स्थानीय तह निर्वाचन

​​​​​​​रुपन्देहीमा सम्मानजनक बाँडफाँट गर्ने गठबन्धनकाे निर्णय

आगामी स्थानीय निर्वाचनको प्रतिस्पर्धाका लागि सत्तारुढ गठबन्धनले रुपन्देहीका सबै पालिकामा सम्मान जनक सिट बाडफाट गर्नका लागि संयन्त्र बनाएका छन्। गठबन्धनका दलहरुको सहअस्थित्व स्वीकार हुने गरी गठबन्धन गर्ने निर्णय पाँच दलले जनाएका छन्। 

गठबन्धनले गरेको घोषणा अनुसार सत्तारुढ पाँच दलले जिल्लाका १६ बटै स्थानीय तहमा संयन्त्र निमार्ण गरी गठबन्धनलाई मजबुुद बनाउने निर्णय गरेका छन्। 

भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी गठबन्धनको आवश्यकता ठहर गर्दै र सोका लागि नगर र वडातहसम्म नै गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेका हुन्।

नेपाली काग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको सत्तारुढ गठबन्धनका दलहरु कांग्रेस, एकीकृत नेकपामाओबादी केन्द्र, जनता समाजबादी पार्टी (जसपा), नेकपा समाजबादी र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा निर्णय गरेका छन्।

सवै पालिका र बडास्तरमा राजनीतिक संयन्त्र गठन गरी एक ढिक्का भएर स्थानीयतहको निर्वाचनमा लाग्ने निर्णय भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए। सयंत्रको नेतृत्व कांग्रेसले गर्ने समेत जिल्ला स्तरमा निर्णय भएको छ। गठबन्धनले बिस्तृत अध्यन र अनुुसन्धन गरी पार्टीको यथार्त मतको आधारमा सिट बाडफाड गर्ने जनाएको छ।

नेपालीकाग्रेस रुपन्देहीका सभापति खाणका सभापतित्वमाभएको बैठकमा कांग्रेसका केन्द्रीय सदस्यअब्दुुल रज्जाक, नेकपा समाजबादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, नेकपामाओबादी केन्द्रका केन्द्रीय सदस्य मकसुुद अली, सोनिया यादव, जनता समाजबादीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे सागर, जिल्लाअध्यक्ष रमाअवतार यादव, नेकपा माओबादीका जिल्ला अध्यक्षनिर्मल जिसी, नेकपा समाजबादीका जिल्ला अध्यक्ष राजुु गरुङ्ग, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेपाली कांग्रेसका उपसभापति थानेश्वर घिमीरे, सचिव हरी काफ्ले लगायतको उपस्थितीमा बैठक बसेको हो।

प्रकाशित मिति: : 2022-04-06 06:13:00

प्रतिकृया दिनुहोस्