिवक्ता हमाद सैफ अल–शम्सीलाई उद्धृत गर्दै भनेको छ, ‘फ्लाईदुबईको उडान एफजेड १०७३ मा भएको घटनाबारे अनुसन्धानबाट कोपाइलटले आतंकवादी हमला गर्ने प्रयास गरेको पत्ता लागेको छ।’
महान्यायाधिवक्ताका अनुसार कोपाइलटले ककपिटभित्र पाइलटमाथि आपत्कालीन उद्धारका लागि प्रयोग हुने बञ्चरोले आक्रमण गरेका र विमानको नियन्त्रण आफ्नो हातमा लिने प्रयास गरेका थिए। यस्तो बञ्चरो सामान्यतया दुर्घटना वा अन्य आपत्कालीन अवस्थाका बेला प्रयोग गर्न ककपिटमा राखिएको हुन्छ।
यूएईका महान्यायाधिवक्ताको यो भनाइ घटनालाई ‘आतंकवादी हमला प्रयास’ का रूपमा वर्णन गर्ने यूएईका अधिकारीहरूको पहिलो सार्वजनिक प्रतिक्रिया हो। अनुसन्धानको नेतृत्व यूएईले गरिरहेको छ। फ्लाईदुबई दुबई सरकारको स्वामित्वमा रहेको विमान सेवा कम्पनी हो।
स्रोतलाई उधृत गरिएको सीएनएनको रिपोर्टअनुसार ती कोपाइलट यूएईमा ओमानी बुबा र सिरियाली आमाका सन्तानका रूपमा जन्मिएका थिए। उनले जीवनका केही वर्ष यूएईमै बिताएका थिए।
हमाम अल-हमामीको नाममा रहेको लिंक्डइन प्रोफाइलमा उल्लेख भएअनुसार उनले ओमान एयरमा सात वर्ष काम गरे र फेब्रुअरी २०२५ मा त्यहाँबाट बाहिरिए। त्यसपछि जुन २०२५ मा रोयल एयर मारोकमा आबद्ध भए तर जनवरी २०२६ मा त्यहाँबाट पनि बाहिरिए। उक्त पेजमा फ्लाई दुबईको भने कुनै कुरा उल्लेख छैन।
सीएनएनले लेखेको छ, 'एक स्रोतले उक्त प्रोफाइल बुधबारको घटनामा संलग्न फ्लाई दुबईका सहपाइलटकै भएको पुष्टि गरेको छ। यद्यपि त्यसयता उक्त प्रोफाइल हटाइसकिएको छ।'
त्यस क्षेत्रका एक कूटनीतिज्ञ रहेका दोस्रो स्रोतलाई उद्धृत गर्दै सीएनएनले ती कोपाइलटलाई उनको अतिवादी (कट्टरपन्थी) सोचका कारण उडान तालिमबाट हटाइएको थियो उल्लेख गरेको छ। तर, उनलाई ओमानको राष्ट्रिय एयरलाइन्समा अर्को जिम्मेवारी दिइएको थियो।
एबीसी न्युजले पनि अधिकारीहरूलाई उद्धृत गरेको रिपोर्टमा कोपाइलट हमाम अल–हमामीसँग २०२४ मा ओमान एयरका लागि सहपाइलट प्रशिक्षार्थीका रूपमा काम गर्दा अतिवादी सामग्री फेला परेको परेको तर पनि उनलाई एयरलाइन्समा प्रशासनिक भूमिकामा काम गर्न अनुमति दिइएको उल्लेख छ।
आक्रमणको घटनामा भारतीय पाइलट घाइते भएपछि उक्त उडानमा यात्रा गरिरहेका फ्लाईदुबईका एक वैकल्पिक पाइलटले विमानको नियन्त्रण सम्हालेका र उत्तरपश्चिमी साउदी अरबको ताबुक विमानस्थलमा सुरक्षित अवतरण गराएका समाचार संस्था रोयटर्सले जनाएको छ।
साउदी अरबको गृह मन्त्रालयका अनुसार स्वास्थ्य परीक्षणपछि पाइलट र कोपाइलट बिहीबार बिहान साउदीबाट अबुधाबीका लागि प्रस्थान गरेका छन्।
इजरायली सरकारका एक अधिकारीले रोयटर्सलाई यूएईको नेतृत्वमा भइरहेको अनुसन्धानमा इजरायली अनुसन्धानकर्ताहरू पनि सहभागी हुने बताएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमणकारी कोपाइलट कट्टरपन्थी इस्लामवादी विचारधाराबाट प्रभावित भएको दाबी गर्दै उनले आत्मघाती दुर्घटना गराउन चाहेको बताएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया