बिएल संवाददाता
काठमाडौं महानगरका मेयर बालेन साहले सामाजिक अभियन्ता ईःलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्न आग्रह गरेका छन्।
बुधबार मध्यरातमा ईःले आफूलक्षित स्टाटस लेखेपछि बालेनले उनी प्रधानमन्त्री र पार्टी अध्यक्ष बने आफू कार्यकर्ता बन्न तयार रहेको बताए।
ईःले लेखेका थिए– समयले मलाई गलत प्रमाणित गरोस् भन्ने आशासहित यो भन्दै छु- केपी, बालेन, दूर्गा जस्ता पात्रहरूबीच फेस भ्याल्युमा वैचारिक भिन्नता होला तर राजव्यवहारिक रूपमा धेरै अन्तर छैन। तिनीहरू आफ्नो अटलता र वर्चस्व कायम गर्न जुनैपनि हदसम्म जान तयार हुनसक्छन्। यस्ता पात्रले प्रस्तुत गर्नसक्ने भन्दा विकशित र गतिशील नेतृत्वको काबिल बन्न हाम्रो समाजमा, हर मनमा गम्भीर आत्मसमीक्षा जरूरी छ। यी केवल आम हिपोक्रिसीको ऐनामात्र हुन्।
उनले थप भने–
डरलाग्दो कुरा के हो भने अधिकांश समय तिनलाई तिनको निष्कर्ष नै अन्तिम सत्य हो जस्तो लाग्छ र त्यसैमा अभिमानी, अडीग रहनुमा नै निष्ठा र देशभक्ति देख्छन्। यी पात्रमा तिनले गल्ती गर्नसक्छन् भन्ने चेत छैन।
ईःकै स्टाटसमा बालेनले जवाफ फर्काए– ८० बर्ष पुग्दा पनि आफू PM बन्ने, आफु अध्यक्ष बन्ने देशमा मैले ३५ बर्षकै उमेरमा तपाईंहरू आउनुस्, देश चलाउनुस् भनिरको छु त, ईः सर! सबै जना मिल्नुस्, बालेनलाई मात्र नेता नसोच्नुस्, तपाईंहरू पनि लिडर बन्नुस्! म तपाईंलाई PM, पार्टीको अध्यक्ष बनाउन तयार छु, सबै नयाँलाई मिलाएर ल्याउनुस्! म कार्यकर्ता बन्न तयार छु!
बालेनले थपे–
देश मलाई नै छोड्ने हो भने त म बिना एकजना मन्त्री एक्लै देश बनाईदिन सक्छु, तर यस्तो कुराले म बन्छु, देश बन्दैन!
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया