
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
मिलन के राउत
सामाजिक कार्यमा अग्रणी उर्लाबारीका दिनेश श्रेष्ठ स्थानीयस्तरमा चिरपरिचित छन्।
३३ वर्षीय श्रेष्ठले आजपर्यन्त जेजति गरे अरुकै लागि गरे। अर्थात् मानवसेवा, जनसेवा जे भनेपनि जिन्दगीका महत्वपूर्ण समय र उर्जा उनले त्यतै खर्चिए। चाहे असहाय बालबालिका होउन् वा वृद्ववृद्वा उनीहरुलाई सकेको सहयोग गरेकै छन्। सडक बत्ति जडान होस् वा अन्य पूर्वाधार निर्माणमा उनले सक्दो लगानी जुटाएकै छन्।
जाे रितिदाँ सांगीतिक कार्यक्रम गरेरै भएपनि समाजसेवामा लगानी गरेको उनको कथन छ।
‘पौडीमा अभ्यस्त हुन हेरेर नहुने, पोखरीमा डुबुल्की मार्नैपर्ने रहेछ’ दिनेशले भने,‘जिम्मेवारी दायित्वबिनाको समाजसेवा व्यर्थ भएकाले वडाध्यक्षमा उठ्ने जमर्को गरेको हुँ।’
उर्लाबारीको ७ नम्बर वडालाई सफा गर्नुपर्ने बताउँदै उनले भने,‘अन्तरआत्माबाटै जनहितमा लागिपर्न वडाको जिम्वेवारी बहन गर्न लागिपरेको हुँ।’
तीन दाजुभाइ मध्येका कान्छो छोरा दिनेश पारिवारिक दायित्वबाट पछि हटेनन्। पटकपटक वैदेशिक रोजगारमा युवावय खर्चिए। उनका श्रीमती र लालाबाला पनि छन्।
विदेशमा जति मिहिनेत गरे पनि तन स्वदेशमै रहेकोले जीविकोपार्जनको माध्यम उनले यतै सुरु गरेका छन्। विदेशमा जानेको सीपलाई कृषिकर्ममा ढालेका छन्। उनको कृषि फर्मपनि छ। जहाँ कुखुरा/हाँस पालेका छन्, तरकारी बाली पनि लगाएका छन्। वैदेशिक रोजगारीमा जानुअघि उनको चिनारी उर्लाबारीमा होटल व्यवसायीकै रुपमा थियोे। उनी नहुँदा श्रीमतीले होटल धानेकी थिइन्। अब उनलाई विदेश मोह छैन रे !
भन्छन्,‘जे गर्ने हो मातृभूमिकै लागि समर्पित छु।’
हाल दमक ताराबारीमा दिनेशले साजसज्जाका साथ नयाँ होटल संचालनमा ल्याएका छन्। यी उनका पेशागत कुरा भए पनि समाजसेवाको हुटहुटी उनमा छदैछ।
कृषि उद्यम र होटल व्यवसायमा जोडिएका दिनेश उर्लाबारी क्लबका अध्यक्ष पनि हुन्। सोही क्लबमार्फत सामाजिक गतिविधि गर्दै आएका उनी अब जनप्रतिनिधिका रुपमा सक्रिय हुने बताउँछन्। यद्यपि, उनको अठोटलाई उर्लाबारी- ७ का मतदाताले कतिको साथ दिन्छन्, त्यो प्रतीक्षाकै विषय छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया