
बिएल संवाददाता
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कुल १ सय ६५ सिटमध्ये नेकपा (माओवादी केन्द्र) १८ सिटमा विजय हुँदै तेस्राे पार्टी बनेकाे छ। यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्यकाे अन्तिम मतपरिणामअनुसार माओवादीले देशभरबाट जम्मा १८ सिट जितेकाे हाे।
पाँच दलीय गठबन्ध गरी चुनावी प्रतिस्पर्धामा उत्रिएकाे माओवादीले जम्मा ४३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएकाे थियाे। वि.सं. २०७४ मा तत्कालीन नेकपा (माओवादी–एमाले) बाट चुनावी प्रतिस्पर्धामा जाँदा सन्ताेषजनक नतिजा निकालेकाे माओवादीले यसपटक भने निराशाजनक नतिजा व्यहाेर्न पुगेकाे छ।
त्यस्तै माओवादीबाट पार्टी महासचिवसँगै शीर्ष नेताहरुसमेत पराजय भए। माओवादीले काठमाडाैँ उपत्याका र सुदूरपश्चिम प्रदेशमा एउटा पनि सिट जित्न सकेन।
त्यसैगरी समानुपातिकतर्फकाे जारी मतगणनामा माओवादी केन्द्र तेस्राे स्थानमा रहेकाे छ। उसले समानुपातिकतर्फ १४ सिट प्राप्त गर्ने अनुमान गरिएकाे छ। उसकाे ११ लाख ६२ हजार १ सय २४ समानुपातिक मत रहेकाे छ।
यी हुन्, माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ विजयी प्रतिनिधिसभा सदस्यहरु :
१) रामकुमार राई (खोटाङ)
२) सुदन किराती (भाेजपुर)
३) अमनलाल मोदी (माेरङ क्षेत्र नं. ४)
४) महिन्द्र राय यादव (सर्लाही क्षेत्र नं. २)
५) सूर्यमान तामाङ (दोङ) (काभ्रेपलाञ्चोक)
६) हितबहादुर तामाङ (नुवाकाेट क्षेत्र नं. १)
७) माधव सापकोटा (सिन्धुपाल्चाेक क्षेत्र नं. १)
८) लेखनाथ दाहाल (सिन्धुली क्षेत्र नं. २)
९) पुष्पकमल दाहाल (प्रचण्ड) (गाेरखा क्षेत्र नं. २)
१०) देवेन्द्र पौडेल (बागलुङ क्षेत्र नं. २)
११) रेखा शर्मा (दाङ क्षेत्र नं. २)
१२) पूर्णबहादुर घर्ती मगर (रुकुम (पूर्व)
१३) वर्षमान पुन (राेल्पा)
१४) महेन्द्रबहादुर शाही (कालिकाेट)
१५) शक्तिबहादुर बस्नेत (जाजरकोट)
१६) जनार्दन शर्मा (रुकुम पश्चिम)
१७) छिरिङ डम्डुल लामा (भोटे) (हुम्ला)
१८) गंगा कार्की (दाेलखा)
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया