बिएल संवाददाता
अरुण (सरकार)
करिब २ बजेको समयमा म अनामनगर जाने सोचमा पठाओ राइड बुक गरें। अन्दाजी १९-२० वर्षका युवासँग राइडमा बसेपछि हाम्रो वार्तालाप सुरु भयो। युवाले फ्याट्ट प्रश्न तेर्स्याए ‘दाई हजुर हेर्दा कुनै कर्मचारी जस्तो लाग्यो, नराम्रो नमान्ने भए एउटा प्रश्न गरौ?’ मैले भनें ‘हुन्छ भाइ, म सरकारी कर्मचारी हैन, म एउटा नेपाली युवा हुँ र म प्रजातान्तान्त्रिक विचारधारामा आवद्ध छु।’
सायद मेरो यति परिचय भाइलाई पर्याप्त थियो। भाइले प्रश्न गर्दा अलि हच्चकच्चिएर गर्न खोजेको लागेर मैले उनलाई ठ्टयौली पारामा भनें, ‘भाइ! डराउनु पर्दैन म कम्युनिष्ट विचारधाराको अनुयायी नभईकन प्रजातान्त्रिक विचारधारामा हिड्ने र देश र जनताको विकास प्रजातान्त्रिक विचारबाट हुन्छ भन्नेमा विश्वास गर्ने युवा हुँ। तपाईंको प्रश्न के छ मनमा के लागेको छ? भन्नुस् तपाईंको मनको प्रश्नको सकेसम्म समाधान गर्ने प्रयास म गर्ने छु।’
यति भनेपछि भाइले भने, ‘दाई यो शिक्षकहरूको आन्दोलन हुँदैछ यहाँ बानेश्वरमा, यसबाट हामीले के सिक्ने? शिक्षक नै यहाँ पीडित छन्। के शिक्षकहरूले यसरी आन्दोलन गर्दा नेपाल सरकारका मन्त्री तथा नेताहरूलाई कुनै अप्ठयारो परेको छ त?’
प्रश्न गम्भीर थियो। मैले उनलाई भनें, ‘भाइ तपाईंले उठाउनु भएको प्रश्न एक्दमै जायज र समय सान्दर्भिक छ। पहिलो कुरा त साँच्चै भन्नुपर्दा शिक्षकहरूले गरेको प्रदर्शन जायज होला नहोला त्यो मैले भन्ने भन्दापनि शिक्षक वर्गले आफैंले विचार गर्ने कुरा हो। सायद यो आन्दोलन जायज नै होला तर यसले नेपाली समाजमा राम्रो संदेश भने पक्कै दिंदैन। कारण यहाँ जुन प्रकारले प्रदर्शन गरिएको छ यसले त नेता र सरकारलाई अप्रत्यक्ष हानी पुगेको होला तर प्रत्यक्ष यहाँ हानी जनतालाई परेको छ।
उनीहरूको समस्या समाधान गर्नुपर्छ यो सरकारले। तर उधारो समझौता गरेर हैन, वार्ता गरेर र काम गरेर, नीति नियम बनाएर त्यसको पुर्ण पालना गर्न लगाउनुपर्छ। अहिले बनेको सरकार साँच्चै भन्ने हो भने प्रतिपक्ष र पक्षको समिश्रणबाट बनेको सरकार हो। यसमा दुई धारका विचारहरू मिश्रित भएर बनेको छ। भन्ने नै हो भने यो देश विकास गर्न र यहाँको समस्या समाधान गर्न साझा सरकार बनेर यसरी शासन सत्ता चलाउनु पर्ने नै थियो यो देशमा।
पक्कै पनि तपाईंले भनेको जस्तो यहाँ रोडमा प्रदर्शन गरेर सरकारले सुन्दैन। किन कि सरकार धेरै बाठो छ आन्दोलन पनि यस्तो समयमा गर्न प्रोत्साहित गरेको छ कि जसको असर सरकारलाई हैन जनतालाई पुग्ने गरी गर्न लगाएको छ। यो शिक्षकको आन्दोलनमा नेपाली काग्रेस, एमाले तथा माओवादी लगायतका अन्य १३ पार्टीको समेत समर्थन रहेको संयुक्त शिक्षक आन्दोलन हो। यसले कसरी आफ्नो पार्टीको नेतालाई हानि पुग्ने काम गर्न सक्छ त? नेताहरूलाई अप्ठ्यारो पर्ने कार्य गरेमा त सरकारले त्यहाँ उपस्थित हुने शिक्षकका नाममा राजनीति गर्ने भिजिलान्तेहरू कारवाहीमा परिहाल्छन् नि !’
यति भने पछि भाइले भने, ‘दाई के यो देशमा बस्न अब नेपाली नागरिकताको साथसाथै दलको कार्यकर्ता हुनै पर्ने हो त? मैले मेरो दाई दिदिहरूको हबिगत देखिसकें। दाई म चाहीँ अब विदेश जाने विचारमा छु। पछि मेरो घरपरिवार पनि उतै लाने सोच बनाएको छु, यो देशमा केही हुन्न दाई !
मैले भनें, ‘भाइ तपाईंको कुरामा म सहमत हुन सकिनँ। तर समय परिस्थिति र सरकारको रवैयाले लाग्छ कतै तपाईं सही हुनुहुन्छ कि भन्ने! तपाईंले जुन कुरा गर्नुभएको छ मलाई लाग्छ मेरो देशको भविष्य साँच्चै देशमा रहने अवस्थामा छैन! देशको भविष्य गणतन्त्र आएपछिको दिनदेखि विदेशिन थालेको छ। देशको भविष्य विदेशिनबाट जोगाउन हामीले नै केही गर्नुपर्नेछ। यो देशमा त्यसैले हामीले नयाँ विचारको प्रतिपादन गरेका छौं राजनीतिमा।
हाम्रो देशमा भएका पार्टीको विचार र सिद्धान्तअनुसार अब पार्टीका अग्रजहरूको retirement हैन replacement गर्नुपर्छ। किनकि पार्टीहरूको सिद्धान्त गलत छैन, यहाँ त पार्टीका प्रमुख पात्र गलत छन् र त्यही पात्र परिवर्तनको खेल अब खेल्नुछ। देशको भविष्य देशमा रोक्नुछ। एउटा सन्देश नेपाली राजनीतिमा जनताले दिन खोजेका छन् ‘हामी पुराना नेतासँग आजीत भयौं। हामीलाई नविन सोचको नेता चाहिएको छ’ भनेर जसलाई नेपालको राजनीतिमा आएको परिवर्तनको भूकम्प पनि भन्न सकिन्छ। अहिले राजनीतिमा हामी नेताहरूको retirement को पर्खाइमा हैन अब replacement गर्नुपर्छ भनेर लागेका छौं। परिवर्तनको सुरुवात हामीले हाम्रो पार्टीबाट सुरु गरेका छौं।
हामी मिडियाबाजी, पब्लिक स्टन्टलाई भन्दा विचार र विकासलाई प्राथिमकता दिइरहेका छौं। त्यसैले नेपाल देशको भविष्य विदेशमा हैन स्वदेशमा छ भनेर अहिले यो सन्देश दिन हामी लागि परेका छौं। देशको माया कति छ र देश यदि बनाउने हो भने यो देश मै बसेर यहाँ भएका खराब र भ्रष्टहरूसँग लडेर हामीले नै बनाउने र परिवर्तन गर्ने हो भाइ।’
यो शब्द मैले भनेपछि भाइले भने दाइ तपाईंले यदि भनेको कुरा भयो भने देशको भविष्य पक्कै पनि विदेश जादैन होला र स्वदेश मै रहन्छ। देशले प्रगति पनि गर्छ।
संवाद छोटो थियो तर भाइको शब्द साँच्चै घत लाग्ने र मनमा छुने थिए। देशमा परिवर्तन गर्न र देशको भविष्य विदेशिनबाट जोगाउन No wait for retirement just replace them भन्ने शब्द अब पार्टीमा सुरु गर्नुपर्छ।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया